चितवन – बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले एक महिनादेखि प्रयोगशालाले दिने सेवा ठप्प भएको छ। प्रयोगशालाका निर्देशक नारायणबहादुर कार्कीले बजेट अभावमा केमिकल खरिद गर्न नसक्दा एक महिनादेखि सेवा दिन नसकिएको जानकारी दिए। गत वर्ष रु एक करोड ३५ लाख केमिकल खरिदका लागि विनियोजन भएको रकममा रु २० लाख अपुग भएकाले प्रयोगशाला बन्द भएको उनले बताए। कार्यालयका सूचना अधिकारी रमेश डोवालले सेवा सञ्चालन नहुने भएपछि प्रायः न्यून सङ्ख्यामा मात्र बिराम आउने गरेको जानकारी दिए। यसअघि प्रयोगशालामा दैनिक १३० जना बिरामी आउने गरेका थिए । “जिल्लामा यो प्रयोगशालालाई विश्वासिलो प्रयोगशालाका रूपमा लिने गरिन्छ”, उनले भने। आर्थिक वर्ष २०८३/८४…
स्वास्थ्य डायरी
काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा नागरिकको विश्वास, स्वास्थ्यकर्मीको सुरक्षा र संस्थागत उत्तरदायित्व सुदृढ गर्न दीर्घकालीन सुधार प्रक्रिया अघि बढाएको जनाएको छ। मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमणप्रति ‘शून्य सहनशीलता’ को नीति दोहोर्याउँदै सुरक्षित र व्यवस्थित स्वास्थ्य सेवा प्रणाली निर्माणलाई प्राथमिकतामा राखेको छ। मन्त्रालयका अनुसार नारायणी अस्पतालमा हालै भएको घटनालाई केवल कानुनी कारबाहीको विषयमा सीमित नराखी भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कानुनी, नीतिगत र संरचनात्मक सुधारका कामलाई तीव्रता दिइएको छ। यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विद्यमान ऐनलाई समयानुकूल परिमार्जन गर्ने प्रक्रिया सुरु गरिएको मन्त्रालयले जनाएको छ। सम्बन्धित सरोकारवालाको सुझावका आधारमा कानुनी तथा नीतिगत…
जनकपुरधाम – मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन गरेसँगै स्थानीयहरुलाई निजी प्रयोगशालाको भन्दा न्यूनतम शुल्कमा स्वास्थ्य परीक्षण गराउन सहज भएको छ । बोलपत्र प्रक्रियामार्फत औषधि तथा केमिकल खरिद भएसँगै प्रयोगशालाले केही महिनादेखि पुनः पूर्ण क्षमतामा स्वास्थ्य परीक्षण सेवा थालेको हो । मधेस प्रदेश सरकारद्वारा सञ्चालित सो प्रयोगशालाबाट अहिले निजी क्षेत्रका प्रयोगशालाभन्दा न्यूनतम शुल्कमा दैनिक पाँच सयभन्दा बढी व्यक्तिले स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । मधेस प्रदेश स्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक डा नागेन्द्र यादवका अनुसार प्रयोगशालाले विभिन्न २५६ प्रकारको परीक्षण सेवा सञ्चालन गर्दै आएको छ । गत २०७८ साल कात्तिक १५ गते स्थापना भएको प्रयोगशालाले मधेस प्रदेशका आठ वटै…
चितवन – बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शय्या र जनशक्तिका अभाव भएपछि क्यान्सरका कोषिका मार्ने महत्त्वपूर्ण औषधि केमो लगाउन बिरामीलाई पाँचदिनसम्म पालो पर्खनुपर्ने अवस्था आएको छ । अस्पतालमा दैनिक करिब ३०० बिरामी केमोका लागि सेवा लिन आउने भए पनि करिब २०० लाई मात्र केमो दिन सकिएको छ । एक सय ५० शय्या केमोका लागि छुट्याइएको छ । केही बिरामीलाई केमो दिएपछि छोटो समयमा घर पठाउन सकिने भएकाले त्यही शय्यामा अर्को बिरामीलाई केमो दिने गरिएको छ । अस्पतालका मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा गुरुशरण साहका अनुसार तोकिएका समयमा नै केमो दिँदा प्रभावकारी हुन्छ । उनले भने, “बिरामीको उच्च चापका कारण समयमा…
चितवन – सोह्र वर्षअघि भरतपुर अस्पताल नजिकै घर भएका धर्म कार्कीले सर्पको डसाइबाट श्रीमती गुमाए। तत्कालीन समयमा उनको मात्र होइन ठूलो सङ्ख्यामा सर्पदंशले मानिसको ज्यान जाने गरेको थियो । सर्पको सङ्ख्या धेरै हुने र समयमा अस्पताल पुग्न नसक्दा अकालमा धेरैको निधन हुने गरेको थियो । पछिल्ला वर्षहरुमा सामाजिक गतिविधिमा सक्रिय कार्की समयमा अस्पताल पुग्न सके सर्पदंशबाट ज्यान जोगिने चेतना भेटेकालाई जगाउने गर्छन् । उनी भन्छन्, “यो बेला सर्पको जोखिम बढी हुने हुँदा सञ्चारमाध्यमले चेतनामूलक समाचार दिनुपर्छ । ” यहाँ भरतपुर अस्पतालमा मात्र सर्पको डसाइको बिरामीको उपचार गर्ने गरिन्छ । अस्पतालमा लामो समय सर्पदंशका बिरामीको उपचार र अनुसन्धानमा खटिएका डा विजय…
काठमाडौं – एमबीबीएस तथा बीडीएस इन्टर्न स्टाइपेन्ड एकरूपता अभियानका संयोजक डिल्ली हरिजनले सरकारले कार्यदलको प्रतिवेदनअनुसार तोकिएको समयभित्र निर्णय नगरे साउन १९ गतेदेखि आमरण अनशन सुरु गर्ने घोषणा गरेका छन्। प्रेस विज्ञप्ति जारी गर्दै हरिजनले चिकित्सा शिक्षा आयोगका अध्यक्ष एवं प्रधानमन्त्री बालेन्द्र शाह, सह-अध्यक्ष शिक्षा मन्त्री सस्मित पोखरेल, सह-अध्यक्ष स्वास्थ्य मन्त्री निशा सिंह मेहता, आयोगका उपाध्यक्ष देवेन्द्र खत्रीलगायत सम्बन्धित निकायलाई कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गरेका छन्। उनले एमबीबीएस तथा बीडीएस इन्टर्नको स्टाइपेन्ड एकरूपता सुनिश्चित गर्न सुरु गरिएको अभियान लामो समयदेखि जारी रहेको उल्लेख गर्दै सरकारले गठन गरेको कार्यदलले अध्ययन सम्पन्न गरी प्रतिवेदन र आवश्यक सिफारिससमेत बुझाइसकेको बताए। अब निर्णय मात्रै…
काठमाडौं – नर्सिङ अभियन्ता ज्योति रानाभाटले नर्सिङ तथा धाइआमा (मिडवाइफ्री) सेवाको सुदृढीकरण, गुणस्तरीय स्वास्थ्य सेवा, बिरामीको सुरक्षा तथा नीतिगत सुधारका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीसमक्ष १५ बुँदे मागपत्र बुझाउँदै माग पूरा नभए साउन १४ गतेदेखि नेपाल नर्सिङ परिषद्को कार्यालय परिसरमा सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्। मन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्रमा नेपालको स्वास्थ्य प्रणालीको मेरुदण्डका रूपमा रहेको नर्सिङ तथा धाइआमा सेवाले नागरिकको जीवन रक्षा, उपचार, पुनःस्थापना, सुरक्षित मातृत्व, नवजात शिशु सेवा, स्वास्थ्य प्रवर्द्धन र रोग रोकथाममा अग्रपङ्क्तिमा रहेर योगदान दिँदै आएको उल्लेख गरिएको छ। तर न्यून पारिश्रमिक, असुरक्षित रोजगारी, अपर्याप्त दरबन्दी, स्पष्ट जनशक्ति नीतिको अभाव, नेतृत्वको सीमित अवसर तथा विभेदपूर्ण…
काठमाडौं – नेपाल आयुर्वेद चिकित्सक संघले आयुर्वेद औषधिको नाममा सञ्चारमाध्यम, सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत प्रसारण भइरहेका भ्रामक तथा गैरकानुनी स्वास्थ्यसम्बन्धी विज्ञापन तत्काल रोक्न विज्ञापन बोर्डसँग आग्रह गरेको छ। संघका अध्यक्ष डा. शंकर गौतम र महासचिव डा. ऋषि केशव भुषालले विज्ञापन बोर्डका अध्यक्षलाई पठाएको पत्रमा यस्ता विज्ञापनले नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने भएकाले प्रचलित कानुनअनुसार कडाइका साथ नियमन गर्नुपर्ने उल्लेख गरिएको छ। संघका अनुसार यसअघि पनि सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराइएको थियो। नेपाल प्रहरीले केही गैरकानुनी गतिविधिमाथि अनुसन्धान र कारबाही गरे पनि कलाकार, पत्रकार, सामाजिक सञ्जालका इन्फ्लुएन्सर, सञ्चारमाध्यम तथा विभिन्न डिजिटल प्लेटफर्ममार्फत कानुनविपरीत स्वास्थ्यसम्बन्धी विज्ञापन अझै निरन्तर प्रसारण भइरहेको दाबी…
ललितपुर – क्यान्सरलाई पराजित गरेर सामान्य जीवनमा फर्किएका व्यक्तिहरूको आत्मविश्वास, साहस र प्रेरणाको कथा प्रस्तुत गर्ने ‘चौथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो’ आगामी साउन १६ गते आयोजना हुने भएको छ। आयोजकले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। नेपाल क्यान्सर सपोर्ट ग्रुप र उपचारका लागि सहयोगी हातहरूको संयुक्त आयोजनामा हुने कार्यक्रमको व्यवस्थापन श्रीदीप प्रालिले गर्नेछ भने नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर र जनमैत्री अस्पताल सहकार्यमा रहेका छन्। आयोजकका अनुसार यस वर्षको र्याम्प शोमा १०० भन्दा बढी क्यान्सर सर्भाइभर सहभागी हुनेछन्। कार्यक्रममा तीन वर्षका बालबालिकादेखि भर्खरै किमोथेरापी लिएका बिरामीसम्म र्याम्पमा उत्रनेछन्। कार्यक्रमकी परिकल्पनाकार, नेपाल क्यान्सर सपोर्ट ग्रुपकी उपाध्यक्ष तथा उपचारका…
काठमाडौं- स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद अन्त्य गर्न सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको छ। सहमतिसँगै नेपाल चिकित्सक संघले जारी राखेको आन्दोलन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा आयोजित छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारी सहभागी भएका थिए। छलफलपछि दुवै पक्षले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। सहमतिअनुसार सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। ऐनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक निर्देशिका यथाशीघ्र तयार गरिने तथा स्वास्थ्य संस्थामा…

