काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले सेवाग्राहीका गुनासा, उजुरी तथा सुझावलाई प्रभावकारी रूपमा सम्बोधन गर्न ११ जना गुनासो सुन्ने अधिकारीसहित ‘गुनासो तथा उजुरी व्यवस्थापन तथा फर्छ्यौट समिति’ गठन गरेको छ। ‘प्रत्येक आवाजको सम्मान, हरेक गुनासोको समाधान’ भन्ने नारासहित गठन गरिएको समितिको प्रमुख गुनासो सुन्ने अधिकारीमा डा. प्रकाश बुढाथोकीलाई जिम्मेवारी दिइएको छ। अस्पतालले सेवा प्रवाहलाई थप पारदर्शी, प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्यले समिति गठन गरेको जनाएको छ। समितिअन्तर्गत डा. अनिप जोशी, डा. नरेन्द्र खनाल, डा. राजेन्द्र झा, डा. मनिष बज्राचार्य, डा. सुवज भट्टराई, सिद्धार्थ रञ्जित, सुनिता न्यौपाने, तारा बहादुर कुँवर, पूर्णिमा सिवाल र विद्याभूषण बजगाईंलाई गुनासो सुन्ने…
स्वास्थ्य डायरी
काठमाडौं – हस्पिटल फर एडभान्स्ड मेडिसिन एन्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ को वार्षिक साधारणसभाबाट आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको हो। कम्पनीको सञ्चालक समितिको साउन ५ गते बसेको बैठकले वार्षिक साधारणसभा साउन २५ गते शुक्रबार दिउँसो २ बजे काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबारमा आयोजना गर्ने निर्णय गरेको छ। साधारणसभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने प्रस्तावसँगै सार्वजनिक निष्कासनबाट संकलन हुने पुँजीको उपयोगसम्बन्धी प्रस्ताव पनि छलफल तथा अनुमोदनका लागि पेश गरिनेछ। यसका साथै, आईपीओ निष्कासन प्रक्रियाका क्रममा नियामक निकायबाट आवश्यक निर्देशन वा संशोधन प्राप्त भएमा कम्पनीको प्रबन्धपत्र…
काठमाडौं – स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्ष तथा २०८२ साल पुस महिनासम्म स्वीकृत भएका स्वास्थ्य बीमा दाबीबापत सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ भुक्तानी गरेको जनाएको छ। बोर्डका अनुसार पछिल्लो चरणमा २०८२ पुस महिनासम्म स्वीकृत भएका दाबीबापत २ अर्ब ४ करोड ८३ लाख ७ हजार ७६९ सम्बन्धित सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा जम्मा गरिएको छ। यससँगै आर्थिक वर्ष २०८२/८३ अन्तर्गत पुस महिनासम्म स्वीकृत भएका सबै स्वास्थ्य बीमा दाबीहरूको भुक्तानी सम्पन्न भएको बोर्डले जनाएको छ। बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई दाबी भुक्तानी नियमित, पारदर्शी र चरणबद्ध रूपमा…
काठमाडौं – नेपाल प्राइभेट मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्रमान सिंह कार्कीले डा. गोविन्द केसीको २४औँ सत्याग्रहप्रति कडा प्रतिक्रिया दिएका छन्। उनले लोकतन्त्रमा विरोध गर्ने अधिकार सबैलाई भए पनि व्यक्तिगत रूपमा मन नपरेको भन्दै कसैलाई हटाउन माग गर्नु उचित नहुने बताएका छन्। “लोकतन्त्रमा विरोध गर्ने अधिकार सबैलाई हुन्छ। तर मलाई तपाईं मन परेन, तपाईंलाई हटाइदिन्छु भन्न मिल्छ कि मिल्दैन ?” उनले प्रश्न गरे। मेडिकल कलेजमा विद्यार्थी सिट निर्धारण वर्षौंको अध्ययन र अनुसन्धानपछि सम्बन्धित निकायले गर्ने भएकाले त्यसको विरोध गर्नु उचित नभएको उनको भनाइ छ। “राज्यको ठूलो निकायले वर्षौंसम्म ठूलो अनुसन्धान गरेर सिट निर्धारण गरेको हुन्छ। सिट निर्धारण…
काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नक्कली आयुर्वेदिक औषधि बिक्री–वितरण गर्दै आएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्युठानको झिमरुक गाउँपालिका–७ का २६ वर्षीय रामप्रसाद पोखरेल, ताप्लेजुङको श्रीगंगा गाउँपालिका–७ का २९ वर्षीय आइतमान ताम्लिङ लिम्बू र ३३ वर्षीय उज्वल लिम्बू, ललितपुर महानगरपालिका–७ का ४२ वर्षीय सन्दीप महर्जन तथा नुवाकोटको विदुर नगरपालिका–२ का ४१ वर्षीय गोकर्ण अर्याल रहेका छन्। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली आयुर्वेदिक औषधि बिक्री भइरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरेको हो। कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू उपत्यकाका विभिन्न स्थानमा नक्कली औषधि बजारमा आपूर्ति र बिक्री गर्दै आएको खुलेको…
धनगढी- वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै कैलालीको धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालाबाट २४औँ आमरण अनशन (सत्याग्रह) सुरु गरेका छन्। बुधबार साँझ धनगढी पुगेका डा. केसीले बिहीबार दिउँसो पत्रकार सम्मेलन गर्दै अपराह्न ३ बजेदेखि अनशन सुरु गरेको घोषणा गरेका हुन्। उनले सरकारलाई आफ्ना पाँच बुँदे माग पूरा गर्न साउन ५ गतेसम्मको समयसीमा दिए पनि कुनै ठोस पहल नभएकाले बाध्य भएर फेरि सत्याग्रहमा बस्नुपरेको बताए। यसपटक डा. केसीले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐनमा रहेका विवादित प्रावधान संशोधनलाई प्रमुख माग बनाएका छन्। उनले स्वार्थको द्वन्द्व हुने गरी विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगमा गरिएका नियुक्ति तत्काल बदर गर्न…
काठमाडौं – शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सञ्चालित ‘चिल्ड्रेन असिस्टेन्ट प्रोग्राम’ अन्तर्गत बाल हृदय शल्यक्रियाका लागि उपलब्ध गराइने आर्थिक सहायता रकम बढाएको छ। केन्द्रका निमित्त कार्यकारी निर्देशक डा. रविन्द्रभक्त तिमलाद्वारा जारी सूचनाअनुसार हालसम्म सबै प्रकारका शल्यक्रियाका लागि प्रदान हुँदै आएको प्रतिव्यक्ति अधिकतम २ लाख ५० हजार रुपैयाँ सहायता रकम जटिल शल्यक्रियाका लागि अपुग भएपछि शल्यक्रियाको प्रकृति र जटिलताअनुसार नयाँ सहायता सीमा निर्धारण गरिएको हो। नयाँ व्यवस्थाअनुसार एएसडी, भीएसडी, पीडीए, क्लोज्ड हार्ट सर्जरी तथा सोसरहका शल्यक्रियाका लागि अधिकतम २ लाख ५० हजार रुपैयाँ सहायता उपलब्ध हुनेछ। त्यस्तै टीओएफ, एभीएसडी, बिडिसिपिएस, सीओए लगायतका शल्यक्रियाका लागि अधिकतम ४ लाख ५०…
काठमाडौं – भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मी कर्मचारी सेवा तथा सर्तसम्बन्धी विनियमावली तत्काल पारित गर्न माग गर्दै आन्दोलनमा उत्रिएका छन्। लामो समयदेखि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा विनियमावली अड्किँदा सेवा–सुविधा र वृत्ति विकास प्रभावित भएको भन्दै उनीहरूले विरोध सुरु गरेका हुन्। आन्दोलनको पहिलो चरणअन्तर्गत कर्मचारीहरूले पाखुरामा कालोपट्टी बाँधेर सांकेतिक विरोध गर्दै सेवा दिएका थिए। माग सम्बोधन नभए अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेको कार्यकक्षमा तालाबन्दी गर्ने चेतावनीसमेत दिएका छन्। आन्दोलनरत कर्मचारीका अनुसार विनियमावली पारित नहुँदा अस्पतालमा कार्यरत ३७२ कर्मचारीको पदोन्नति, स्थायी प्रक्रिया, सेवा–सुविधा तथा वृत्ति विकास अवरुद्ध भएको छ। करार र दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई स्थायी व्यवस्थाको सुनिश्चितता गर्नुपर्ने…
काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीनवटा ऐन संशोधनका लागि तयार गरिएका विधेयकको मस्यौदामा सर्वसाधारण तथा सरोकारवालासँग राय–सुझाव मागेको छ। मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (विक्री–वितरण) नियन्त्रण ऐन, २०४९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि तयार मस्यौदा सार्वजनिक गरेको हो। मन्त्रालयले इच्छुक नागरिक, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था तथा सम्बन्धित सरोकारवालालाई साउन १२ गतेभित्र मन्त्रालयको कानुन शाखाको इमेल law.section@mohp.gov.np मा तोकिएको ढाँचाअनुसार राय–सुझाव पठाउन आग्रह गरेको छ। आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुसम्बन्धी ऐन संशोधनको मस्यौदामा स्तनपान संरक्षण र प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने व्यवस्था…
गुल्मी- गुल्मी अस्पताल तम्घासमा अत्याधुनिक इकोकार्डियोग्राफी (इको) सेवा सञ्चालनमा आएको छ। च्वाइस ह्युमानिटेरियनको सहयोगमा नयाँ इकोकार्डियोग्राफी मेसिन प्राप्त भएपछि अस्पतालले मुटुरोग पहिचानका लागि यो सेवा सुरु गरेको हो। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा जनरल फिजिसियन विशेषज्ञ डा. विभव बस्यालका अनुसार नयाँ मेसिनमार्फत मुटुको बनोट, कार्यक्षमता र विभिन्न जटिल समस्याको प्रभावकारी परीक्षण गर्न सकिनेछ। यसले मुटुरोगको प्रारम्भिक अवस्थामै पहिचान गर्न, आवश्यक परे जटिल बिरामीलाई उच्चस्तरीय अस्पतालमा रेफर गर्न तथा सम्भव भएका बिरामीको उपचार गुल्मी अस्पतालमै गर्न सहज हुने उनले बताए। उनका अनुसार यसअघि प्रयोगमा रहेको पुरानो मेसिनबाट धेरै प्रकारका मुटुसम्बन्धी समस्या पहिचान गर्न कठिनाइ हुने गरेको थियो। नयाँ सेवा हरेक दिन बिहान…

