काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आगामी दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाएको छ। यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच उक्त समझदारीपत्रको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। हाल नेपाल औषधि लिमिटेडबाट ११ प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। आगामी चरणमा उच्च रक्तचाप र मधुमेहलगायतका दीर्घरोगका औषधिसमेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना रहेको छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइने मन्त्राललयको भनाइ छ। मन्त्रालयले यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा…
स्वास्थ्य डायरी
नेपालगन्ज– बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको छ । जडान भएर पनि लामो समयदेखि सञ्चालनमा नआएको सो अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईले जानकारी दिए । बीस किलोलिटर क्षमता भएको प्लान्टमा १८ किलोलिटर लिक्विड अक्सिजन भरेर सञ्चालनमा ल्याइएको हो । अस्पतालको आफ्नै प्लान्ट सञ्चालनमा आएसँगै हरेक दिन सिलिण्डरमा भरेर अक्सिजन ढुवानी गर्नुपर्ने झन्झट हटेको उनको भनाइ छ । उनले भने, ‘अब यो प्लान्ट सुरु भएसँगै स्टोर गरेर पनि राख्न सकिन्छ ।’ केमो वार्डमा नै छुट्टै फार्मेसी सञ्चालन गर्नेदेखि एउटै भवनबाट रेडियोलोजी र प्रयोगशालाको डायगोनोसिस सेवा समेत सञ्चालनमा…
काठमाडौँ – आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार अभियानअन्तर्गत सबै सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजननस्थल तथा बासस्थानको खोजी तथा नष्ट गर्न प्रत्येक हप्ता ‘हरेक शुक्रबार, सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गरिनेछ । साउन, भदौ र असोज महिनामा वडा कार्यालय, टोल विकास संस्था, नागरिक समाज तथा सरोकार भएका निकायसँग समन्वय गरी प्रत्येक हप्ताको एक दिन समुदायको सहभागितामा ‘लामखुट्टेको प्रजननस्थल तथा बासस्थान खोजी तथा नष्ट अभियान’ सञ्चालन गरिनेछ । प्रत्येक स्थानीय तहले आफ्नो कार्यक्षेत्रभित्र रहेका अटो वर्कशप/ग्यारेज, कबाडी समान व्यवस्थापन स्थल, निर्माणाधीन भवन तथा पानी जम्ने सम्भावना भएका अन्य स्थानको…
काठमाडौं- उपभोक्ता अदालतले प्रसूति गराउने क्रममा उपचारमा लापरबाही भएको ठहर गर्दै एभरेस्ट अस्पताल र उपचारमा संलग्न चिकित्सक डा. ज्योत्सना शर्मालाई पीडित परिवारलाई ३९ लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ। बिहीबार न्यायाधीश डा. दिवाकर भट्ट र गेहेन्द्र राज रेग्मीको इजलासले सुवास पराजुलीले दायर गरेको मुद्दामा आंशिक दाबी स्वीकार गर्दै यस्तो फैसला गरेको हो। अदालतका सूचना अधिकारी होमनाथ कंडेलका अनुसार एभरेस्ट अस्पतालले ३० लाख रुपैयाँ र डा. शर्माले व्यक्तिगत रूपमा ९ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने निर्णय भएको हो। सुवास पराजुलीले आफ्नी श्रीमतीको प्रसूति गराउने क्रममा डा. शर्माको लापरबाहीका कारण मृत्यु भएको दाबी गर्दै पाँच करोड रुपैयाँ क्षतिपूर्तिको मागसहित २०८२ जेठ २५…
काठमाडौं – आजदेखि देशभरका निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, ल्याब र निजी मेडिकल कलेजमा उपचार सेवा लिँदा बिरामीले सेवा शुल्कसँगै थप ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ तिर्नुपर्ने भएको छ। सरकारले आर्थिक विधेयक–२०८३ मार्फत लागू गरेको यो व्यवस्था साउन १ गतेदेखि कार्यान्वयनमा आएको हो। अब निजी स्वास्थ्य संस्थाले लिने सबै प्रकारका उपचार तथा स्वास्थ्य सेवाको शुल्कमा ३ प्रतिशत अतिरिक्त रकम स्वास्थ्य समता शुल्कका रूपमा उठाउनुपर्नेछ। यसअनुसार यदि कुनै बिरामीको उपचार खर्च १० हजार रुपैयाँ भए थप ३०० रुपैयाँ स्वास्थ्य समता शुल्क तिर्नुपर्नेछ। सरकारका अनुसार उक्त शुल्कबाट संकलन हुने रकम गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार, स्वास्थ्य पूर्वाधार विकास तथा स्वास्थ्य क्षेत्रमा लगानी…
काठमाडौं- मनसुन सक्रिय भएसँगै नेपालमा हैजा, झाडापखाला, टाइफाइडलगायत पानीजन्य रोगको जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। पछिल्ला साताहरूमा देशभरका स्वास्थ्य संस्थामा झाडापखालाका बिरामीको संख्या उल्लेखनीय रूपमा बढेको मन्त्रालयले जनाएको छ। रोग नियन्त्रण तथा महामारी विज्ञान महाशाखाका अनुसार वर्षायाममा दूषित पानी र अस्वच्छ खानाका कारण हैजा र अन्य आन्द्राजन्य संक्रमण तीव्र रूपमा फैलिने जोखिम हुन्छ। पछिल्ला तीन साताको निगरानीमा क्रमशः ७२०, ७६२ र ७१८ भन्दा बढी झाडापखालाका बिरामी स्वास्थ्य संस्थामा पुगेका छन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार हैजा भिब्रियो कोलेरी नामक जीवाणुबाट हुने तीव्र झाडापखालाको…
काठमाडौं- सरकारले सञ्चालनमा ल्याएको निःशुल्क उपचार पोर्टल मार्फत पछिल्लो ९० दिनमा २ हजार २ सयभन्दा बढी नागरिकले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्। विपन्न, असहाय तथा बेवारिसे बिरामीलाई लक्षित गरी सुरु गरिएको यो प्रणालीमा आबद्ध अस्पतालको संख्या पनि निरन्तर बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक सातामा १३ अस्पताल थपिएसँगै पोर्टलमा आबद्ध अस्पतालको संख्या २ सय ३८ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार अस्पतालहरूले कुल शय्याको १० प्रतिशत निःशुल्क उपचारका लागि छुट्याएर त्यसको विवरण नियमित रूपमा पोर्टलमा अद्यावधिक गरिरहेका छन्। पोर्टलमार्फत नागरिकले घरबाटै देशभरका अस्पतालमा उपलब्ध निःशुल्क शय्या, खाली रहेको अवस्था तथा विभिन्न रक्तसञ्चार केन्द्रमा…
काठमाडौं – आर्थिक संकटका कारण अस्तव्यस्त बनेको स्वास्थ्य बीमा कार्यक्रमलाई सुधार गर्ने प्रयासस्वरूप स्वास्थ्य बीमा बोर्डले सुविधा थैली घटाउनेदेखि अस्पतालको बक्यौता भुक्तानीसम्मका कदम अघि बढाएको छ। बोर्डका अनुसार हालसम्म करिब २३ अर्ब रुपैयाँ भुक्तानी भइसकेको छ भने ठूला सरकारी अस्पतालमा बीमा सेवा पुनः नियमित हुन थालेको छ। २०७२ चैत २५ गते सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमको उद्देश्य सबै नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नु थियो। प्रारम्भिक चरणमा कार्यक्रम प्रभावकारी देखिए पनि पछिल्ला वर्षमा आम्दानी र खर्चबीचको असन्तुलनका कारण बोर्ड गम्भीर आर्थिक संकटमा परेको थियो। अस्पतालहरूले लामो समयसम्म भुक्तानी नपाउँदा कतिपयले बीमाअन्तर्गतको सेवा सीमित गरे भने केहीले सेवा…
कञ्चनपुर- चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको कञ्चनपुरमा गत वर्ष यस रोगसँग मिल्दोजुल्दो लक्षण भएका ७ जना बिरामी भेटिए । त्यसपछि स्वास्थ्य कार्यालयले समुदायस्तरमा निगरानी र जनचेतनामूलक कार्यक्रमलाई तीव्र बनाएको छ । लक्षण देखिएका सात जनामध्ये केही स्थानीयवासी र केही रोजगारीका सिलसिलामा भारतबाट फर्किएका थिए । सबैको लक्षणका आधारमा उपचार गरिएको थियो । लामो समयपछि यस्ता बिरामी देखिनुले जिल्लामा जापनिज इन्सेफ्लाइटिसको जोखिम अझै कायम रहेको स्वास्थ्यकर्मीको निष्कर्ष छ । यद्यपि, यस वर्ष हालसम्म जिल्लामा जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिएका छैनन् । स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टका अनुसार विगत चार वर्षदेखि जिल्लामा जापनिज इन्सेफ्लाइटिसका पुष्टि भएका बिरामी भेटिएका…
काठमाडौं- सरकारले आर्थिक विधेयक २०८३ मार्फत निजी स्वास्थ्य संस्थामा ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ लागू गरेपछि साउन १ गतेदेखि निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, ल्याब तथा निजी मेडिकल कलेजमा उपचार गराउँदा बिरामीले थप शुल्क तिर्नुपर्ने भएको छ। आर्थिक विधेयकको दफा १७ अनुसार निजी स्वास्थ्य सेवा प्रदायकले बिरामीबाट लिने सबै प्रकारका सेवा शुल्कमा ३ प्रतिशत स्वास्थ्य समता शुल्क अनिवार्य रूपमा असुल गर्नुपर्ने व्यवस्था गरिएको छ। सरकारले यो रकम गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार तथा स्वास्थ्य पूर्वाधार निर्माणमा खर्च गरिने जनाएको छ। नयाँ व्यवस्थाअनुसार उपचार खर्च १० हजार रुपैयाँ भए बिरामीले थप ३०० रुपैयाँ स्वास्थ्य समता शुल्क तिर्नुपर्नेछ। निजी स्वास्थ्य संस्थाले बिलमार्फत…

