स्वास्थ्य डायरी

काठमाडौं- फोक्सोको क्यान्सर अहिले विश्वभरि नै बढ्दो स्वास्थ्य समस्याका रूपमा देखिएको छ। पहिले धूम्रपान र मदिरा सेवन गर्ने व्यक्तिमा बढी देखिने यो रोग अहिले वातावरणीय प्रदूषण, धूलोधुँवा, आनुवंशिक कारण तथा अस्वस्थ जीवनशैलीका कारण धूम्रपान नगर्ने व्यक्तिमा पनि देखिन थालेको विशेषज्ञहरूले बताएका छन्। नेपाल मेडिकल कलेजमा कार्यरत क्यान्सर रोग विशेषज्ञ (अन्कोलोजिस्ट) डा. रिता महासेठका अनुसार फोक्सोको क्यान्सरबाट जोगिन सबैभन्दा प्रभावकारी उपाय भनेको समयमै स्क्रिनिङ गर्नु हो। उनका अनुसार स्क्रिनिङ भनेको रोगको सुरुआती अवस्थामै त्यसको सम्भावना पत्ता लगाउने प्रक्रिया हो। रोग प्रारम्भिक चरणमै पहिचान भए उपचार प्रभावकारी हुने र बिरामीको जीवन बचाउने सम्भावना उल्लेखनीय रूपमा बढ्ने उनी बताउँछिन्। डा. महासेठका अनुसार पहिले…

विस्तृतमा...

चितवन – चितवनको भरतपुर अस्पतालमा प्राविधिक समस्याका कारण अवरुद्ध रहेको सिटी स्क्यान सेवा पुनः नियमित रूपमा सुरु गरिएको छ । सिटी स्क्यान बिग्रिएपछि बिरामीलाई स्वास्थ्य बिमाको शुल्कमा निजी अस्पतालबाट सेवा दिँदै आइएको थियो । अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलका अनुसार नौ वर्ष पुरानो सिटी स्क्यान उपकरणको एक्स-रे ट्युब बिग्रिएपछि असार ७ गतेदेखि सेवा अवरुद्ध भएको थियो । उक्त उपकरण खरिद सम्झौताअनुसार सम्बन्धित कम्पनीले नेदरल्याण्डबाट नयाँ एक्स-रे ट्युब ल्याएर जडान गरेपछि सेवा पुनः नियमित रूपमा सञ्चालनमा आएको उनले जानकारी दिए। सेवा अवरुद्ध रहेकै अवधिमा बिरामीलाई समस्या नहोस् भन्ने उद्देश्यले अस्पतालले गत असार १० गतेदेखि निजी अस्पताल समन्वय समिति (अफिन) चितवनसँग समन्वय…

विस्तृतमा...

काठमाडौं- नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) को कार्यकारी निर्देशक छनोट प्रक्रियामा विगतमा व्यावसायिक आचरण र चिकित्सा अभ्याससँग सम्बन्धित विवादमा कारबाही भोगिसकेका डा. जितेन्द्र परियार संक्षिप्त सूची (सर्टलिस्ट) मा परेपछि छनोट प्रक्रियाको निष्पक्षता र मापदण्डबारे प्रश्न उठेको छ। सरोकारवालाका अनुसार विगतमा गम्भीर लापरवाहीको आरोप खेपेका चिकित्सकलाई अस्पतालजस्तो संवेदनशील संस्थाको नेतृत्वका लागि सर्टलिस्टमा राखिनुले छनोट समितिको निर्णयमाथि नैतिक बहस सुरु भएको छ। डा. परियार सर्टलिस्टमा परेपछि उनीविरुद्ध नेपाल मेडिकल काउन्सिलमा बेनामी उजुरीसमेत परेको छ। नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेले डा. परियारसम्बन्धी विगतका कारबाहीबारे जानकारी माग गर्दै बेनामी उजुरी प्राप्त भएको पुष्टि गरे। उनका अनुसार उक्त विषय काउन्सिलको…

विस्तृतमा...

दाङ- तुलसीपुरमा जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–३ बल्लेकी ३६ वर्षीया दीपा पुन मगरको शनिबार मृत्यु भएको हो । गत असार ३१ गते जङ्गलबाट ल्याएको च्याउ खाँदा दुई परिवारका ७ जना बिरामी परेका थिए । च्याउ खाएर बिरामी परेकामध्ये दुई जनालाई घरायसी उपचार गरिएको थियो । अन्य पाँच जनालाई अस्पताल लगिएको थियो । बिरामी परेकी दीपालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि घोराही लगिएको थियो । घोराहीमा उपचार सम्भव नभएपछि शिक्षण अस्पताल कोहलपुर लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जङ्गली च्याउ खाएर बिरामी परेका तुलसीपुर–३ बल्लेकी…

विस्तृतमा...

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शनिबार बुढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग केन्द्रको अनुगमन गर्दै केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएकी छन् । उनले केन्द्रबाट प्रवाह भइरहेका सेवा, उपलब्ध पूर्वाधार तथा भावी योजनाबारे जानकारी लिनुका साथै सेवा विस्तार, गुणस्तर अभिवृद्धि र केन्द्रको समग्र विकासका विषयमा पदाधिकारीसँग छलफल गरेपछि उक्त कुरामा जोड दिएकी हुन् । मन्त्री मेहताले राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग केन्द्रलाई आयुर्वेद, पञ्चकर्म तथा योग सेवाको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए । केन्द्रमा उपलब्ध सेवाबारे प्रचारप्रसार गर्नुपर्ने उनको कथन थियो । केन्द्रलाई मन्त्रालयबाट हर सम्भव सहयोग हुने पनि उनले बताइन् । मन्त्री…

विस्तृतमा...

नेपालगन्ज – खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब तीन महिनादेखि लिन्याक (लिनियर एक्सेलेरेटर) मेसिन बन्द हुँदा रेडियोथेरापी सेवा ठप्प भएको छ । सेवा अवरुद्ध भएपछि दैनिक उपचारका लागि आउने क्यान्सरका बिरामी भारतका विभिन्न अस्पताल धाउन बाध्य भएका छन् । रेडियोथेरापी सेवा बन्द हुँदा पश्चिम नेपालका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका बिरामी सबैभन्दा बढी प्रभावित भएका छन्। अस्पतालमा दैनिक २५ भन्दा बढी बिरामीले रेडियोथेरापी सेवा लिँदै आएका थिए। तर मेसिन बन्द भएपछि उनीहरू भारतका बहराइच, लखनउ, दिल्लीलगायतका अस्पतालमा उपचारका लागि जान बाध्य भएका छन्। सुशील कोइराला प्रखर क्यान्सर अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका लागि सरकारी क्यान्सर उपचार सेवा दिने प्रमुख…

विस्तृतमा...

सुदूरपश्चिम- केही वर्षअघिसम्म कैलालीको गेटामा स्वास्थ्य संस्थाका लागि बनेका विशाल भवन हेर्न टाढाटाढाबाट मानिस आउँथे। अस्पताल परिसर घुम्थे, अग्ला भवनसँग तस्बिर खिचाउँथे र फर्किने बेला एउटै प्रश्न सोध्थे—यति ठूला संरचनामा अब कहिले प्रयोगमा आउँछन्? त्यो प्रश्नको जवाफ सजिलो थिएन। सरकारका प्रतिनिधि भन्थे, “प्रक्रियामै छ।” यहाँका जनप्रतिनिधिहरू आश्वस्त पार्थे, “सहजीकरणमा लागिरहेकै छौँ।” माग सम्बोधनका लागि सङ्गठित दबाब दिँदै आएकाहरु भन्थे, “सरकारले सुन्दै सुन्दैन, अब थप दबाब बढाउनुपर्छ।” यसरी प्रश्न सुन्दै र उत्तर खोज्दै वर्षौं बिते। सरकार फेरिए, मन्त्री फेरिए, नीति फेरिए, तर गेटाका भवनहरूको मौनता फेरिएन। करिब रु छ अर्ब ६४ करोड लगानीमा बनेका आधुनिक भवन वर्षौंसम्म सुदूरपश्चिमेलीको अधुरो सपनाका मौन…

विस्तृतमा...

बैतडी – बैतडीको कोटपेटरा स्वास्थ्य चौकीमा डेढ महिनादेखि विद्युत् आपूर्ति अवरुद्ध हुँदा स्वास्थ्यकर्मीहरू टर्चलाइटको भरमा प्रसूति (डेलिभरी) सेवा सञ्चालन गर्न बाध्य भएका छन्। नियमित विद्युत् र वैकल्पिक ऊर्जा स्रोतको अभावले २४सै घण्टा सञ्चालन हुनुपर्ने स्वास्थ्य सेवा प्रभावित बनेको छ। स्वास्थ्यकर्मीहरूका अनुसार टर्चलाइट चार्ज गर्नसमेत करिब ३० मिनेट टाढा पुग्नुपर्ने अवस्था छ। एकपटक चार्ज गरेको टर्च जम्मा ३ देखि ४ घण्टामात्र चल्ने भएकाले रातिको समयमा डेलिभरी सेवा सञ्चालन गर्न निकै कठिन हुने गरेको उनीहरूको भनाइ छ। उनीहरूले पटक–पटक सम्बन्धित निकायलाई समस्या समाधानका लागि जानकारी गराए पनि हालसम्म विद्युत् आपूर्ति पुनःस्थापना हुन नसकेको बताएका छन्। सीमित स्रोतसाधनका बाबजुद सेवाग्राहीलाई निरन्तर सेवा दिइरहे…

विस्तृतमा...

धनगढी – सेती प्रादेशिक अस्पतालमा आईसीयू (सघन उपचार कक्ष) शय्या नपाएको कारण उपचारमा ढिलाइ हुँदा कैलालीको धनगढी उपमहानगरपालिका–१९ फूलबारीका ७२ वर्षीय विष्णुप्रसाद थारुको मृत्यु भएको भन्दै परिवारले अस्पताल व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ। अस्पतालले भने बिरामी अस्पताल आइपुग्दासम्म अवस्था अत्यन्त जटिल रहेको र सबै आईसीयू शय्या भरिएकाले आकस्मिक कक्षमै उपचार गरिएको जनाएको छ। दमको समस्या बढेपछि परिवारले थारुलाई सुरुमा धनगढीकै एक निजी अस्पतालमा पुर्‍याएको थियो। तर चिकित्सकले तत्काल आईसीयूमा राख्नुपर्ने र प्रारम्भिक उपचारमै करिब एक लाख रुपैयाँ खर्च लाग्ने बताएपछि आर्थिक अभावका कारण परिवारले उनलाई सेती प्रादेशिक अस्पतालमा ल्याएको जनाएको छ। मृतककी छोरी मनपतिदेवी चौधरीका अनुसार सरकारी अस्पताल पुगेपछि चिकित्सकले…

विस्तृतमा...

काठमाडौं – अत्यावश्यक औषधिको पटक–पटक देखिने अभाव अन्त्य गर्न सरकारले औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाएको छ। उत्पादन र आयात लागत बढ्दै गए पनि लामो समयदेखि मूल्य पुनरावलोकन नहुँदा केही जीवनरक्षक औषधिको आपूर्ति प्रभावित भएको निष्कर्षसहित औषधि व्यवस्था विभागले मूल्य संशोधनको तयारी थालेको हो। शुक्रबार विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीको अध्यक्षतामा बसेको मूल्य अनुगमन समितिको बैठकले औषधिको मूल्य पुनरावलोकनसम्बन्धी प्रस्ताव अघि बढाउने निर्णय गरेको छ। समितिका अनुसार हाल निर्धारण गरिएको मूल्य उत्पादन तथा आयात लागतसँग मेल नखाँदा केही औषधि बजारमा अभाव हुने अवस्था सिर्जना भएको छ। निमित्त महानिर्देशक खड्गीले अत्यन्त कम मूल्यका कारण केही औषधि उत्पादन वा आयात गर्न उद्योगी…

विस्तृतमा...