धरान- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको परिसरमा सञ्चालन भइरहेका ३५ वटा औषधी पसल सिलबन्दी गरिएको छ। अनुगमनका क्रममा आवश्यक कानुनी प्रक्रिया पूरा नगरेका तथा सञ्चालनमा कमजोरी देखिएका पसलमाथि कारबाही गरिएको हो। इलाका प्रशासन कार्यालय धरान, इलाका प्रहरी कार्यालय, औषधी व्यवस्था विभाग विराटनगर र सम्बन्धित वडा कार्यालयका प्रतिनिधिसहितको संयुक्त टोलीले गत असार अन्तिम सातादेखि प्रतिष्ठान परिसरका औषधी पसलको अनुगमन सुरु गरेको थियो। इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक बिनालाल साहका अनुसार सोमबारसम्म गरिएको अनुगमनका क्रममा विभिन्न कानुनी त्रुटि भेटिएपछि ३५ वटा औषधी पसलमा सिलबन्दी गरिएको हो। अनुगमनका क्रममा आवश्यक कागजात नभएका, अरू व्यक्तिको नाममा सञ्चालन भएका, दर्तावाला फार्मासिस्टको उपस्थिति नरहेका,…
स्वास्थ्य डायरी
काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवासहित निजामतीतर्फ रिक्त रहेका उच्च तहका पदमा स्थायी पदपूर्तिको प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले मातहतका कार्यालय तथा संस्थालाई रिक्त दरबन्दीको अद्यावधिक विवरण सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको हो। मन्त्रालयको कर्मचारी प्रशासन शाखाले साउन ४ गते जारी गरेको पत्रमा लोक सेवा आयोगको स्वीकृत वार्षिक कार्यतालिकाअनुसार आर्थिक वर्ष २०८३/८४ का लागि स्थायी पदपूर्ति गर्नुपर्ने पदको विवरण माग गरिएको उल्लेख छ। मन्त्रालयले निजामती सेवातर्फ राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी तथा स्वास्थ्य सेवातर्फ अधिकृत ११औँ र नवौँ तहका रिक्त पदको विवरण माग गरेको हो। लोक सेवा आयोगमा माग आकृति फाराम पठाउनुपर्ने भएकाले सम्बन्धित निकायलाई आफ्नो…
काठमाडौं- स्वास्थ्य बिमा कार्ड बोकेर उपचारका लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुग्ने धेरै मुटुरोगीले अपेक्षित सुविधा पाउन सकेका छैनन्। अन्तरंग सेवामा स्वास्थ्य बिमा लागू नहुँदा नियमित उपचार र औषधि आवश्यक पर्ने बिरामीहरू ठूलो आर्थिक भार बेहोर्न बाध्य भएका छन्। मुटुको समस्या लिएर इलामबाट काठमाडौं आएकी ४० वर्षीया सुनिता घिमिरे (नाम परिवर्तन) यसको उदाहरण हुन्। मुटुको साँघुरिएको नली खोल्न एन्जियोप्लास्टी गराएकी उनले स्वास्थ्य बिमाबाट उपचार खर्चमा राहत पाइने अपेक्षा गरेकी थिइन्। तर अस्पतालमा भर्ना भएर गरिने उपचारमा बिमा सुविधा नभएको थाहा पाएपछि उनी थप चिन्तित बनिन्। सरकारी सहुलियतका अन्य कार्यक्रममा पनि उमेर र उपचारको अवस्थाका कारण आफू नपरेको उनले बताइन्।…
काठमाडौं – सरकारले निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियारलाई नियुक्त गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सूचना जारी गर्दै सिफारिस समितिले योग्यताक्रमको पहिलो नम्बरमा सिफारिस गरेका परियारलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय भएको जानकारी दिएको हो। मन्त्रालयका अनुसार अस्पताल विकास समितिको साउन ४ गते बसेको बैठकको निर्णय र सिफारिस समितिले गरेको मूल्यांकनका आधारमा प्राडा परियारलाई उक्त जिम्मेवारी दिइएको हो। निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पद रिक्त भएपछि मन्त्रालयले गत असार ५ गते पदपूर्तिका लागि आवेदन आह्वान गरेको थियो। सोही प्रक्रियाबाट छनोट भएका परियारलाई अस्पतालको नेतृत्वको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।
काठमाडाैं- भारतले पहिलो पटक डेंगीविरुद्धको खोपलाई बजारमा प्रयोग गर्न अनुमति दिएको छ। जापानी औषधि कम्पनी ताकेदा बायो-फार्मास्युटिकल्सले विकास गरेको क्युडेंगा नामक खोपलाई भारतको औषधि नियामक निकाय ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डियाले स्वीकृति दिएको हो। कम्पनीका अनुसार यो खोप ४ देखि ६० वर्ष उमेर समूहका व्यक्तिमा डेंगीको रोकथामका लागि प्रयोग गर्न सकिनेछ। यसलाई पहिले डेंगी संक्रमण भइसकेका वा नभएका दुवै व्यक्तिलाई कुनै अतिरिक्त परीक्षणबिना लगाउन मिल्ने बताइएको छ। क्युडेंगा डेंगी भाइरसका चारैवटा सेरोटाइपविरुद्ध सुरक्षा प्रदान गर्ने ‘लाइभ-एटिन्युएटेड’ खोप हो। कम्पनीले सार्वजनिक गरेको सात वर्षसम्मको अध्ययनले यसले डेंगी संक्रमण र अस्पताल भर्ना हुनुपर्ने जोखिमलाई उल्लेखनीय रूपमा घटाएको जनाएको छ। विश्वव्यापी क्लिनिकल परीक्षणका…
काठमाडौं- निरन्तर वर्षासँगै झाडापखाला, हैजा र डेङ्गुको जोखिम बढ्न सक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जारी गरेको सूचनामा वर्षायाममा दूषित पानी र खानाका कारण झाडापखाला तथा हैजाको जोखिम बढ्ने भएकाले सुरक्षित खानेपानी र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ। मन्त्रालयले पानी उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र पिउन, नियमित रूपमा साबुनपानीले हात धुन, बासी तथा सडेगलेका खाद्य पदार्थ सेवन नगर्न, खाना छोपेर राख्न र काँचो फलफूल तथा तरकारी राम्रोसँग सफा गरेर मात्र खान सुझाव दिएको छ। त्यस्तै, खुला दिसापिसाब नगर्न र शौचालयको अनिवार्य…
काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको प्रस्तावित संगठन तथा व्यवस्थापन (ओएनएम) संरचनाको प्रारम्भिक मसौदामा हाल कायम रहेको १२औँ तहको अतिरिक्त सचिव पद नराख्ने प्रस्ताव गरिएको छ। प्रस्तावित संरचनाअनुसार मन्त्रालयको नेतृत्व सचिवले गर्ने व्यवस्था गरिएको छ। सचिवको मातहत तीन वटा महाशाखा र स्वास्थ्य आपत्कालीन तथा विपत् व्यवस्थापन एकाइ रहने प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ। हाल स्वास्थ्य मन्त्रालयमा १२औँ तहको अतिरिक्त सचिवको दरबन्दी रहेको छ। तर नयाँ संरचनामा उक्त पदलाई निरन्तरता नदिने प्रस्ताव गरिएको हो। मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार प्रस्तावित संरचनामा सचिवअन्तर्गत नीति, योजना तथा जनस्वास्थ्य समन्वय महाशाखा, स्वास्थ्य, खाद्य स्वच्छता तथा औषधी गुणस्तर नियमन महाशाखा तथा…
कञ्चनपुर- महाकाली प्रादेशिक अस्पतालमा पहिलो पटक मेरुदण्ड (स्पाइन) को सफल शल्यक्रिया गरिएको छ। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. जगदीश जोशीका अनुसार भीमदत्त नगरपालिका–३, तिलकपुरका ३२ वर्षीय मुनी बोहोराको सफल शल्यक्रिया गरिएको हो। घाँस काट्ने क्रममा रुखबाट लडेर मेरुदण्डको हड्डी भाँचिएपछि उनी गत सोमबार अस्पतालमा भर्ना भएका थिए। डा. जोशीका अनुसार शल्यक्रियापछि बोहोरा सात दिनमै स्वास्थ्य लाभ गरेर घर फर्किएका छन्। उनको शल्यक्रिया डा. दुर्गेश चौधरी, डा. अनिल तिमिल्सिना, डा. मुकेश गामीलगायतको विशेषज्ञ टोलीले गरेको हो। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेशप्रसाद पन्तले विगतमा मेरुदण्डको शल्यक्रियाका लागि बिरामीलाई काठमाडौं वा भारतका अस्पतालमा रिफर गर्नुपर्ने अवस्था रहेको स्मरण गर्दै अब यस्तो सेवा महाकाली प्रादेशिक…
काठमाडौं – काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) स्क्रिनिङ कार्यक्रममा सहभागी महिलामध्ये ९० जनामा ह्युमन प्यापिलोमाभाइरस (एचपीभी) संक्रमण पुष्टि भएको छ। महानगरको स्वास्थ्य विभागका अनुसार संक्रमण पुष्टि भएका अधिकांश महिलालाई स्क्रिनिङअघि आफू संक्रमित भएको वा कुनै स्वास्थ्य समस्या रहेको जानकारी थिएन। संक्रमितमध्ये २५ जनामा उच्च जोखिमयुक्त एचपीभी–१६ र एचपीभी–१८ प्रकारको संक्रमण देखिएको छ। तीमध्ये १२ जनामा एचपीभी–१६ र १३ जनामा एचपीभी–१८ पुष्टि भएको हो। बाँकी ६५ जनामा भने एचपीभीका अन्य प्रकारका संक्रमण फेला परेका छन्। चैत १७ देखि वैशाख २१ सम्म सञ्चालन गरिएको स्क्रिनिङ कार्यक्रममा २ हजार ९७५ महिलाको परीक्षण गरिएको थियो। तीमध्ये २ हजार ७७९ जनाको…
डडेल्धुरा – डडेल्धुरा अस्पतालमा सञ्चालनमा रहेको हेमोडायलासिस सेवा आइतबारदेखि बन्द भएको छ। डायलासिस मेसिनको मोटर जलेपछि सेवा अवरुद्ध भएको अस्पतालले जनाएको छ। सेवा बन्द भएपछि नियमित रूपमा डायलासिस गराउँदै आएका मिर्गौला रोगीहरू प्रत्यक्ष प्रभावित भएका छन्। स्थानीय स्तरमै उपचार सुविधा उपलब्ध गराउँदै आएको सेवा अवरुद्ध भएपछि बिरामीहरूलाई पुनः धनगढी वा अन्य अस्पताल पुगेर उपचार गराउनुपर्ने अवस्था सिर्जना भएको छ। केही समयअघि मात्रै सुरु गरिएको हेमोडायलासिस सेवाबाट सुदूरपश्चिमका सात पहाडी जिल्लाका बिरामीले सहज रूपमा उपचार पाउँदै आएका थिए। डडेल्धुरा अस्पतालका सुब्बा यदुनाथ जोशीका अनुसार जलेको मोटर मर्मतका लागि धनगढी पठाइएको छ। उनले धनगढीमै मर्मत सम्पन्न भएमा भोलिदेखि पुनः हेमोडायलासिस सेवा सञ्चालनमा…

