स्वास्थ्य डायरी

काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले त्रिभुवन विश्वविद्यालय दिवसको अवसरमा साउन ७ गते (बिहीबार) नियमित दिवा सेवामा आंशिक परिवर्तन गरेको छ। अस्पताल प्रशासनले सूचना जारी गर्दै उक्त दिन इमर्जेन्सी सेवाबाहेक अस्पतालबाट प्रदान गरिने सम्पूर्ण नियमित दिवा सेवाहरू आधा दिनका लागि बन्द रहने जनाएको हो। अस्पताल बिहानको समयमा मात्रै सञ्चालन हुने र नियमित सेवाहरू प्रभावित हुने सूचनामा उल्लेख छ। अस्पतालले सेवाग्राहीलाई सेवा लिन आउनुअघि यसबारे जानकारी राखी आफ्नो समय व्यवस्थापन गर्न अनुरोध गरेको छ। यद्यपि, आकस्मिक (इमर्जेन्सी) सेवा भने नियमित रूपमा सञ्चालन हुने अस्पतालले स्पष्ट पारेको छ। साथै, अस्पतालको इएचएस सेवा दिउँसो १ बजेदेखि पुनः सञ्चालन हुने अस्पताल प्रशासन प्रमुख भोजराज भट्टद्वारा…

विस्तृतमा...

काठमाडौं – चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारले आफ्ना माग बेवास्ता गरेको भन्दै साउन ७ गतेदेखि पुनः सत्याग्रह (अनशन) सुरु गर्ने घोषणा गरेका छन् । दार्चुलाबाट बुधबार विज्ञप्ति जारी गर्दै डा. केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रलाई निजी स्वार्थको कब्जामा पुर्‍याउने प्रयास भइरहेको आरोप लगाएका छन् । उनले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा गैरनाफामूलक सार्वजनिक सेवाको क्षेत्र भएको उल्लेख गर्दै राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार २०८५ सालभित्र चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउने व्यवस्था कार्यान्वयन नभएको बताएका छन् । डा. केसीले न्यूनतम मापदण्ड पूरा नगरेका निजी मेडिकल, डेन्टल र नर्सिङ कलेजको प्रभाव नीति निर्माणदेखि सार्वजनिक संस्थाको नेतृत्व…

विस्तृतमा...

काठमाडौं- नेपाल आयुर्वेद औषधि उत्पादक संघ (एएमप्यान)का निवर्तमान अध्यक्ष सुमनप्रसाद पाण्डे नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को निर्यात प्रवर्द्धन समितिको सदस्यमा मनोनित भएका छन्। कार्यकारिणी समिति सदस्य होमप्रसाद घिमिरेको सभापतित्वमा गठित निर्यात प्रवर्द्धन समितिमा पाण्डेलाई सदस्यका रूपमा मनोनयन गरिएको हो। महासंघले नेपाली उत्पादन तथा सेवाको निर्यात प्रवर्द्धन, अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको पहुँच विस्तार, निर्यातकर्ताले भोगिरहेका समस्याको समाधानका लागि पहल, निर्यातसम्बन्धी नीतिगत सुधारका सुझाव तथा निजी क्षेत्रको निर्यात क्षमता अभिवृद्धि गर्ने उद्देश्यले समिति गठन गरेको जनाएको छ। मनोनयन पत्रमा पाण्डेको अनुभव, ज्ञान र सक्रिय सहभागिताले नेपालको निर्यात क्षेत्रको विकास, निर्यात प्रवर्द्धनसम्बन्धी कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा महासंघका पहललाई थप सशक्त बनाउन महत्वपूर्ण योगदान…

विस्तृतमा...

काठमाडौं- अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष नेपालमा डेंगु संक्रमणको संख्या कम देखिए पनि स्वास्थ्य विज्ञहरूले यसलाई जोखिम समाप्त भएको संकेतका रूपमा नलिन आग्रह गरेका छन्। मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा पानी जम्न थालेकाले आगामी केही सातादेखि डेंगु संक्रमण पुनः बढ्न सक्ने चेतावनी उनीहरूले दिएका छन्। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को जुन १५ सम्मको तथ्यांकअनुसार देशका ७१ जिल्लामा एक हजार ४२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भइसकेको छ। यो संख्या सन् २०२२ र २०२३ को महामारीको तुलनामा कम भए पनि आगामी जोखिमका लागि तयारी गर्नुपर्ने अवस्था रहेको विज्ञहरूको भनाइ छ। ईडीसीडीको…

विस्तृतमा...

चितवन- नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पताल र मातहतका अस्पताल तथा केन्द्रबाट गत आर्थिक वर्ष २०८२/०८३ मा तीन लाख ८१ हजार २६ जनाले स्वास्थ्य सेवा लिएका छन् । अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार त्यसअवधिमा भरतपुर आँखा अस्पतालबाट एक लाख ७९ हजार २६, उकालोको सिटि क्लिनिकबाट १९ हजार ५३८ तथा अन्य सबै खालका शिविरबाट ४२ हजार २७० जनाले आँखा परीक्षणसहित विभिन्न सेवा लिएका हुन् । त्यस्तै, विद्यालयमा सञ्चालित शिविरबाट ४६ हजार ८५ जना विद्यार्थी लाभान्वित भए । यस्तै दुईवटा सेकेण्डरी आँखा अस्पतालमा २७ हजार ३५७ जना, दुईवटा सर्जिकल आई केयर सेन्टरमा नौ हजार ४६४ र १९ वटा आँखा…

विस्तृतमा...

धनगढी- लामो समयदेखि सञ्चालनको पर्खाइमा रहेको कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि एमबीबीएससहित विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको छ। नवनियुक्त उपकुलपति प्रा. डा. सुनिलकुमार जोशीले पदभार ग्रहण गरेसँगै विश्वविद्यालयको प्राथमिकता सात अर्ब रुपैयाँभन्दा बढी लागतमा निर्माण भएको पूर्वाधारलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने रहेको बताएका छन्। उनका अनुसार चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्दै सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउने लक्ष्य राखिएको छ। विश्वविद्यालयले पहिलो चरणमा एमबीबीएसमा ५० विद्यार्थी भर्ना गर्ने तयारी गरेको छ। साथै बीएससी नर्सिङ, ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी र बी. अप्टोमेट्री कार्यक्रम पनि सञ्चालन गरिनेछ। चिकित्सा शिक्षा आयोगको…

विस्तृतमा...

काठमाडौं – नेपाल सरकारले नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारको जिम्मेवारी डा. अजय कुमार शाहलाई दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाले जारी गरेको पत्रअनुसार काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेको अनुपस्थितिमा काउन्सिलकै सदस्य डा. अजय कुमार शाहलाई निमित्त रजिष्ट्रार तोकिएको हो।

विस्तृतमा...

काठमाडौं – मधेश प्रदेशमा विशेषज्ञ मिर्गौला उपचार सेवाको पहुँच विस्तार गर्न गठित सम्भाव्यता अध्ययन समितिले जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस गरेको छ। समितिले प्राविधिक, पूर्वाधार, जनशक्ति, आर्थिक तथा सामाजिक पक्षको अध्ययनपछि संघ र प्रदेश सरकारको सहकार्यमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरमार्फत केन्द्र सञ्चालन गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको हो। प्रस्तावित केन्द्र धनुषाको जनकपुरधाम उपमहानगरपालिका–मुजेलियामा सार्वजनिक मोडलमा स्थापना गर्ने सुझाव प्रतिवेदनमा उल्लेख गरिएको छ। आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रमअनुसार प्रदेशस्तरमा क्यान्सर तथा मिर्गौला प्रत्यारोपणजस्ता जटिल उपचार सेवा विस्तार गर्ने लक्ष्यका साथ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गठन गरेको अध्ययन समितिले विभिन्न अस्पतालको स्थलगत अध्ययन, सरोकारवालासँगको छलफल…

विस्तृतमा...

काठमाडौं – सामाजिक सुरक्षा कोषले आफ्ना योगदानकर्तालाई स्वास्थ्य सेवा प्राप्त गर्ने क्रममा कुनै समस्या वा विभेदपूर्ण व्यवहार भए तत्काल गुनासो दर्ता गर्न आग्रह गरेको छ। कोषले सोमबार सूचना जारी गर्दै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत सेवा लिन जाँदा सम्झौतामा रहेका अस्पतालले सेवा दिन अस्वीकार गरे, अनावश्यक ढिलाइ गरे वा विभेदपूर्ण व्यवहार गरेमा तत्काल जानकारी गराउन अनुरोध गरेको हो। कोषका अनुसार योगदानकर्ताले स्वास्थ्य सेवा लिनुअघि आफ्नो नाम योगदानकर्ता सूचीमा रहेको र केवाइसी विवरण अद्यावधिक भएको सुनिश्चित गर्नुपर्छ। साथै, उपचारका क्रममा सामाजिक सुरक्षा कोषबाट जारी गरिएको भौतिक वा भर्चुअल परिचयपत्र अनिवार्य रूपमा प्रस्तुत…

विस्तृतमा...

काठमाडौं- वर्षायाम सुरु भएसँगै जङ्गलमा उम्रिने विषालु च्याउको जोखिम बढ्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सर्वसाधारणलाई जङ्गली च्याउ सेवन नगर्न आग्रह गरेको छ। मन्त्रालयले वर्षाको समयमा विभिन्न स्थानमा उम्रिने च्याउ खाँदा विषाक्तता हुने, गम्भीर स्वास्थ्य समस्या देखिन सक्ने र कतिपय अवस्थामा ज्यानसमेत जान सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेको हो। मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा. राधिका थापालियाले जारी गरेको सचेतनामूलक सन्देशमा जङ्गलमा उम्रिने सबै च्याउ खानयोग्य नहुने उल्लेख गरिएको छ। विषालु च्याउ सेवन गरेपछि बान्ता, पखाला, पेट दुख्ने जस्ता समस्या देखिन सक्ने र त्यसले कलेजो तथा मिर्गौलामा गम्भीर असर पुर्‍याउन सक्ने मन्त्रालयले जनाएको छ।…

विस्तृतमा...