काठमाडौं । कान्तिपुर डेन्टल कलेज तथा अस्पताल बसुन्धाराका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठको नेतृत्वमा सञ्चालित बीएम फाउण्डेशनले स्याङ्जाको कालिगण्डकीमा साताव्यापी आँखा शिविर आयोजना गरेको छ ।
कार्तिक ४ देखि १० गतेसम्म सञ्चालन भएको शिविरका क्रममा दुईहजार भन्दा धेरै मानिसले आँखा परीक्षण गराएका छन् । आँखा परीक्षण गर्दा समस्या देखिएकाहरुलाई प्रारम्भिक उपचारका गर्नुका साथै चश्मा पनि वितरण गरिएको छ । परीक्षणका क्रममा थप उपचार तथा शल्यक्रिया आवश्यक भएका बिरामीलाई हिमालय आँखा अस्पतालमा रिफर गरिएको छ भने उपचार खर्च गर्न नसक्नेलाई अर्को शिविर राखेर शल्यक्रिया गरिने फाउण्डेशनका अध्यक्ष डा. श्रेष्ठले बताए ।
फाउण्डेशनले केडिसी जनरल अस्पताल बसुन्धरा, कालिगण्डकी गाउँपालिका, ताइवान ब्लाइन्डनेश फाउण्डेशन (टिवीपी), मुत्तिनाथ विकास बैंक र हिमालय आँखा अस्पतालसँग मिलेर शिविर आयोजना गरेको हो । शिविरका क्रममा आँखा रोग विशेषज्ञहरुले स्थानीय विद्यालयहरुमा आँखा हेरचाहसम्बन्धी सचेतना विस्तारका कार्यक्रम पनि सञ्चालन गरेको छ ।
हेरौं भिडियो ।