स्वास्थ्य डायरी

काठमाडौं – नेपाल मेडिकल काउन्सिलमा स्थायी रजिष्ट्रार नियुक्ति हुन नसकिरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रजिष्ट्रारमा फेरि निमित्तमाथि निमित्त जिम्मेवारी दिएको छ। विवादित कार्यशैलीका कारण आलोचनामा परेका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डे १० दिनको बिदामा बसेपछि मन्त्रालयले काउन्सिल सदस्य डा. अजयकुमार शाहलाई साउन ४ देखि १४ गतेसम्मका लागि निमित्त रजिष्ट्रार तोकेको हो। स्वास्थ्य मन्त्रीस्तरीय निर्णयअनुसार डा. पाण्डेको अनुपस्थितिमा शाहलाई जिम्मेवारी दिइएको मन्त्रालयको पत्रमा उल्लेख छ। डा. पाण्डेले पीएचडी अध्ययनको कारण देखाउँदै १० दिनको बिदाका लागि मन्त्रालयमै निवेदन दिएका थिए। तर, डा. पाण्डेको बिदा केवल प्रशासनिक विषयमा मात्र सीमित छैन। स्रोतका अनुसार उनी निमित्त रजिष्ट्रार बनेपछि गरेका निर्णय र कार्यशैलीका…

विस्तृतमा...

काठमाडौं- चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई निर्देशन दिएको छ। मन्त्रालयले दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक,स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाइरहेको मन्त्रालयले जनाएको छ। नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि स्वास्थ्यमन्त्री निशा मेहताले घाइते चिकित्सक डा.प्रमोद रामलाई थप उपचारका लागि काठमाडौं…

विस्तृतमा...

पर्सा – नारायणी अस्पतालमा शनिबार भएको घटनाको सम्बन्धमा सीसीटीभी फुटेजको आधारमा अराजक व्यक्तिको पहिचान गरी कारबाही गर्नुपर्ने माग अस्पताल प्रशासनले गरेको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै उक्त दिनको सीसीटीभी फुटेज सम्बन्धित निकायमा पठाइसकिएको जनाउँदै अराजक व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न अनुरोध गरेको हो। शनिबार वीरगञ्ज महानगरपालिका-२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि निजका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा. प्रमोद राममाथि आक्रमण गर्दा उहाँ गम्भीर घाइते भएका छन्। अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको अथक प्रयासका बाबजुत पनि पटेलको उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।…

विस्तृतमा...

काठमाडौँ – यस वर्षको ‘सेवा पुरस्कार नेपाल’ मुटु रोग विशेषज्ञ डा.भगवान कोइरालालाई प्रदान गरिएको छ । कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले आज यहाँ आयोजना गरेको कार्यक्रममा मुटु रोगको उपचार र बाल चिकित्सा क्षेत्रमा उनले पुर्‍याएको योगदानको कदर गर्दै रु दुई लाख २२ हजार २२२ राशि नगदसहित सम्मानपत्रले उनलाई सम्मानित गरिएको हो । यसैगरी यस वर्षको ‘बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार नेपाल’ भरतपुर महानगरपालिका-१ देवघाट चितवनमा रहेको गार्गी कन्या गुरुकूललाई प्रदान गरिएको छ । सबै जातका बालिकालाई संस्कृत शिक्षा दिने गुरुकूललाई उक्त पुरस्कार दिइएको हो । यो पुरस्कारको राशि रु दुई लाख २२ हजार २२२ सहित सम्मानपत्र रहेको छ । पुरस्कार…

विस्तृतमा...

काठमाडौँ – नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा आज (मंगलबार) देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेको छ । संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै साउन १२ गते मंगलबारका दिन देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प पार्ने जानकारी गराएको हो । संघका अनुसार गत साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद राम लगायतका चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि साङ्घातिक आक्रमण गरी टाउकोमा गम्भीर चोट पुर्‍याइएको थियो र अस्पतालमा तोडफोड समेत गरिएको थियो ।

विस्तृतमा...

धनगढी – धनगढीमा अनसनरत डाक्टर गाेविन्द केसीले अनसन ताेडेका छन् । बाजुराकाे गाैमुल गाउँपालिका-२ घर भएका ४२ वर्षीय चक्र बहादुर धामीकाे हातबाट जुस पिएर अनसन ताेडेका हुन् । सहिद दशरथचन्द स्वास विज्ञान विश्वविद्यालयका रजिस्ट्रार डाक्टर भीमबहादुर चन्दकाे राजीनामाकाे मागबाट पछि हटेपछि सम्झाैता भएकाे हाे । डा. केसीका मागबारे वार्ता गर्न सरकारी टोली शनिबार धनगढी पुगेको थियो । उक्त टोलीसँगको सहमतिपछि डा. केसीले अनसन तोडेका हुन् ।

विस्तृतमा...

काठमाडौं – शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार डा. भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशनरत डा. गोविन्द केसीलाई खुला पत्र लेख्दै आफ्नो नियुक्तिमाथि उठाइएका प्रश्नको तथ्य र प्रमाणसहित जवाफ दिन आग्रह गरेका छन्। उनले खुला प्रतिस्पर्धाबाट १९ जना आवेदकमध्ये पहिलो स्थानमा छनोट भएर रजिस्ट्रार नियुक्त भएको उल्लेख गर्दै कुनै कानुनी, नैतिक वा प्रक्रियागत आधारबिना राजीनामा माग्नु न्यायोचित नभएको बताएका छन्। यदि आफू अयोग्य ठहरिने स्पष्ट आधार भए पद त्याग्न तयार रहेको उनको भनाइ छ। डा. चन्दले आफ्नो नियुक्तिमा स्वार्थको द्वन्द्व, अनियमितता वा कानुनविपरीत कुनै काम भएको प्रमाणित भए निष्पक्ष छानबिन सामना गर्न तयार रहेको उल्लेख गरेका छन्।…

विस्तृतमा...

काठमाडौं – नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणमा गम्भीर घाइते भएका मेडिकल अफिसर डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ट्रमा सेन्टर पुगेर डा. रामको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उपचारमा कुनै कमी हुन नदिन चिकित्सक तथा अस्पताल प्रशासनलाई निर्देशन दिएकी छन्। मन्त्रालयका अनुसार उनलाई विशेषज्ञ उपचार उपलब्ध गराउन आवश्यक सम्पूर्ण व्यवस्थापन मिलाइएको छ। मन्त्री मेहताले उपचारमा संलग्न चिकित्सकसँग छलफल गर्दै आवश्यक सबै सहयोग गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताइन्। यसैबीच, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नारायणी अस्पतालमा भएको तोडफोड तथा चिकित्सक र स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मन्त्रालयले…

विस्तृतमा...

काठमाडौं – औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा दर्ता प्रमाणपत्र नवीकरणका लागि सम्बन्धित स्थानीय तहको सिफारिस पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। विभागले जारी गरेको जरुरी सूचनाअनुसार संशोधित नागरिक वडापत्रअनुसार भइरहेको सेवा प्रवाहलाई निरन्तरता दिँदै औषधि व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन यस्तो व्यवस्था लागू गरिएको हो। अब नयाँ फार्मेसी दर्ता गर्न वा सञ्चालनमा रहेका फार्मेसीको दर्ता प्रमाणपत्र नवीकरणका लागि निवेदन दिँदा प्रचलित कानुनबमोजिम आवश्यक अन्य कागजातसँगै सम्बन्धित स्थानीय तहको सिफारिस पत्र पनि अनिवार्य रूपमा संलग्न गर्नुपर्ने विभागले जनाएको छ। विभागले सम्बन्धित व्यवसायी, सरोकारवाला तथा सर्वसाधारणलाई उक्त व्यवस्था पालना गरी प्रक्रिया अघि बढाउन आग्रह गरेको…

विस्तृतमा...

काठमाडौं – मेरुदण्ड बाङ्गिने समस्या अर्थात् स्कोलियोसिस समयमै पहिचान गरी उपचार गर्न सके बिरामीले सामान्य जीवन बिताउन सक्ने चिकित्सकहरूले बताएका छन्। ढाड बिस्तारै बाङ्गिने भएकाले सुरुआती चरणमा दुखाइ नहुने हुँदा धेरै बिरामीमा समस्या ढिलो पत्ता लाग्ने गरेको उनीहरूको भनाइ छ। बीएण्डबी अस्पतालका हाडजोर्नी तथा मेरुदण्डका परामर्शदाता तथा स्पाइन शल्यचिकित्सक डा. राजेश के. चौधरीका अनुसार स्कोलियोसिस मेरुदण्डको हड्डी विकास हुने क्रममा देखिने समस्या हो। यो प्रायः जन्मजात हुने भए पनि धेरैजसोमा बालबालिका हुर्किने क्रममा मात्र पहिचान हुन्छ। उनले यो समस्या सामान्यतया वंशाणुगत (हेरिडिटी) नहुने स्पष्ट पारे। उनका अनुसार स्कोलियोसिस भएको बालबालिकामा सुरुआतमा दुखाइ नहुने भएकाले अभिभावकले ढाडको बनावटमा ध्यान दिन आवश्यक…

विस्तृतमा...