स्वास्थ्य डायरी

काभ्रे- भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निः शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । अस्पतालले आज विज्ञप्ति जारी गर्दै बाढीबाट प्रभावित परिवारले स्वास्थ्य सम्बन्धी समस्या तथा आर्थिक भारसमेत व्यहोर्नुपर्ने अवस्थालाई मध्यनजर गरी परिवारका सदस्यलाई एक वर्षसम्म निः शुल्क उपचार सेवा उपलब्ध गराउने निर्णय गरेको जनाएको हो । अस्पतालका अनुसार यसबाट प्रभावित परिवारलाई स्वास्थ्य उपचारमा सहज पहुँच पुग्नुका साथै उपचारमा लाग्ने आर्थिक भार कम गर्न सहयोग पुग्ने छ । निः शुल्क स्वास्थ्य सेवा प्राप्त गर्ने प्रक्रिया, आवश्यक कागजात तथा विवरण सम्बन्धी जानकारी छिट्टै सार्वजनिक गरिने विज्ञप्तिमा जनाइएको छ । प्रभावित…

विस्तृतमा...

रुपन्देही- लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई व्यावहारिक बनाउन माग गरेका छन्। अन्य प्रदेशमा नवीकरणको अवधि बढाइएको उल्लेख गर्दै उनीहरूले लुम्बिनीमा पनि नवीकरणको अवधि तीन वर्षबाट बढाएर पाँच वर्ष कायम गर्न सरकारसँग आग्रह गरेका हुन्। रुपन्देहीको बुटवलमा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्र पुनसँग आइतबार भएको भेटमा निजी अस्पताल सञ्चालकले अस्पताल सञ्चालन तथा नवीकरणसँग सम्बन्धित विद्यमान व्यवस्थाका कारण अनावश्यक प्रशासनिक झण्झट व्यहोर्नुपरेको गुनासो गरेका छन्। निजी स्वास्थ्य संस्थाको नियमित अनुगमन तथा नियमन आवश्यकताअनुसार जुनसुकै समयमा गर्न सकिने भएकाले नवीकरणको अवधि बढाउँदा व्यावहारिक हुने उनीहरूको भनाइ थियो। अस्पतालको नवीकरणका लागि पटक-पटक प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने अवस्थाले स्वास्थ्य सेवा प्रवाहमा असहजता…

विस्तृतमा...

काठमाडौं- भारतको औषधि नियामकले व्यापक रूपमा प्रयोग हुँदै आएको रेबिजविरुद्धको खोप ‘अभयराब’ को एक ब्याच गुणस्तर मापदण्ड पूरा नगरेको भन्दै अनुसन्धान थालेको छ । सरकारी दस्तावेजलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार उक्त खोपको प्रभावकारिता परीक्षणमा असफल भएपछि ब्याचलाई गुणस्तरहीन तथा सम्भावित नक्कली खोपका रूपमा अनुसन्धान अघि बढाइएको हो । अनुसन्धानमा परेको खोप ‘अभयराब’ को ब्याच नम्बर KE25012 हो । भारतमा रेबिजका कारण हरेक वर्ष हजारौँ मानिसको मृत्यु हुने गरेको अवस्थामा यो खोप व्यापक रूपमा प्रयोग हुँदै आएको छ । पछिल्लो घटनासँगै दुई वर्षभन्दा कम अवधिमा ‘अभयराब’ को नक्कली खोपबारे दोस्रोपटक प्रश्न उठेको हो । ‘अभयराब’ उत्पादन गर्ने कम्पनी इन्डियन इम्युनोलोजिकल्स लिमिटेडले…

विस्तृतमा...

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परी घाइते भएका ५८ जनालाई उद्धार गरी काठमाडौँ ल्याइएकामा राष्ट्रिय ट्रमा सेन्टरबाट आजसम्म ३८ जना उपचारपछि ‘डिस्चार्ज’ भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बाढीमा परी घाइते भएका ५० जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको थियो । उपचारका क्रममा स्वास्थ्य अवस्थामा सुधार आएपछि हालसम्म ३८ जनालाई डिस्चार्ज गरिएको हो । राष्ट्रिय ट्रमा सेन्टरमा अहिले १२ घाइतेको उपचार भइरहेको छ । अस्पताल प्रशासनका अनुसार उपचाररत अधिकांश घाइतेको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरुको साधारण श्ययाम राखेर उपचार भइरहेको छ । भोटेकोशी बाढीमा…

विस्तृतमा...

काठमाडौँ – त्रिशूली–भोटेकोशी करिडोरमा आएको विनाशकारी बाढीपछि गर्भवती, सुत्केरी तथा नवजात शिशुहरू थप जोखिममा परेका छन्। सुरक्षित आवास, पर्याप्त पोषण, गोपनीयता र सहज स्वास्थ्य सेवाको अभावमा उनीहरूको अवस्था जटिल बन्दै गएको हो। बाढीका कारण सडक, स्वास्थ्य संस्था तथा राहत वितरण प्रणाली प्रभावित भएपछि प्रसूति सेवा आवश्यक पर्ने महिलासम्म समयमै पुग्न चुनौती थपिएको छ। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए) का अनुसार बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका १५ स्थानीय तहमा करिब ४ हजार ४३० गर्भवती महिला रहेको प्रारम्भिक अनुमान गरिएको छ। यूएनएफपीएको आकलनअनुसार आगामी एक महिनामा यी क्षेत्रमा करिब ४ सय ९२ शिशु जन्मिन सक्नेछन्। त्यस्तै, करिब ७४ महिलालाई आकस्मिक प्रसूति…

विस्तृतमा...

काठमाडौँ – भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३९औँ कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ। सर्लाहीका ३७ वर्षीय बाल गोविन्द यादवलाई उनकी ३३ वर्षीया श्रीमती मिना कुमारी यादवले आफ्नो आधा कलेजो दान गरेकी हुन्। प्रत्यारोपणपछि दाता मिना कुमारी आठौँ दिनमा र ग्रहणकर्ता बाल गोविन्द १०औँ दिनमा अस्पतालबाट डिस्चार्ज भएका छन्। दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको केन्द्रले जनाएको छ। श्रीमानको जीवन बचाउन श्रीमतीले गरेको अंगदानलाई केन्द्रले मानवता र समर्पणको उत्कृष्ट उदाहरणका रूपमा लिएको छ। जीवित दाताबाट कलेजोको एक हिस्सा लिएर ग्रहणकर्तामा प्रत्यारोपण गरिएको हो। केन्द्रले पछिल्लो समय कलेजो प्रत्यारोपण सेवामा समेत गति बढाएको छ। डेढ महिनाको अवधिमा मात्रै केन्द्रमा तीनवटा कलेजो…

विस्तृतमा...

लाइबेरिया- हेपाटाइटिस बी खोप परीक्षणमा प्रयोग गरिएका चिम्पान्जीहरूको स्वास्थ्य परीक्षण गरिएको छ। मध्य लाइबेरियास्थित ‘सेकेन्ड चान्स चिम्पान्जी रिफ्युज’ मा संरक्षण गरिँदै आएका चिम्पान्जीको दाँत, मुटु, फोक्सो, स्नायु प्रणाली र रगतलगायतको परीक्षण गरिएको हो। संरक्षण केन्द्रकी निर्देशक लिलियाना पाचेको रिकोटेका अनुसार स्वास्थ्य परीक्षणका क्रममा चिम्पान्जीलाई एनेस्थेसिया दिएर टाउकोदेखि खुट्टासम्म परीक्षण गरिएको थियो। उनीहरूको दाँत सफा गर्ने, एक्स–रे गर्ने र नङ काट्नेलगायतका कामसमेत गरिएको छ। सन् १९७० को दशकदेखि २००० को दशकको सुरुसम्म अमेरिकी अनुसन्धानकर्ताले लाइबेरियामा हेपाटाइटिस बी खोप परीक्षणका लागि ४०० भन्दा बढी चिम्पान्जी प्रयोग गरेको बताइएको छ। तीमध्ये धेरैलाई सानै उमेरमा जंगलबाट समातेर अनुसन्धानमा प्रयोग गरिएको थियो। संरक्षण केन्द्रका अनुसार…

विस्तृतमा...

काठमाडौँ – रसुवामा बाढीपछि स्वास्थ्य क्षेत्रमा पुगेको क्षतिको विवरण संकलन, अभिलेखीकरण र समन्वयको काम अघि बढाइएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय रसुवाले बाढीबाट प्रभावित स्वास्थ्य संस्था, सेवा, सामग्री, जनशक्ति तथा औषधिको अवस्थाबारे तथ्याङ्क संकलन गरिरहेको जनाएको हो। बाढीका कारण जिल्लाका विभिन्न क्षेत्रमा स्वास्थ्य सेवामा परेको प्रभावको वास्तविक अवस्था पहिचान गर्न तथ्याङ्क संकलन भइरहेको कार्यालयले जनाएको छ। संकलित विवरणका आधारमा प्रभावित क्षेत्रमा आवश्यकताको मूल्याङ्कन गरी राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यालयले स्वास्थ्य क्षेत्रको क्षतिको विवरण संकलनका लागि सम्बन्धित सरकारी निकाय, गैरसरकारी संस्था तथा अन्य संघसंस्थासँग समन्वय र सहयोगको अपेक्षा गरेको छ। यसैबीच, बाढी प्रभावित स्वास्थ्य…

विस्तृतमा...

नुवाकोट – भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले डिअक्सिराइबो न्युक्लिक एसिड (डिएनए) परीक्षणको नमूना लिन नुवाकोटमा सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको छ । यसअघि नमूना दिन पीडित परिवारका सदस्य रसुवा र नुवाकोटबाट काठमाडौँ जानुपर्ने बाध्यता रहेकामा बाढीप्रभावित क्षेत्रका पीडित परिवारलाई सहज बनाउन विदुरमा नमूना सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक डा दामोदर पौडेलले जानकारी दिए । उनका अनुसार बाढीमा परेर दिवङ्गत भई फेला परेका शवको पहिचानमा समस्या भएकाले हराइरहेका व्यक्तिको परिवारका सदस्यसँग नमूना लिएर परीक्षणपश्चात् पहिचानमा सहयोग पुग्ने विश्वास लिइएको छ । “भोटेकोशीमा आएको बाढीमा परेर नुवाकोट र रसुवाका धेरै व्यक्ति हराएका…

विस्तृतमा...

काठमाडौं – उपभोक्ता हित संरक्षण मञ्च नेपालले परम्परागत तथा आयुर्वेदिक औषधिको उत्पादन तथा खरिदमा विश्व स्वास्थ्य संगठनको असल उत्पादन अभ्यास (डब्ल्यूएचओ जीएमपी) मापदण्ड अनिवार्य रूपमा लागू गर्न सरकारसँग आग्रह गरेको छ। मञ्चले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, सबै प्रदेश सरकार, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका र आयुर्वेद स्वास्थ्य केन्द्रहरूलाई पत्र पठाउँदै गुणस्तरीय परम्परागत तथा आयुर्वेदिक औषधि प्राप्त गर्ने उपभोक्ताको अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण गराएको हो। मञ्चका अनुसार गुणस्तरीय परम्परागत तथा आयुर्वेदिक औषधि उपभोग गर्न पाउनु नेपालको संविधानको धारा ४४ तथा धारा ३५ बमोजिम प्रत्येक उपभोक्ताको मौलिक हक हो। विश्व स्वास्थ्य संगठनले परम्परागत तथा आयुर्वेदिक औषधिको गुणस्तर सुनिश्चित…

विस्तृतमा...