स्वास्थ्य डायरी

काठमाडौं, २० बैशाख । आँखा रोग विशेषज्ञहरुको छाता संस्था नेपाल अफ्थाल्मिक सोसाइटीले मिट एण्ड ग्रिट कार्यक्रमको आयोजना गरेको छ । सोसाइटीको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा शनिवार आयोजित कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु, नेपाल चिकित्सक संघका पदाधिकारीहरु एवं सोसाइटीका पदाधिकारी र राजधानीमा उपलब्ध सदस्य चिकित्सक सहभागी भएका थिए । सो अवसरमा नयाँ वर्षको शुभकामना आदान प्रदानका साथै क्यालेन्डर विमोचन सम्पन्न भएको छ । संघमा आवद्ध आँखा विशेषज्ञहरुको भेट सम्मेलनहरुमा मात्र हुने गरेको भन्दै नियमित भेटघाटको परम्परा सुरु गरेको संघका महासचिव डा. तेजसु सिंह मल्ले बताए । यसअघि यस्तो प्रचलन थिएन । यो नयाँ सुरुवात हो । डा. मल्लले बताए । सोसाइटीका अध्यक्ष डा.…

विस्तृतमा...

काठमाडौं, १० बैशाख । आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब बराबरको निर्वाह भत्ता कार्यान्वयन गराउन दबाब दिन नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले बिहीबारदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने जानकारी दिएको हो। संघका अध्यक्ष डा। अनिलविक्रम कार्कीले आगामी वैशाख ११ गते बिहान १० बजेदेखि १२ बजेसम्म उपत्यकाका चिकित्सकहरूलाई माइतीघर मण्डलामा भेला भएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्न र अन्य जिल्लाका चिकित्सकलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय घेराउ गर्न आग्रह गरेका छन्। संघले सरकारलाई २४ घण्टे अल्टिमेटम दिँदै यदि मागहरू तत्काल सम्बोधन भएनन् भने वैशाख १२ गतेदेखि आकस्मिक र सघन उपचार सेवा बाहेक देशभरका…

विस्तृतमा...

काठमाडौं । नराम्रो हुनबाट रोक्ने, नराम्रोलाई राम्रो बनाउने र राम्रोलाई थप आकर्षक बनाउने चिकित्सकीय विधा हो प्लास्टिक सर्जरी । प्लास्टिक सर्जरी र अरु सर्जरीमा के फरक होला ? हासिमजाकमा कतिपयले प्लास्टिक सर्जरी भनेको शरीरमा सामान्य प्रयोग हुने प्लास्टिक राखेर आकर्षक बनाउने वा प्लास्टिकको अंगप्रत्यंग हो भन्ने पनि बुझ्दा रहेछन् । प्लास्टिक सर्जरी मानिसको शरीरका अंगहरुलाई मिलाउने, पुनर्निर्माण गर्ने वा स्वरुपमा परिवर्तन गराउने एउटा शल्यक्रियाको पद्धति हो । प्लास्टिक सर्जरीलाई हिजोआज एस्थेटिक सर्जरी र कस्मेटिक सर्जरी पनि भनेर बुझिन्छ । त्यहि वर्षदेखि उनले बीएण्डबीमा काम सूरु गरेका हुन् । प्लास्टिक सर्जनपछि उत्कृष्ठ प्लास्टिक सर्जन बन्ने लक्ष्यमा हिडेका मानन्धरको ज्ञानको तिर्खा अझै…

विस्तृतमा...

काठमाडौं– विश्वभरि मार्च २० मा मनाइने विश्व मुख तथा दन्त स्वास्थ्य दिवस २०२५ नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। सोही अवसरमा ‘ह्याप्पी माउथ इज अ ह्याप्पी माइन्ड’ भन्ने नाराका साथ कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर तथा कान्तिपुर स्कुल अफ डेन्टिस्ट्रीको संयुक्त आयोजनामा दिवस विशेष कार्यक्रमसहित मनाइएको छ । यस अवसरमा बिहीबार बिहान मुख तथा दन्त स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन र्‍याली आयोजना गरिएको थियो । साथै, ‘सामुदायिक मुख स्वास्थ्य कार्यक्रम प्रतिवेदन’ विमोचन तथा निःशुल्क दन्त परीक्षण कार्यक्रमसमेत गरिएको छ । कान्तिपुर डेन्टल कलेजले हालसम्म ६३ भन्दा बढी जिल्लामा पुगेर निःशुल्क मुख तथा दन्त स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ…

विस्तृतमा...

नेपालमा सयवटाभन्दा बढि फर्मा कम्पनी सञ्चालनमा रहेपनि ८-१० वटाभन्दा बाहेक अन्य राम्रोसँग चलेको छैन भन्ने गरेको गरिन्छ । यसका बाबजुद अर्कोतर्फ अरबौंको लगानी औषधिको क्षेत्रमा विस्तार भइरहेको छ । हालैमात्र म्याग्नस फर्माले १०० करोड लगानी गरेर इन्जेक्टेवल र प्यारेन्टल औषधि बनाउने कारखनाको (स्टेराइल प्लान्ट) निर्माण सम्पन्न गरेर उत्पादन सुरु गर्ने संघारमा पुगेको छ । म्याग्नस फर्माले सन् २००७ मा ‘मोजा’ र ‘मिवन’ नामका दुईवटा ब्राण्डका औषधि बनाएर सुरु भएको यात्रा आजसम्म आउँदा एक सयभन्दा धेरै ब्राण्डका २ सय ७ वटा बढि औषधि उत्पादन गर्ने अवस्थामा पुगेको छ । कम्पनीका प्रबन्ध निर्देशक सुधीर प्रकाश मास्केले हालै वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनको सुरुवातमा…

विस्तृतमा...

काठमाडौं, ३ फागुन । फेब्रुअरी १५ अन्तराष्ट्रिय बाल्यकाल क्यान्सर दिवसका रुपमा मनाउने गरिएको छ । यो दिन बालबालिकामा हुने क्यान्सरका बारेमा सचेतना विस्तार गर्ने अभियानहरु आयोजना गरिन्छ । ललितपुर हरिसिद्धीमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर लिमिटेडले पनि यो दिवस मनाएको छ । यो वर्ष नेपाल क्यान्सरले ससाना बालबालिकासँग खुशी साँटेर दिवस मनाएको छ । शनिवार अस्पतालमा आयोजित एक कार्यक्रममा क्यान्सर जितेका बालबालिकाहरु उन्मुक्त भएर नाचे, गाए र रमाए । अबोध बालखमै क्यान्सरसँग जुध्न विवश ती साना बालबालिकाले क्यान्सर जितेर सुन्दर जीवन बाँचिरहेका छन् । आफुले जन्माएको हुर्काएको शिशुलाई क्यान्सरमुक्त गराएका अभिभावक पनि बच्चाहरुको नाचमा रमाए, ताली बजाए र…

विस्तृतमा...

डा. शिखर श्रेष्ठ पछिल्लो दशकका उम्दा स्नायु शल्यचिकित्सक हुन् । न्यूरो शल्यक्रिया र उपचारमा क्रान्ति ल्याउने हुटहुटी बोकेर हिडेँका श्रेष्ठ हिजोआज बीएण्ड बी अस्पतालमा विशिष्टिकृति न्यूरो सेन्टरको नेतृत्व गरिरहेका छन् । सपना, जोश र ज्ञानको मिश्रण गरेर डा. शिखरले बनाएको विशिष्ट न्यूरो विभागको संरचना र सेवा थप सशक्त र अत्याधुनिक बन्दैछ । हाडजोर्नी र युरो सर्जरीको अस्पताल भनेर चिनिएको बीएण्डबी(वैद्य एण्ड बास्कोटा) अस्पताल विस्तारै बहुआयामिक विशिष्टिकृत उपचार सेवा एउटै छानामुनी उपलब्ध भएको अस्पताल बनिरहेको छ । डा. शिखर श्रेष्ठका पिता टेकबहादुर श्रेष्ठ कृषिक्षेत्रका कर्मचारी थिए । टेक बहादुरहरु कै अग्रसरतामा कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिको गठन भएको थियो…

विस्तृतमा...

काठमाडौं, २२ माघ । नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर लिमिटेडले विश्व क्यान्सर दिवस २०२५ मनाएको छ । १० वर्षदेखि क्यान्सरको विशिष्टिकृत उपचारमा क्रियाशिल अस्पतालले दिवसको अवसर पारेर क्यान्सरका क्षेत्रमा क्रियाशिल व्यक्तिलाई सम्मानित पनि गरेको छ । मंगलबार अस्पतालमा आयोजित एक कार्यक्रममा सन्तानलाई क्यान्सरबाट गुमाएकी श्रीमती राजेश्वरी पसाछेनलाई क्यान्सरको उपचार र सचेतनाका क्षेत्रमा काम गरेको भन्दै अस्पतालले सम्मानित गरेको छ । पसाछेनले आफ्नो छोरालाई क्यान्सरका कारण गुमाउनु परेपछि क्यान्सर सचेतनामा क्रियाशिल भएर लागेकी छिन् । साथै अस्पतालले दिवसको अवसर पारेर धुम्रपान परित्याग क्लिनिक पनि सुरु गरेको छ । क्लिनिकले धुम्रपान त्याग्न चाहाने मानिस र क्यान्सरका बिरामीलाई परामर्श दिनुका साथै धुम्रपान…

विस्तृतमा...

काठमाडौं, १९ माघ । नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले विश्व क्यान्सर दिवसको अवसर पारेर सचेतनामूलक प्रभातफेरिको आयोजना गरेको छ । फेब्रुअरी ४ का दिन विश्वभर क्यान्सर दिवस मनाउने गरिएको छ । बिहान ८ बजे अस्पताल प्रांगणबाट सुरु भएको प्रभातफेरि हरिसिद्धी मावी, नयाँबस्ती, हरिसिद्धी बसपार्क, गुमोज चोक, ढुसाल धारापानी ट्यांकी हुँदै अस्पतालमै आएर सम्पन्न भएको थियो । कार्यक्रमका सहभागीहरुले क्यान्सर सचेतना सम्बन्धी विभिन्न प्लेकार्ड बोकेका थिए । क्यान्सरको सचेतना बढाएर समयमै क्यान्सर पहिचान हुनसकेमा क्यान्सरको सहज उपचार नेपालमै सम्भव भएको प्रभातफेरीमा उपस्थित सहभागीको भनाइ छ । नेपाल क्यान्सर अस्पताल एवं रिसर्च सेन्टरका मेडिकल डाइरेक्टर डा. बिजेशराज घिमिरेले क्यान्सर दिवसको अवसरमा…

विस्तृतमा...

दुई दशकभन्दा लामो समयदेखि आयुर्वेदिक औषधि निर्माण गरिरहेको क्लासिकल हर्वलले आयुर्वेदिक ओषधिलाई नयाँ शैलीमा उत्पादन गर्न सुरु गरेको छ । परम्परागत रुपमा २० २२ वटा आयुर्वेदिक चुर्ण निकाल्दै आएको क्लासिकल हर्वल प्रोडक्ट्स प्रालिले औषधिका नयाँ ब्राण्डहरु बजारमा ल्याएको छ । बिहीवार राजधानीमा प्रोडक्ट सार्वजनिक कार्यक्रम आयोजना गरेर क्लासिकल हर्वल प्रोडक्ट्स प्रालिले आयुर्वेद औषधिलाई नयाँ ब्राण्डिंग सहित बजारमा ल्याएको जनाएको छ । औषधि सार्वजनकि कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक विनोद अधिकारीले लामो समयदेखि कम्पनीले आयुर्वेदिक औषधि निकाल्ने गरेको भएपनि आयुर्वेदका पुराना औषधिलाई नयाँ डोजेज फर्ममा निकालिएको हो । कम्पनीले अहिले २४ वटा नयाँ औषधि निकालेको छ । जसमा ९ वटा औषधि ट्यावलेटमा,…

विस्तृतमा...