रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार, निःशुल्क उपचार तथा शव व्यवस्थापनको काम महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगायत अस्पतालहरुमा भइरहेको छ। बाढीपछि अस्पताल प्रशासन, फोरेन्सिक विभाग तथा सुरक्षाकर्मीहरूको टोली २४सै घण्टा उद्धार तथा व्यवस्थापनको काममा खटिएको छ। बाढी प्रभावित क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धार गरी अस्पताल ल्याइएका घाइतेहरूको निःशुल्क उपचार भइरहेको अस्पतालले जनाएको छ। बाढीबाट घाइते भएका तथा उद्धार गरिएका केही व्यक्तिहरूको काठमाडौंका विभिन्न अस्पतालमा समेत उपचार भइरहेको छ। सम्बन्धित अस्पतालहरूले घाइतेहरूको अवस्था हेरेर आवश्यक उपचार तथा व्यवस्थापन गरिरहेका छन्। यता, बाढीपछि बेपत्ता भएका आफ्ना आफन्तको अवस्था बुझ्न अस्पताल परिसरमा ठूलो संख्यामा आफन्तहरू पुगेका छन्। अस्पतालका भित्ताहरूमा समेत बेपत्ता व्यक्तिहरूका…
स्वास्थ्य डायरी
फोक्सोको क्यान्सर विश्वमै सबैभन्दा बढी देखिने क्यान्सरमध्ये एक हो। यसबाट हुने मृत्युको संख्या पनि उच्च छ। तर क्यान्सरलाई सुरुकै अवस्थामा पत्ता लगाउन सके उपचार प्रभावकारी हुनुका साथै मृत्युको जोखिमसमेत कम गर्न सकिन्छ। नेपाल मेडिसिटी अस्पतालका कन्सल्टेन्ट तथा अन्कोलोजी विभाग प्रमुख डा. अम्बुज कर्णका अनुसार, क्यान्सरलाई लक्षण देखिनुअघि नै पत्ता लगाउने प्रक्रियालाई स्क्रिनिङ भनिन्छ। फोक्सोको क्यान्सरको स्क्रिनिङ सबै व्यक्तिले गर्नुपर्ने भने होइन। उच्च जोखिममा रहेका व्यक्तिका लागि मात्र स्क्रिनिङ महत्वपूर्ण हुन्छ। डा. कर्णका अनुसार लामो समयदेखि अत्यधिक धूम्रपान गरिरहेका व्यक्तिहरू फोक्सोको क्यान्सरको उच्च जोखिममा पर्छन्। उदाहरणका रूपमा दैनिक करिब २० वटा चुरोट २० वर्षसम्म सेवन गरेका व्यक्तिलाई उच्च जोखिम समूहमा राख्न…
काठमाडौं । नेपालमा फोक्सोको क्यान्सरका बिरामीको संख्या वर्षेनी बढ्दै गएको चिकित्सकहरू बताउँछन्। विशेषगरी धुम्रपान, वायु प्रदूषण, घरभित्रको धुवाँ, औद्योगिक रसायनको सम्पर्क तथा अस्वस्थ जीवनशैलीका कारण फोक्सोको क्यान्सरको जोखिम बढिरहेको छ। तर यो रोगको सबैभन्दा ठूलो चुनौती भनेको प्रारम्भिक चरणमा स्पष्ट लक्षण नदेखिनु हो। धेरैजसो बिरामी अस्पताल पुग्दा क्यान्सर तेस्रो वा चौथो चरणमा पुगिसकेको हुन्छ, जसले उपचारलाई जटिल र खर्चिलो बनाउँछ। तर विशेषज्ञहरूका अनुसार लक्षण देखिनुअघि नै गरिने स्क्रिनिङ परीक्षणले फोक्सोको क्यान्सरलाई सुरुआती अवस्थामै पत्ता लगाउन सकिन्छ र त्यतिबेला उपचारको सफलता दर निकै उच्च हुन्छ। भक्तपुर क्यान्सर अस्पताल तथा बीएण्डबी अस्पतालमा कार्यरत कन्सल्टेन्ट मेडिकल अन्कोलोजिस्ट डा. रोशन प्रजापतिका अनुसार फोक्सोको क्यान्सरको…
-डा. सुदीप श्रेष्ठवरिष्ठ क्यान्सर रोग विशेषज्ञ काठमाडौं – फोक्सोको क्यान्सर विश्वभर सबैभन्दा बढी देखिने र सबैभन्दा बढी ज्यान लिने क्यान्सरमध्ये एक हो। नेपाल पनि यस समस्याबाट अछुतो छैन। धुम्रपान, सुर्तीजन्य पदार्थको सेवन तथा वायु प्रदूषणका कारण नेपालमा समेत फोक्सोको क्यान्सरका बिरामी बढ्दै गइरहेका छन्। नेपाल क्यान्सर अस्पतालका एमडी, संस्थापक तथा कार्यकारी अध्यक्ष एवं वरिष्ठ मेडिकल अन्कोलोजिस्ट डा. सुदीप श्रेष्ठका अनुसार फोक्सोको क्यान्सरको सबैभन्दा ठूलो कारण धुम्रपान हो। धुम्रपान गर्ने व्यक्तिमात्र नभई धुम्रपान गर्नेको नजिक बस्ने व्यक्तिहरू पनि जोखिममा पर्ने गर्छन्। “धुम्रपान फोक्सोको क्यान्सरको प्रमुख कारण हो। त्यसबाहेक प्रदूषण पनि ठूलो चुनौती बनेको छ। तर सबैभन्दा बढी असर चुरोट तथा सुर्तीजन्य…
काठमाडौं, ३ असार । नेपालको पुँजिबजारमा सूचिकृत पहिलो औषधि कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल्स फर्मास्युटिकल्स प्रालिलाई अधिग्रहण गर्ने निर्णय गरेको छ । कम्पनीको बुधवार बसेको सञ्चालक समितिको बैठकले रोयलको सम्पूर्ण सम्पत्ति र दायित्व प्राप्ति गर्ने निर्णय गरेको ओम मेगाश्री फर्मास्युटिकल्सक लिमिटेडका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले स्वास्थ्य डायरीलाई जानकारी दिए । २०७३ सालमा स्थापना भएको रोयल्स फर्मास्युटिकल्सले करिब १ सय औषधिको उत्पादन अनुमति पाएको छ भने करिब ८० थरिका औषधि बजारमा रहेको कम्पनीका निर्देशक अविरल नेपालले बताए । ५४ करोड चुक्ता पुँजि रहेको उक्त कम्पनीले जनरल र क्रोनिक डिभिजनका औषधि बनाउँदै आएको थियो । कम्पनीका संस्थापकहरु प्रेम थापा, केशव लामिछाने लगायतसँग…
काठमाडौं, १८ जेठ । हालै चितवनमा सम्पन्न भएको नेपाल चिकित्सक संघको सम्मेलनमा भएको एक गैरजिम्मेवारपूर्ण घटनाले योग तथा प्राकृतिक चिकित्सा र एलोपेथिक चिकित्साकर्मीबीचको वैरभाव एवं शीतयुद्धलाई पुनः एकपटक सतहमा ल्याइदिएको छ । पछिल्ला वर्षहरुमा नसर्ने रोगको न्युनिकरण, पक्षघात, नशा एवं ढाड दुखाई सम्बन्धी समस्यामा योग तथा प्राकृतिक चिकित्सा प्रभावशाली देखिने भनेर कयौं वैज्ञानिक अध्ययनहरुले स्वीकार गरेका छन् । र त्यस्ता अनुसन्धानहरु अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नलहरुमा प्रकाशित पनि भएका छन् । तर, नेपाल चिकित्सक संघले भने हालैमात्र एकजना प्राकृतिक चिकित्सकको यस्तै प्रकारको अनुसन्धानको प्रस्तुति गर्न अन्तिम समयमा रद्द गरेको हो । योग तथा प्राकृतिक चिकित्सामा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएका डा. सुनिल…
काठमाडौं, १४ जेठ । स्वास्थ्य बीमा बोर्डले हठात रुपमा निजी स्वास्थ्य संस्थाबाट प्रवाह हुँदै आएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतका सेवा बन्द गरेपछि ती अस्पतालमा कार्यरत कर्मचारी र उपचाररत बिरामी समस्यामा परेका छन् । निजी स्वास्थ्य संस्थाको अरबौं पैसा शोधभर्ना भुक्तान गर्न बाँकी रहेका बेला बोर्डले एक सूचना जारी गरि निजी स्वास्थ्य संस्थामा उपलब्ध स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेपछि समस्या सिर्जना भएको हो । प्राइभेट मेडिकल तथा डेन्टल कलेज एशोसियसनका अध्यक्ष प्रा.डा ज्ञानेन्द्रमान सिंह कार्कीले आफुहरुलाई कुनै पूर्वसूचना नदिइकन बीमा कार्यक्रम रोकिएको प्रतिक्रिया दिए । ‘हामीले ठूलो रकम पाउन बाँकी रहँदा समेत सरकारी कार्यक्रम चलाउँदै आएका थियौं, तर, सरकारले एकपटकपनि छलफल…
काठमाडौं, १३ जेठ । हालैमात्र एक कार्यक्रममा सफल मानिएका औषधि उद्योगी हरिभक्त शर्माले पुराना उद्योगी, उद्योग खोल्न चाहाने नयाँ उद्यमी र राज्यका निकायलाई समेत निराश बनाउनेगरि एउटा तिखो र अप्रासंगिक टिप्पणी गरे । वार्षिक अरबौं कमाउँदै आएको देउराली जनता फर्मास्युटिकल्सका मालिक शर्माले उद्योग खोल्नु पूर्वजन्मको पाप भएको भन्दै उद्योग खोलेर ठूलो गल्ती गरेको आशय अभिव्यक्त गरेर सबैलाई छक्क पारेका छन् । अर्थमन्त्री डा. स्वर्णीम वाग्लेसमेत सहभागी कार्यक्रममा शर्माले भनेका थिए, ‘पूर्वजन्ममा ठुलै पाप गरेका हुनाले उद्योग खोलेको रहेछ । अहिले त केही गरिया छैन, पूर्वजन्ममा ठुलै बम्हलुट नै गर्ने केही काम गरेको भएरै अहिले नेपालमा हामीले उद्योग चलाइराहोला ।’ सामाजिक…
काठमाडौं, २९ बैशाख । बीएण्डबी अस्पताल तथा बीएण्डबी मेडिकल इन्स्टिच्युटमा अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ । अस्पतालमा आयोजित एक कार्यक्रमका बीच अस्पताल र इन्स्टिच्युटमा कार्यरत एवं अध्ययनरत नर्सका साथै अस्पतालका अधिकारीहरु सहभागी भएका थिए । स्वास्थ्य सेवा प्रवाहको मेरुदण्डका रुपमा क्रियाशिल नर्सहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले अस्पतालले सांस्कृतिक कार्यक्रमका साथै सम्मान कार्यक्रम गरेको छ । कार्यक्रममा अस्पतालका नर्सहरुले विभिन्न नृत्यकला प्रदर्शन गरे भने अस्पताल प्रशासनले अस्पतालको सेवा प्रवाहमा महत्वपूर्ण योगदान गरेका प्राध्यापक, चिकित्सक, नर्स, सिएमई, अनमी लगायतलाई सम्मान पत्र प्रदान गरेको छ । बीएण्डबी अस्पतालमा हाल ३ सय ७५ जना नर्स कार्यरत छन् भने इन्स्टिच्युटमा १ सय ८५ जना विद्यार्थी अध्ययनरत…
आज विश्व नर्सिङ दिवस । ‘लेडि विथ द ल्याम्प’ भनेर विश्वभर फ्लोरेन्स नाइटिंगलको जन्मदिवस मे १२ मा नर्सिङ दिवस मनाउने गरिएको छ । आधुनिक नर्सिङ सेवाकी जननीका रूपमा चिनिन्छ । उनले नर्सिङ पेशालाई केवल बिरामीको हेरचाह गर्ने कामबाट उठाएर वैज्ञानिक, व्यवस्थित र सम्मानित सेवाको रूपमा स्थापित गरिन् । आज विश्वभर नर्सिङ अभ्यासमा देखिने धेरै आधारभूत सिद्धान्तहरू उनकै योगदानसँग जोडिएका छन् । नेपालजस्तो विकासोन्मुख देशमा समेत उनको विचार र कार्यको प्रभाव स्पष्ट रूपमा देख्न सकिन्छ । फ्लोरेन्स नाइटिङ्गेलको जन्म सन् १८२० मा इटालीको फ्लोरेन्स शहरमा भएको थियो । त्यही शहरको नामबाट उनको नाम “फ्लोरेन्स” राखिएको थियो । सम्पन्न परिवारमा जन्मिए पनि…

