स्वास्थ्य डायरी

काठमाडौं – वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको घटनापछि सुरु भएको देशव्यापी चिकित्सक आन्दोलन अन्त्य गर्ने प्रयासस्वरूप सरकार र नेपाल चिकित्सक संघबीचको वार्ता निर्णायक चरणमा पुगेको छ। आन्दोलनका कारण देशभर आकस्मिक सेवाबाहेक अधिकांश स्वास्थ्य सेवा प्रभावित भइरहेका बेला स्वास्थ्य मन्त्रालयमा बुधबार स्वास्थ्य, गृह र कानुन मन्त्रालयका प्रतिनिधिसहित चिकित्सक संघका पदाधिकारीबीच उच्चस्तरीय छलफल जारी छ। नेपाल चिकित्सक संघका महासचिव डा. विश्व दवाडीका अनुसार संघले अघि सारेका अधिकांश मागमा सहमति जुट्ने अवस्था बनेको छ। बाँकी विषयमा तीनवटै मन्त्रालयका प्रतिनिधिहरूबीच छलफल भइरहेको उनले बताए। उनका अनुसार चिकित्सकमाथि आक्रमण गरेको मुख्य आरोपित पक्राउ परिसकेको छ भने घटनाका क्रममा दुर्व्यवहार गरेको आरोप लागेका प्रहरी एसपीको…

विस्तृतमा...

काठमाडौं – औषधि व्यवस्था विभागले गुणस्तर परीक्षणमा असफल भएको उच्च रक्तचाप नियन्त्रणमा प्रयोग हुने एमफास्ट–एल नामक औषधिको एक खेप तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। विभागले सोमबार जारी गरेको सूचनाअनुसार नियमित बजार अनुगमनका क्रममा संकलन गरिएको उक्त औषधिको नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको गुणस्तर मापदण्ड पूरा नगरेको पाइएको हो। विभागका अनुसार खेप नम्बर ०२५०७९ रहेको यो औषधि जुन २०२५ मा उत्पादन गरिएको र मे २०२७ सम्म प्रयोग गर्न मिल्ने उल्लेख छ। परीक्षणका क्रममा औषधिले आईपी–२०२६ अन्तर्गतको घुलनशीलता सम्बन्धी मापदण्ड पूरा गर्न नसकेको विभागले जनाएको छ। यसै आधारमा औषधि ऐन, २०३५ को दफा १४ बमोजिम उक्त खेपको बिक्री–वितरण…

विस्तृतमा...

काठमाडौं – नारायणी अस्पतालमा चिकित्सकमाथि भएको दुर्व्यवहारको घटनापछि उठेको विवादबीच जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीप पाठकको सरुवा गरिएको छ। उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा पठाइएको छ। उनको स्थानमा जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी पवनकुमार भट्टराईलाई पर्साको प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ। चिकित्सकमाथि भएको आक्रमणको विरोधमा आन्दोलनरत चिकित्सकहरूले पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवाको माग गर्दै आएका थिए। वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको घटनाबारे छलफल गर्न बसेको चिकित्सकहरूको वार्ता टोलीले पनि एसपी पाठकको सरुवा हुनुपर्ने माग सरकारसमक्ष राखेको थियो। नवनियुक्त एसपी भट्टराई यसअघि जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख थिए। जेनजी आन्दोलनपछि काठमाडौंको सुरक्षा व्यवस्थापनलाई सुदृढ बनाउन…

विस्तृतमा...

काठमाडौं – नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोधमा नेपाल चिकित्सक संघ (एनएमए) ले आन्दोलनलाई थप सशक्त बनाएको छ। आन्दोलनअन्तर्गत बुधबार काठमाडौंको माइतीघर मण्डलामा चिकित्सकहरूले प्रदर्शन गर्दै दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। नारायणी अस्पतालमा बिरामीको मृत्युपछि उपचारमा संलग्न चिकित्सकमाथि आक्रमण भएको घटनाको विरोधमा देशभरका चिकित्सकहरूले लगातार दोस्रो दिन पनि ओपीडी सेवा बन्द राखेका छन्। आकस्मिक र अत्यावश्यक सेवा भने नियमित रूपमा सञ्चालन भइरहेको चिकित्सकहरूले बताएका छन्। प्रदर्शनलाई सम्बोधन गर्दै नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजालले इमर्जेन्सीमा उपचार गरिरहेका चिकित्सकमाथि भएको आक्रमणले सम्पूर्ण स्वास्थ्यकर्मी समुदाय असुरक्षित बनेको बताए। उनका…

विस्तृतमा...

काठमाडौं – भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर उपचारका लागि अत्यावश्यक मानिने रेडियोथेरापी उपकरण १० दिनदेखि बिग्रिएपछि उपचारका लागि आएका बिरामीले सास्ती भोग्नुपरेको छ। उपकरण सञ्चालनमा नआउँदा धेरै बिरामीको उपचार तालिका प्रभावित भएको छ। बिरामीका आफन्त गणेशराज उपाध्यायका अनुसार रेडियोथेरापी गर्ने पालो आएकै बेला मेसिन बिग्रिएपछि उपचार रोकिएको छ। उनले ब्रेन ट्युमरको शल्यक्रियापछि क्यान्सर पुष्टि भएका आफ्ना भाइको रेडियोथेरापी नै उपचारको मुख्य विकल्प रहेको बताए। मेसिन बन्द भएपछि बाध्य भएर बाहिर उपचारका लागि ५० हजार रुपैयाँ खर्च गरिसकेको उनको भनाइ छ। उपाध्यायले उपकरण मर्मतका लागि आवश्यक सामग्री बिहीबारसम्म आइपुग्ने भनिए पनि अझै अस्पतालमा नपुगेको बताए। प्रभावित बिरामीहरूले मेसिन तत्काल मर्मत गरी नियमित…

विस्तृतमा...

कास्की – जुस सेवनपछि सर्वसाधारण बिरामी परेपछि पोखरा महानगरपालिका–६ बैदामस्थित फ्रेस जुस पसललाई जिल्ला प्रशासन कार्यालय, कास्कीले रु ५० हजार जरिवाना गरेको छ । उक्त पसलमा जुस सेवनपछि चार जना बिरामी परेको गुनासोपछि प्रशासनले आज अनुगमन गरेको थियो । अनुगमनका क्रममा जुस पसलमा सरसफाइ नगरिएको, प्रयोग गर्न नमिल्ने स्याउ, केरालगायत फलफूल फेला परेको र व्यवसाय सञ्चालनसम्बन्धी कुनै पनि कागजात नभएको पाइएपछि जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । अनुगमनमा क्रममा भेटिएको प्रयोग गर्न नमिल्ने झण्डै १२ किलो फलफूल नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालयले व्यवसाय दर्ता तथा नवीकरण गर्न, जुस बनाउन प्रयोग हुने सामग्री नियमित…

विस्तृतमा...

काठमाडौं – सशस्त्र प्रहरी बलले काठमाडौंबाट ठूलो परिमाणमा लागूऔषध बरामद गर्दै तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट एक लाख २० हजार क्याप्सुल लागूऔषध, नगद, सवारीसाधन र मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार साउन १२ गते काठमाडौं महानगरपालिका–१४ गाङखेल क्षेत्रमा गरिएको विशेष कारबाहीका क्रममा भारतका २६ वर्षीय राकेश कुमार शाह, बाराको कलैया–५ निवासी २१ वर्षीय नौसाद अन्सारी र ओखलढुंगाको मानेभञ्ज्याङ–५ घर भई हाल ललितपुर महालक्ष्मी–६ बस्ने २४ वर्षीय दीपक राई पक्राउ परेका हुन्। भारतबाट अवैध रूपमा लागूऔषध नेपाल भित्र्याई बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल इन्क्टेलिजेन्स…

विस्तृतमा...

काठमाडौं – वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा गरिएको तोडफोड घटनाका दोषीमाथि कानुनी कारबाही नभएको भन्दै नेपाल चिकित्सक संघले देशव्यापी आन्दोलनलाई थप कडा बनाएको छ। संघले आज देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ। संघका अध्यक्ष डा. बद्रि रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा जारी विज्ञप्तिमा घटना भएको चार दिन बितिसक्दा पनि दोषीमाथि मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि नबढाइएकोप्रति गम्भीर आपत्ति जनाइएको छ। विज्ञप्तिमा पीडित चिकित्सक तथा स्वास्थ्यकर्मीले न्याय नपाएको, वार्ताका क्रममा सहभागी चिकित्सकमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबाट दुर्व्यवहार भएको आरोपसमेत लगाइएको…

विस्तृतमा...

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट तथा तोडफोडको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ। साथै, आन्दोलनरत चिकित्सकलाई अत्यावश्यक स्वास्थ्य सेवा तत्काल अघि बढाउन पनि आग्रह गरेको छ। आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै नारायणी अस्पतालका चिकित्सक डा. प्रमोद राममाथि भएको कुटपिट तथा अस्पतालमा भएको तोडफोडको विरोधमा देशभर चिकित्सक तथा स्वास्थ्यकर्मीले नियमित स्वास्थ्य सेवा बन्द गर्दा नागरिकको स्वास्थ्य अधिकारमा गम्भीर असर परेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ। आयोगले घटनाको स्थलगत अनुगमनसमेत गरेको जानकारी दिएको छ। आयोगले स्वास्थ्य सेवामा अहोरात्र खटिने चिकित्सकमाथि कुटपिट हुनु र अस्पतालमा तोडफोड हुनु निन्दनीय कार्य भएको उल्लेख…

विस्तृतमा...

वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र दुर्व्यवहारको घटनापछि अस्पतालका ६८ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। सुरक्षाको सुनिश्चितता नभएको भन्दै उनीहरूले आकस्मिक सेवासमेत बन्द गरेर आन्दोलनलाई थप कडा बनाएका छन्। गत शनिबार एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै ड्युटीमा रहेका चिकित्सकमाथि हातपात गरेका थिए। उक्त घटनापछि चिकित्सकहरूले अस्पतालमा आफूहरू असुरक्षित भएको जनाउँदै दोषीमाथि तत्काल कानुनी कारबाही र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्। चिकित्सकहरूका अनुसार घटनापछि सुरक्षा व्यवस्थाबारे छलफल गर्न जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले समेत अपमानजनक व्यवहार भोग्नुपरेको थियो। वार्ताका क्रममा तनाव उत्पन्न भएपछि प्रहरीले चिकित्सकलाई नियन्त्रणमा लिएको, मोबाइलसमेत…

विस्तृतमा...