स्वास्थ्य डायरी

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी घाइते भएका ७४ जनामध्ये ४८ जना उपचारपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्। त्रिवि शिक्षण अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार बाढीपछि उपचारका लागि अस्पताल ल्याइएका ७४ घाइतेमध्ये ४८ जना स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज भएका हुन्। हाल अस्पतालमा २५ जना घाइतेको उपचार भइरहेको छ। उपचाररत बिरामीमध्ये दुई जनालाई आईसीयू र दुई जनालाई हाई केयरमा राखेर उपचार भइरहेको प्रवक्ता डा. सेढाईंले जानकारी दिए। अस्पतालमा उपचारका लागि ल्याइएका घाइतेमध्ये एक जनाको भने उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय कुशल मगर रहेका छन्। यसरी त्रिवि शिक्षण अस्पतालमा ल्याइएका ७४…

विस्तृतमा...

काठमाडौँ- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो संख्यामा पशुपन्छी बगाएपछि अब मृत पशुपन्छीबाट सङ्क्रामक रोग फैलिन सक्ने जोखिम बढेको छ। बाढी गएको एक साता बितिसक्दा पनि प्रभावित क्षेत्रमा पशुपन्छीका शव तथा भग्नावशेष व्यवस्थापन चुनौतीपूर्ण बनेको नेपाल भेटेरिनरी एसोसिएसनले जनाएको छ। ठूलो संख्यामा पशुपन्छी बगेकाले उनीहरूको अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्न नसकिए मानव तथा पशु स्वास्थ्यमा थप जोखिम निम्तिन सक्ने चिकित्सकहरूले बताएका छन्। एसोसिएसनको छ सदस्यीय टोलीले एक सातासम्म बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो। टोलीका अनुसार विदुर नगरपालिका तथा त्रिशूली आसपासका क्षेत्रमा पशुपालन गर्ने किसानका गोठ र व्यावसायिक फार्महरू बाढीले पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। प्रारम्भिक विवरणअनुसार बाढीमा…

विस्तृतमा...

स्याङ्जा – वालिङ नगरपालिका-१ यवादीमा रहेको धनुबाँसे आयुर्वेद औषधालयको भवन लामो समयदेखि अलपत्र छ । स्थानीयलाई स्वास्थ्योपचारमा सहज पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना भएको आयुर्वेद औषधालय पाँच वर्षदेखि अलपत्र परेको हो । सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय पोखराअन्तर्गत विसं २०७७ फागुनमा सेफ इन्जिनियरिङ बिल्डर्स प्रालि चितवनसँग १८ महिनाभित्र भवन सम्पन्न गर्ने गरी सम्झौता भए पनि निर्माण कम्पनीको बेवास्ताका कारण पाँच वर्षदेखि अलपत्र परेको स्थानीय बताउँछन् । भवनको हालसम्म आधामात्रै काम भएको सङ्घीय सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराका इन्जिनियर लक्ष्मण लम्सालले जानकारी दिए । तोकिएको समयावधिमा काम सम्पन्न हुन नसकेपछि ठेक्का तोड्ने आशयको…

विस्तृतमा...

काठमाडौं – भदौ १० गते रसुवा, नुवाकोट, गोरखा र धादिङमा आएको भीषण बाढी तथा पहिरोमा परी घाइते भएका ४४ जनाको काठमाडौंका तीन प्रमुख अस्पतालमा उपचार भइरहेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज, राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा गरी ४४ जना घाइते उपचाररत छन्। शिक्षण अस्पतालमा २९, ट्रमा सेन्टरमा १२ र वीर अस्पतालमा तीन जना उपचारमा रहेको सम्बन्धित अस्पतालहरूले जनाएका छन्। विपद्पछि यी अस्पतालमा उपचारका लागि ल्याइएका अधिकांश घाइते उपचारपछि निको भएर घर फर्किसकेका छन्। जटिल चोटपटक तथा स्वास्थ्य समस्या भएका बिरामीलाई भने अवस्था हेरेर विभिन्न वार्डमा राखी उपचार जारी राखिएको छ। शिक्षण अस्पतालमा भर्ना भएका ७८ जना घाइतेमध्ये हाल…

विस्तृतमा...

काठमाडौं – ह्याम्स अस्पतालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ। अस्पतालले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। अस्पतालका प्रतिनिधिले बिहीबार आयोजित एक औपचारिक कार्यक्रममा २५ लाख रुपैयाँको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। सहयोग हस्तान्तरण गर्दै अस्पतालले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। अस्पतालले यसअघि नै बाढी प्रभावित नागरिकलाई आपत्कालीन स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने तथा आवश्यक परे चिकित्सकसहितको स्वास्थ्य टोली प्रभावित क्षेत्रमा पठाउने घोषणा गरेको थियो। सरकारले विपद्पीडितका लागि प्राप्त हुने सहयोगलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत ‘एकद्वार प्रणाली’बाट व्यवस्थापन गर्ने…

विस्तृतमा...

काठमाडौं- भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका नेपाल विद्युत प्राधिकरणका दुई कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । बाढी आएको १० दिनपछि उद्धार गरिएका उनीहरूको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको प्राधिकरणले जनाएको छ । उद्धारपछि दुवै कर्मचारीलाई काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी आईसीयूमा राखेर उपचार भइरहेको छ । चिकित्सकहरूको विशेष निगरानीमा उपचार भइरहेका उनीहरू अहिले सामान्य कुराकानी गर्न सक्ने अवस्थामा पुगेका छन् । प्राधिकरणका अनुसार दुवै कर्मचारीको स्वास्थ्यमा हालसम्म कुनै गम्भीर जटिलता देखिएको छैन । थप स्वास्थ्य समस्या उत्पन्न नहोस् भन्ने उद्देश्यले उनीहरूलाई आईसीयूमा राखेर उपचार तथा निगरानी जारी राखिएको हो ।

विस्तृतमा...

काठमाडौँ – भोटेकोशी बाढीपछि अस्वस्थकर खाना तथा दूषित पानीका कारण खाद्यविषाक्तता र पानीजन्य रोग फैलिन सक्ने जोखिम बढेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सतर्क रहन आग्रह गरेको छ। विभागले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै आम उपभोक्ता, राहत वितरक तथा व्यवसायीलाई बाढी प्रभावित क्षेत्रमा खाद्य स्वच्छता र सुरक्षित खानेपानीमा विशेष ध्यान दिन अपिल गरेको हो। विभागकी प्रवक्ता डा. बालकुमारी शर्माका अनुसार भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा खाद्य स्वच्छता कायम गर्न, निगरानी बढाउन तथा खाद्य वस्तुको गुणस्तर परीक्षण गर्न प्राविधिक टोली परिचालन गरिएको छ। बाढी प्रभावित क्षेत्रमा वितरण भइरहेका खाद्यान्न, प्रशोधित पिउने पानी तथा तयार भोजनको स्वच्छता अनुगमन…

विस्तृतमा...

काठमाडौँ – श्रीमतीलाई बचाउन आफ्नै मिर्गौला दिन तयार भएका राजकुमार डंगोलको जीवनमा भोटेकोशी–त्रिशूली बाढीले अर्को ठूलो संकट थपिदियो। श्रीमती विष्णु कुमारीको मिर्गौला प्रत्यारोपणका लागि वर्षौँदेखि जुटाएको रकम र सम्पत्तिसमेत बाढीले बगाएपछि उनी निराश बनेका थिए। श्रीमतीको उपचारका लागि राजकुमार लामो समयदेखि काठमाडौंस्थित केएमसी अस्पताल धाइरहेका थिए। उपचार खर्च जुटाउन उनले विभिन्न व्यक्तिसँग सहयोग माग्नुका साथै ऋणसापटी, पसलको आम्दानी, सुनचाँदी र परिवारका सदस्यले जम्मा गरेको रकमसमेत जोडेर करिब २५ देखि ३० लाख रुपैयाँ बराबरको रकम तथा सम्पत्ति जुटाएका थिए। त्यसमध्ये करिब १५ लाख रुपैयाँ नगद घरमै राखिएको थियो। तर बेत्रावती बजारमा आएको विनाशकारी बाढीले उनको घरबारसँगै श्रीमतीको उपचारका लागि छुट्याएको उक्त…

विस्तृतमा...

भोजपुर – ग्रामीण क्षेत्रमा विषालु गोमन सर्प देखिन थालेपछि भोजपुरका स्थानीयवासीमा त्रास बढेको छ। पछिल्लो समय पौवादुङमा गाउँपालिका–३ मार्से र अरुण गाउँपालिका–५ याकुको होङरायो क्षेत्रमा गोमन सर्प देखिएको स्थानीयले बताएका छन्। पौवादुङमा गाउँपालिका–३ का स्थानीय सन्तोष कोइरालाका अनुसार मार्से गाउँमा गोमन सर्प देखिएपछि स्थानीय डराएका छन्। खेतीपातीको कामसँगै घाँसदाउरा गर्न वन तथा खेतबारीमा जानेहरूलाई सर्पको जोखिम बढेको उनले बताए। “विगतका वर्षमा यस्तो सर्प देखेका थिएनौँ। अहिले गाउँघरमै गोमन देखिन थालेपछि त्रास बढेको छ,” कोइरालाले भने। स्थानीयका अनुसार विशेषज्ञले गाउँमा फेला परेको सर्प गोमन भएको पुष्टि गरेका छन्। खेतीपातीको समय भएकाले खेतबारी, झाडी तथा घाँसे क्षेत्रमा सर्प देखिन थालेपछि स्थानीयलाई थप…

विस्तृतमा...

काठमाडौँ- भक्तपुर क्यान्सर अस्पतालले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रका क्यान्सर बिरामीको निःशुल्क उपचार गर्ने भएको छ। गत भदौ १० गते आएको विनाशकारी बाढीबाट सबैभन्दा बढी प्रभावित रसुवा, नुवाकोट र धादिङका नदी किनार क्षेत्रका क्यान्सर बिरामीलाई अस्पतालले उपचारमा विशेष सुविधा उपलब्ध गराउने जनाएको हो। अस्पतालका निर्देशक डा. उज्वल चालिसेका अनुसार बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई बेड शुल्क, प्रयोगशाला परीक्षण तथा अक्सिजन शुल्क निःशुल्क गरिनेछ। अस्पतालमा उपलब्ध भएसम्म आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराइने उनले बताए। भक्तपुर क्यान्सर अस्पतालले यसअघि नै क्यान्सर बिरामीका लागि १० प्रतिशत बेड तथा उपचार सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ। बाढी प्रभावित बिरामीका लागि भने थप सहुलियतसहित उपचार सेवा…

विस्तृतमा...