स्वास्थ्य डायरी

धनगढी – अनसनरत डाक्टर गोविन्द केसी र सरकारी प्रतिनिधि सम्मिलित टोलीबीच सहमतिको अन्तिम मस्यौदा तयार भएको छ । सबैभन्दा पेचिलो बनेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीको नियुक्तिको विषयमा मध्यमार्गी निकाससहित दुवै टोलीबीच सहमति जुटेको हो । आठ बुँदे सहमतिको मस्यौदा गरेर दुवै पक्ष वार्ता स्थलबाट निस्किएका छन् । स्रोतकाअनुसार उक्त मस्यौदा प्रधानमन्त्री कार्यालयलाई पठाइएको छ । प्रधानमन्त्री कार्यालयले अन्तिम रुप दिएपछि दुवै पक्षले हस्ताक्षर गर्नेछन् । सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको हकमा स्वार्थको आरोप लागेका रजिष्ट्राचार डा. भीमबहादुर चन्दलाई प्रक्रिया पुगाएर पदबाट हटाउने, उपकुलपति डा. सुनिलकुमार जोशीलाई तत्काल यथावत राख्नेगरि सहमति बनेको छ । स्रोतकाअनुसार गेटामा चालु वर्षमै तीन…

विस्तृतमा...

धनगढी – धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले चालू शैक्षिक सत्रदेखि कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस अध्ययन–अध्यापन सुरू नभए आफू पनि अनशनमा बस्ने घोषणा गरेका छन् । सोमबार डोटीको बुडरबाट फेसबुकमार्फत मेयर हमालले सुदूरपश्चिमका नागरिकले वर्षौँदेखि गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको पहुँचबाट वञ्चित हुनुपरेको उल्लेख गर्दै सरकारले अब थप ढिलाइ गर्न नहुने बताए । उनले गेटामा यही शैक्षिक सत्रदेखि एमबीबीएस अध्ययन सुरु गर्नुपर्ने र ३०० शय्याको अस्पताल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका छन् । सरकारले यी दुवै काम पूरा गर्न नसके आफू पनि अनशनमा बस्न तयार रहेको र आवश्यक परे आन्दोलनको नेतृत्वसमेत गर्ने उद्घोष गरे । गेटास्थित शहीद…

विस्तृतमा...

काठमाडौं- राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार निजी मेडिकल कलेजलाई गैरनाफामूलक संस्थामा रूपान्तरण गर्ने व्यवस्थाको कार्यान्वयनबारे प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सोमबार छलफल गर्ने भएको छ। दिउँसो २ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा ऐन कार्यान्वयनको वर्तमान अवस्था, सरकारको तयारी र आगामी कार्ययोजनाबारे समीक्षा गरिने कार्यसूची रहेको छ। छलफलका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री, शिक्षा तथा खेलकुद मन्त्री, दुवै मन्त्रालयका सचिव तथा सम्बन्धित अधिकारी र चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई समितिले बोलाएको छ। समितिमा सांसद डा. तोसिमा कार्कीले राष्ट्रिय चिकित्सा शिक्षा ऐन कार्यान्वयनबारे ध्यानाकर्षण गराउँदै निवेदन दर्ता गरेपछि यो विषय छलफलका लागि अघि बढाइएको हो। उनले ऐनअनुसार २०८५…

विस्तृतमा...

पर्सा- पर्साको ठोरीमा सञ्चालित भरतपुर आँखा अस्पताल यतिबेला सीमावर्ती भारतीय नागरिकका लागि प्रमुख उपचार केन्द्र बनेको छ। नेपाल नेत्रज्योति सङ्घ चितवनले सञ्चालन गर्दै आएको यस अस्पतालमा सेवा लिने बिरामीमध्ये ९७ प्रतिशत भारतीय नागरिक रहेका छन्। अस्पताल प्रमुख दिपेश सुवेदीका अनुसार गत आर्थिक वर्षमा कुल १४ हजार ५८१ जनाले उपचार सेवा लिएका थिए। तीमध्ये १४ हजार १८१ जना भारतीय बिरामी रहेका छन्। भारततर्फ नजिकै गुणस्तरीय आँखा उपचार सेवा नहुँदा सीमापारिका नागरिक नेपाल आएर उपचार गराउने गरेका हुन्। अस्पतालमा गर्मीयाममा दैनिक ४० देखि ४५ जना र जाडोयाममा करिब ८० जना बिरामी उपचारका लागि आउने गर्छन्। जाडोमा नियमित रूपमा र गर्मीमा प्रत्येक बिहीबार…

विस्तृतमा...

चितवन – नवीकरण हुन नसक्दा देशभरका दुई हजार एम्बुलेन्स थन्किएका छन् । स्वास्थ्य ऐन २०७५ ले स्वास्थ्य संस्था बाहेकलाई एम्बुलेन्स सञ्चालन गर्न रोक लगाएपछि नवीकरण हुन नसकेर ती एम्बुलेन्स थन्किएका हुन् । संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ) का अध्यक्ष नवराज लामिछानेका अनुसार स्वास्थ्य संस्था बाहेकले सञ्चालन गरेका एम्बुलेन्स नविकरण भएका छैनन् । यो सङ्ख्या अरु थप एक हजार ५०० रहेको उनले जानकारी दिए । देशभरमा छ हजार हाराहारी एम्बुलेन्स रहेको तथ्याङ्क छ । ती मध्ये स्वास्थ्य सङ्घ संस्थाले सञ्चालन गरेका एम्बुलेन्स नवीकरण भएका छन् भने गैर सरकारी संस्था र नीजि क्षेत्रले सञ्चलान गरेका एम्बुलेन्स सञ्चालन हुन नसकेका…

विस्तृतमा...

कैलाली – सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा झाडी, बुट्यान र अनावश्यक वनस्पति अत्यधिक फैलिएपछि उपकुलपति डा. सुनिलकुमार जोशीले साउन ४ गते सामाजिक सञ्जालमार्फत सरसफाइका लागि आह्वान गरेका थिए। आह्वानको भोलिपल्टैदेखि झाडु बोकेर सयौँ नागरिक स्वतःस्फूर्त रूपमा विश्वविद्यालय परिसर सफाइमा जुट्न थालेका छन्। हालसम्म १० देखि १२ हजारभन्दा बढी विद्यार्थी, शिक्षक, व्यवसायी, कर्मचारी र सामाजिक अभियन्ताले सरसफाइमा योगदान गरिसकेका छन्। नागरिक तहमा देखिएको यस अभूतपूर्व उत्साहका बिच अर्को संशय पनि उत्पन्न भएको छ। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी गत बिहीबारदेखि अनसनमा बसेपछि यसै वर्षदेखि पठनपाठन सुरु हुनेमा स्थानीयबासीमा अनिश्चितता छाएको छ। डा. केसीका प्रमुख मागहरूमध्ये गेटा विश्वविद्यालयका…

विस्तृतमा...

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नारायणी अस्पताल, वीरगञ्जमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि अस्पतालमा भएको तोडफोड र स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै घटनामा संलग्नलाई कानुनबमोजिम कारबाही गरिने बताएकी छन्। सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री मेहताले बिरामीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेकी छन्। उनले घटनापछि आकस्मिक कक्षमा भएको तोडफोड तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथिको आक्रमणलाई अस्वीकार्य भएको उल्लेख गरेकी छन्। मन्त्री मेहताका अनुसार घटना भएलगत्तै गृहमन्त्री सुधन गुरुङ, नेपाल प्रहरीका महानिरीक्षक, पर्साका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा नेपाल मेडिकल एसोसिएसनका पदाधिकारीसँग समन्वय गरेर आवश्यक पहल अघि बढाइएको…

विस्तृतमा...

धनगढी – शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायतका विषयमा आमरण अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारबीचको वार्ता निर्णायक चरणमा पुगेको छ। आइतबार करिब १२ घण्टासम्म चलेको छलफलमा सहमतिको मस्यौदा तयार भए पनि केही प्राविधिक विषय टुंगोमा पुग्न नसक्दा अन्तिम सहमति हुन सकेन। सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेको कार्यकक्षमा सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधिबीच लामो छलफल भएको थियो। सोमबार बिहान १० बजे पुनः निर्णायक वार्तामा बस्ने सहमतिसहित दुवै पक्ष राति ११ बजे मात्रै छलफलबाट उठेका थिए। डा. केसीका सहयोगी डा. अमृत जैशीका अनुसार शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी व्यवस्थापन र निजी मेडिकल कलेजमा…

विस्तृतमा...

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कैलालीको गेटा अस्पताललाई कम्तीमा ३०० शय्या क्षमतामा तत्काल सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्न गेटा अस्पतालको क्षमता विस्तार पहिलो र अनिवार्य सर्त भएको बताएका हुन्। पौडेलका अनुसार प्रदेश सरकारले पूर्वस्वीकृति दिइसकेको सेती प्रादेशिक अस्पताललाई गेटा अस्पतालमा गाभेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै जनशक्ति परिचालन गर्ने व्यवस्था मिलाउन सके न्यून लागतमै अस्पताल सञ्चालन गर्न सकिनेछ। उनले आफू स्वास्थ्य तथा जनसंख्यामन्त्री रहँदा गेटा अस्पताल सञ्चालन तथा एमबिबिएस अध्ययन सुरु गर्ने उद्देश्यका लागि आर्थिक वर्ष २०८२/८३ को…

विस्तृतमा...

काठमाडौं – ह्याम्स अस्पतालले भारतको प्रतिष्ठित म्याक्स सुपर स्पेशालिटी अस्पताल, साकेतसँग रणनीतिक सहकार्यको औपचारिक घोषणा गरेको छ। सहकार्यको घोषणा काठमाडौंस्थित र्याडिसन होटलमा आयोजित “कार्डियाक तथा थोरेसिक शल्यचिकित्सामा हालका प्रगतिहरू” विषयक निरन्तर चिकित्सा शिक्षा कार्यक्रममा गरिएको हो। अस्पतालका अनुसार यस सहकार्यको मुख्य उद्देश्य नेपाली बिरामीलाई अन्तर्राष्ट्रियस्तरको विशेषज्ञ स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउनु, जटिल तथा विशिष्टीकृत उपचार आवश्यक पर्ने बिरामीका लागि व्यवस्थित र समन्वित रेफरल प्रणाली विकास गर्नु तथा उपचारअघि र उपचारपछिको निरन्तर र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु हो। कार्यक्रममा नेपाल र भारतका ख्यातिप्राप्त कार्डियोथोरेसिक तथा थोरेसिक शल्यचिकित्सा विशेषज्ञहरूले अत्याधुनिक शल्यचिकित्सा प्रविधि, न्यून शल्यक्रिया, जटिल बिरामी व्यवस्थापन तथा बहुविषयगत उपचार…

विस्तृतमा...