स्वास्थ्य डायरी

काठमाडौँ – भोटेकोशीमा आएको भीषण बाढीपछि बेपत्ता तथा ज्यान गुमाएका नागरिकको वैज्ञानिक पहिचानका लागि डीएनए प्रोफाइलिङलाई तीव्र पारिएको छ। बाढीका कारण लामो समय पानी र हिलोमा डुबेका तथा गलेर क्षतविक्षत अवस्थामा भेटिएका शवको परम्परागत विधिबाट पहिचान गर्न कठिन भएपछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीले डीएनए परीक्षणलाई मुख्य आधार बनाएका हुन्। नेपाल प्रहरीका अनुसार हालसम्म १ हजार २५२ जनाको शव फेला परेको छ। तीमध्ये ८९७ शवबाट डीएनए नमुना संकलन गरी सुरक्षित रूपमा गाडिएको छ। आफन्तबाट पहिचान दाबी नआएका कारण ती शवको व्यवस्थापन गरिएको हो। आगामी दिनमा आफन्तबाट संकलन गरिएको डीएनएसँग शवको नमुना भिडाएर पहिचान गर्ने सरकारको तयारी छ। फरेन्सिक…

विस्तृतमा...

काठमाडौँ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि रिक्त रहेका महत्वपूर्ण पदमा नयाँ पदाधिकारी नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति प्राडा अजयकुमार मिश्रको सिफारिसमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री एवं प्रतिष्ठानकी सहकुलपति निशा मेहताले बिहीबार चार पदाधिकारी नियुक्त गरेकी हुन्। मन्त्रालय स्रोतका अनुसार प्रतिष्ठानको रेक्टरमा डा. रामनारायण मण्डल, रजिष्ट्रारमा श्याम लम्साल र डीनमा डा. कृष्णकुमार झा नियुक्त भएका छन्। त्यस्तै, अस्पताल निर्देशकको जिम्मेवारी डा. सुरेश विके रसाइलीले पाएका छन्। महत्वपूर्ण प्रशासनिक तथा शैक्षिक जिम्मेवारीमा नयाँ पदाधिकारी नियुक्त भएसँगै प्रतिष्ठानको प्रशासनिक व्यवस्थापन, शैक्षिक कार्यक्रम तथा अस्पतालका गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ। नयाँ पदाधिकारीको नियुक्तिले प्रतिष्ठानमा रिक्त रहेका नेतृत्वदायी पदपूर्ति हुनुका साथै…

विस्तृतमा...

झापा – झापाको बिर्तामोडमा प्रहरीले ग्लोबल ओरियन्सको कार्यालयमा छापा मारेर ४१ जनालाई नियन्त्रणमा लिएको छ। अवैध रूपमा स्वास्थ्य जाँच तथा औषधि बिक्री–वितरण गर्दै नेटवर्किङ व्यवसायमार्फत सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले कार्यालयमा छापा मारेको हो। बिर्तामोड नगरपालिका–५ बुद्धनगरस्थित ग्लोबल ओरियन्सको कार्यालयमा बुधबार दिउँसो करिब ३ बजे छापा मारिएको प्रहरीले जनाएको छ। छापा मार्ने क्रममा इलामका सुजन लिम्बू, जो अर्जुनधारा मल्टी पर्पोजका सञ्चालक रहेको बताइएको छ, ग्लोबल ओरियन्सका शाखा प्रमुख पीताम्बर कट्टेलसहित २२ महिला र १९ पुरुषलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले कार्यालयबाट विभिन्न प्रकारका औषधि, स्वास्थ्य जाँचमा प्रयोग हुने मेसिन, कागजात तथा केही नगदसमेत बरामद गरेको छ। नियन्त्रणमा लिइएका सबैलाई थप अनुसन्धानका…

विस्तृतमा...

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि ठूलो मानवीय क्षति भएको छ। बाढीले घरबास, खाद्यान्न तथा दैनिक जीवनयापनका सामग्री बगाएपछि प्रभावित परिवारका लागि राहत तथा खाद्य सामग्री तत्काल आवश्यक बनेको छ। बाढीपछि सरकारसँगै विभिन्न संघसंस्था, निजी क्षेत्र तथा दाताहरूले राहत संकलन र वितरण गरिरहेका छन्। तर राहतका रूपमा खाद्य सामग्री उपलब्ध गराउँदा तत्काल भोक मेटाउने कुरामात्र नभई प्रभावितको स्वास्थ्य र पोषणलाई समेत प्राथमिकतामा राख्न चिकित्सकहरूले सुझाव दिएका छन्। विपद्पछि राहतमा चाउचाउ, बिस्कुट, चिउराजस्ता तत्काल खान मिल्ने खाद्य सामग्री बढी देखिए पनि यस्ता सामग्रीले केही समयको आवश्यकता पूरा गरे पनि दीर्घकालीन पोषणको आवश्यकता पूरा गर्न नसक्ने चिकित्सकहरूको भनाइ छ। विशेषगरी…

विस्तृतमा...

र्दिबास- महोत्तरीको बर्दिबास नगरपालिका–५ सहित चुरे क्षेत्रका विभिन्न बस्तीमा दुई सातादेखि भाइरल ज्वरो फैलिएको छ। निरन्तर वर्षा, बाढी र पहिरोका कारण स्वास्थ्य सेवामा पहुँच कठिन हुँदा सयौँ परिवार प्रभावित भएका छन्। भौगोलिक रूपमा विकट चुरे क्षेत्रका बिरामी उपचारका लागि करिब ३० किलोमिटर टाढा रहेको बर्दिबास पुग्नुपर्ने बाध्यतामा छन्। त्यसमध्ये करिब १० किलोमिटर खोलाको बाटो भएकाले दैनिक आउने बाढीले बिरामीलाई स्वास्थ्य संस्थासम्म पुग्न समस्या भएको छ। यातायात अवरुद्ध हुँदा बर्दिबासबाट स्वास्थ्यकर्मीको टोलीसमेत नियमित रूपमा प्रभावित बस्ती पुग्न सकेको छैन। यसले भाइरल ज्वरोबाट प्रभावित हुनेको संख्या बढ्दै गएको स्थानीयले बताएका छन्। प्रभावितमा रुघाखोकी, टाउको र जीउ दुख्ने, खान मन नलाग्ने तथा एकदेखि…

विस्तृतमा...

काठमाडौँ – विनाशकारी बाढीपछि विस्थापित भएर होल्डिङ सेन्टरमा बसिरहेका प्रभावितहरूमा तनाव, चिन्ता, उदासीनता, डर र बारम्बार रुनेजस्ता मनोसामाजिक समस्या देखिन थालेका छन्। मनोविद् तथा परामर्शदाताहरूका अनुसार परिवारको जिम्मेवारी सम्हालिरहेका व्यक्तिहरूमा विपद्को मनोवैज्ञानिक असर अझ बढी देखिएको छ। नुवाकोटको विदुर नगरपालिका–४ स्थित होल्डिङ सेन्टरमा कार्यरत मनोपरामर्शदाता सुशीला पोखरेलका अनुसार प्रभावितमध्ये अधिकांशमा भविष्यप्रतिको डर र अनिश्चितता देखिएको छ। बाहिरबाट सामान्य देखिए पनि कुराकानी गर्दै जाँदा उनीहरूमा गहिरो मानसिक पीडा रहेको पाइएको उनको अनुभव छ। भूकम्प, बाढीपहिरो तथा कोरोना महामारीको असरबाट पूर्णरूपमा बाहिरिन नपाउँदै फेरि ठूलो विपद् भोग्नुपर्दा प्रभावितको अवस्था थप जटिल बनेको उनले बताइन्। घर, सम्पत्ति र जीविकोपार्जनसँगै आफन्तसमेत गुमाएका कारण कतिपय…

विस्तृतमा...

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य प्रतिकार्यका लागि १ लाख ५० हजार अमेरिकी डलर सहयोग उपलब्ध गराएको छ। डब्लूएचओले दक्षिण–पूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आकस्मिक कोषमार्फत उक्त रकम परिचालन गरेको हो। बाढीपछि तत्काल आवश्यक स्वास्थ्य प्रतिकार्य, अत्यावश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तथा प्रभावित समुदायसम्म स्वास्थ्य सेवा पुर्‍याउन सहयोग पुग्ने उद्देश्यले कोष प्रयोग गरिएको डब्लूएचओले जनाएको छ। डब्लूएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. निलेश बुद्धले बाढी प्रभावित समुदायको आकस्मिक स्वास्थ्य आवश्यकता सम्बोधनसँगै पुनःस्थापनाका प्रयासमा संगठनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बाढी आएको केही घण्टामै डब्लूएचओले प्रभावित…

विस्तृतमा...

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाल न्यूरोसर्जनस् समाजले प्रधानमन्त्री दैवीप्रकोप राहत तथा उद्धार कोषमा ५ लाख १ रुपैयाँ सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि समाजले विपद् प्रभावितको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरेको हो। समाजका अध्यक्ष प्रा. डा. राजीव झा र महासचिव डा. बिनोद राजभण्डारीले जारी गरेको प्रेस विज्ञप्तिमा बाढीका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ। समाजले बाढीमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको सकुशल उद्धारका लागि समेत कामना गरेको छ। विपद्को कठिन परिस्थितिमा…

विस्तृतमा...

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बुधबार नुवाकोटको विदुर आसपासका बाढी प्रभावित विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरेकी छन्। भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा क्षतिग्रस्त क्षेत्रमा स्वास्थ्य सेवाको अवस्था, स्थानीय नागरिकका स्वास्थ्य आवश्यकता र विपद्पछिका सम्भावित स्वास्थ्य जोखिमबारे जानकारी लिन मन्त्री मेहता नुवाकोट पुगेकी हुन्। अनुगमनका क्रममा उनले विदुर नगरपालिका–१ स्थित त्रिशूली सेफ हाउस तथा क्रियापुत्री भवन, बाढी प्रभावित त्रिशूली बजार तथा नदी आसपासका क्षेत्र, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, तल्लो पिपलटार र चन्द्रज्योति माध्यमिक विद्यालयलगायतका सेल्टरमा पुगेर अवस्थाबारे जानकारी लिइन्। मन्त्री मेहताले प्रभावित तथा पीडित नागरिकसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्। उनले बाढीका…

विस्तृतमा...

काठमाडौं – नेपाल न्यूट्रास्युटिकल्स एण्ड कस्मेस्युटिकल्स एसोसिएसन (एनएनसिए) ले भोटेकोशी तथा नारायणी नदी आसपासमा आएको विनाशकारी बाढी, पहिरो र प्राकृतिक विपद्का कारण आफ्नो निर्धारित कार्यक्रम स्थगित गरेको छ। एनएनसिएले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै यही भदौ २० गते आयोजना गर्ने भनिएको कार्यक्रम केन्द्रीय समितिको बैठकको निर्णयअनुसार अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको हो। संघले रसुवाबाट सुरु भई भोटेकोशी हुँदै नारायणी नदी आसपासका क्षेत्रमा आएको बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गरेको छ। विपद्का कारण नागरिकले ज्यान गुमाउनुका साथै धेरै परिवारले आफन्त तथा घरसम्पत्ति गुमाएको र ठूलो संख्यामा नागरिक विस्थापित तथा प्रभावित भएको संघले जनाएको छ।…

विस्तृतमा...