स्वास्थ्य डायरी

काठमाडौं- सरकारले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन संरचनामा व्यापक परिवर्तन गर्ने तयारी गरेको छ। प्रस्तावित नयाँ संगठन तथा व्यवस्थापन (ओएन्डएम) संरचनाअनुसार अब मन्त्रालयको नेतृत्व एकजना सचिवले मात्रै गर्नेछन् भने हाल कायम रहेका १२औँ तहका अतिरिक्त स्वास्थ्य सचिवका सबै पद खारेज गर्ने प्रस्ताव अघि सारिएको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृत भई प्राप्त ओएन्डएम सर्वेक्षण प्रतिवेदनले मन्त्रालयलाई थप चुस्त, प्रविधिमैत्री र सेवा प्रवाहमुखी बनाउने उद्देश्यसहित नयाँ प्रशासनिक ढाँचा प्रस्ताव गरेको हो। प्रस्तावित संरचनाअनुसार मन्त्रालयमा नीति, योजना तथा अनुसन्धान, स्वास्थ्य, खाद्य स्वच्छता तथा औषधि गुणस्तर नियमन, जनस्वास्थ्य समन्वय तथा सूचना प्रविधि र प्रशासन गरी चार…

विस्तृतमा...

काठमाडौं- सुकुम्बासी बस्तीमा बसोबास गर्ने बालबालिकाको स्वास्थ्य, शिक्षा र अन्य मौलिक अधिकार प्रभावकारी रूपमा सुनिश्चित गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष तिलोत्तम पौडेल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का तर्फबाट वरुण बस्यालले नेपालको संविधानको धारा १३३ को उपधारा (२) र (३) बमोजिम उत्प्रेषणयुक्त परमादेशसहित आवश्यक आदेश जारी गर्न माग गर्दै बिहीबार रिट दायर गरेका हुन्। रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालयसहित १५ भन्दा बढी सरकारी निकायलाई विपक्षी बनाइएको छ। निवेदनमा सुकुम्बासी बस्तीका बालबालिका संविधानले प्रत्याभूत गरेका स्वास्थ्य, शिक्षा र बालअधिकारबाट व्यवहारतः वञ्चित रहेको उल्लेख…

विस्तृतमा...

काठमाडौं- नर्सिङ अभियन्ता ज्योति रानाभाटले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले माग सम्बोधनको सुनिश्चिततासहित स्पष्ट कार्ययोजना ल्याए आफू वार्तामा बस्न तयार रहेको बताएकी छन्। सहमतिका नाममा कागजी सम्झौता गर्न आफू तयार नरहेको उनको भनाइ छ। नेपाल नर्सिङ परिषद्को परिसरमा सत्याग्रहको दोस्रो दिन रानाभाटले विगतमा भएका सहमतिहरू कार्यान्वयन नभएकाले यसपटक कार्यान्वयनको सुनिश्चितता चाहिएको बताइन्। उनका अनुसार मन्त्रालयले माग सम्बोधनका लागि ठोस ‘एक्सन प्लान’ प्रस्तुत गरे वार्ता गर्न कुनै आपत्ति नरहेको छ। रानाभाटले मन्त्रालयले आफूलाई अनशन भाँड्ने उद्देश्यले ढिलो गरी वार्ताका लागि बोलाएको आरोपसमेत लगाइन्। उनका अनुसार बिहीबार दिउँसो करिब साढे १ बजे मात्रै २ बजे मन्त्रालयमा उपस्थित हुन खबर गरिएको थियो। तर,…

विस्तृतमा...

बाजुरा – दुर्गम भौगोलिक अवस्थाका कारण समयमै स्वास्थ्य संस्था पुग्न नसक्दा बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–२ उदिउनाकी २४ वर्षीया सौरी बुढाले ओडारमै छोरालाई जन्म दिएकी छन्। कठिन परिस्थितिमा पुगेकी अनमी नमुना खत्रीको सक्रियताले आमा र नवजात शिशु दुवै सुरक्षित भएका छन्। अनमी नमुना खत्रीका अनुसार आफू घटनास्थल पुग्दासम्म शिशुको जन्म भइसकेको थियो। तर सालनाल ननिस्किएकाले उनले आवश्यक चिकित्सकीय व्यवस्थापन गर्दै सुत्केरी सेवा प्रदान गरेकी थिइन्। उनले सालनाल सुरक्षित रूपमा निकालेर आमा र शिशुको अवस्था स्थिर बनाएको बताइन्। त्यसपछि सुत्केरी आमालाई स्ट्रेचरमार्फत घर पुर्‍याइएको र घरमै आवश्यक उपचार तथा सलाइनसमेत चढाइएको उनले जानकारी दिइन्। उनका अनुसार सुत्केरी भएको स्थान घर नजिकै रहेकाले…

विस्तृतमा...

काठमाडौँ – यतिबेला वर्षायाम चलिरहेको छ । हरियाली छ प्रकृति । खेतबारीमा धान रोपाइँको चहलपहल बाँकी नै छ । नदी, खोलानाला, खहरेमा पानीको बहाव बढेको छ । वर्षाले वायुमण्डलमा रहेका धुलोका कण तथा अन्य प्रदुषण पखालेर वातावरणलाई स्वच्छ बनाएको छ । प्राकृतिक सौन्दर्यताका बीच बाढी, पहिरो, डुबानजस्ता विपद्सँगै फैलिने विभिन्न सरुवा रोग भने वर्षायामका जोखिमयुक्त पक्ष हुन् । यस समयमा बाढी पहिरो र डुबानले खानेपानीलाई प्रदूषित बनाउँछ । वर्षायामसँगै विभिन्न सरुवा रोगको जोखिम पनि बढ्ने गरेको छ । डेङ्गु, झाडापखाला, हैजा, स्क्रब टाइफस, लेप्टोस्पाइरोसिस, फङ्गल सङ्क्रमणलगायतका रोग प्रत्येक वर्ष मनसुनमा बढ्ने भएकाले स्वास्थ्य क्षेत्रको प्रमुख चिन्ताको विषय बनेको छ ।…

विस्तृतमा...

काठमाडौं- आज देशभर साउन १५ का अवसरमा परम्पराअनुसार खीर खाएर पर्व मनाइँदै छ। असार १५ मा दही–च्यूरा खाने र साउन १५ मा खीर खाने नेपाली परम्परा पुस्तौंदेखि चलिआएको मानिन्छ। वर्षायाममा तातो खीर स्वास्थ्यका लागि लाभदायी हुने विश्वासका कारण यो चलन स्थापित भएको हो। दूध, चामल, चिनी तथा विभिन्न मसला मिसाएर बनाइने खीरलाई संस्कृतमा ‘पायस’ भनिन्छ। धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार पायस सात्विक भोजनमध्ये उत्कृष्ट मानिने भएकाले वैदिक परम्परामा देवकार्य र पितृकार्यमा समेत यसको विशेष महत्व रहेको छ। नेपालमा चामलको खीर सबैभन्दा बढी प्रचलित भए पनि साबुदाना, सेवइ, मकै, गाजरलगायतबाट पनि खीर बनाउने चलन छ। साउन महिनामा हरियो मकै प्रशस्त पाइने…

विस्तृतमा...

काठमाडौं- सरकारले हालसम्म असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता गर्ने भएको छ । त्यससम्बन्धी सूचना बिहीबार नेपाल राजपत्रमा प्रकाशित गरिएको छ । चालु आर्थिक वर्षको आर्थिक ऐनको दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने व्यवस्था गरिएको हो । प्रधानमन्त्री वालेन्द्र शाहले यही साउन ५ गते शिक्षा र स्वास्थ्य समता शुल्क खारेज गर्ने घोषणा गरेका थिए । त्यसलगत्तै साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त शुल्क खारेज गर्ने निर्णय गरेको थियो । अर्थ मन्त्रालयका सचिव डा घनश्याम उपाध्यायद्वारा जारी सूचनाअनुसार हालसम्म शिक्षा वा…

विस्तृतमा...

चितवन – प्रथम राष्ट्रपति डा रामवरण यादव पेट स्क्यानका लागि भारत गएर फर्किएपछि नेपालमा सरकारी अस्पतालमा पेट स्क्यान गर्ने उपकरण सञ्चालन गर्नेबारे नेपाल सरकारले चासो दिएको थियो । तत्कालीन समयदेखि निरन्तर रूपमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पेट स्क्यान जडानका लागि सरकारले बजेट विनियोजन गर्दै आए पनि हालै मात्र सबै प्रक्रिया पूरा गरेर मेसिन खरिदमा जान मिल्ने गरी काम अघि बढाएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम सम्पन्न गर्न अस्पताललाई करिब तीन वर्ष लागेको अस्पताल प्रशासनले जनाएको छ । यही अवधिमा अस्पतालले निर्माण भएका संरचनाको भरतपुर महानगरपालिकामा अभिलेखीकरण गरेको छ । यसका लागि अस्पतालले रु एक करोड ७८…

विस्तृतमा...

बाँके – बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लामो समयदेखि बिग्रिएर प्रयोगविहीन रहेका ४४ वटा स्वास्थ्य उपकरण मर्मतपछि पुनः सञ्चालनमा आएका छन्। राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक टोलीले एक साताभित्र उपकरण मर्मत गरेपछि अस्पतालको सेवा प्रवाह थप प्रभावकारी बनेको छ। अस्पतालका निर्देशक डा. निरज भट्टराईका अनुसार मर्मत गरिएका अधिकांश उपकरण प्रयोगमा ल्याइसकिएको छ। केही उपकरण थप मर्मत आवश्यक भएकाले सिफारिस गरिएको छ भने केही उपकरण विस्तृत परीक्षणका लागि प्राविधिक टोलीले काठमाडौं लगेको उनले बताए। उनका अनुसार उपकरण सञ्चालनमा आएपछि बिरामीलाई सहज रूपमा परीक्षण र उपचार सेवा दिन सकिएको छ। लामो समयदेखि बिग्रिएका उपकरण मर्मत गर्ने उद्देश्यले साउनको पहिलो सातामा राष्ट्रिय…

विस्तृतमा...

काठमाडौं- सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ। नियुक्तिपछि डा. प्याकुरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्। सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, पारदर्शी र सेवामुखी बनाउने उद्देश्यका साथ डा. प्याकुरेललाई बोर्डको अध्यक्षमा नियुक्त गरेको जनाएको छ।

विस्तृतमा...