वर्षायामपछि विशेषगरि भदौदेखि मंसिरसम्म सेतो पुतलीबाट सर्ने शापू नाम आँखाको रोग लाग्ने गर्छ । यद्यपी कतिपय अवस्थामा पुतलीको संसर्गमा नपरेका मानिसलाई पनि शापू रोग हुने गरेको चिकित्सकहरुले बताएका छन् । साथै, अन्य विषाणु र जीवाणुले पनि यो रोग सार्नसक्छन् ।
यो रोग मूलतः नेपालको मध्यपहाडी क्षेत्रमा महामारीकै रुपमा देखिने गर्दछ । शापूको बढिमा ४८ घण्टाभित्र उपचार नपाए आँखाको दृष्टि नै गुम्छ ।
शापू रोगका लक्षण के के हुन् ?
- एक्कासि एउटा आँखा रातो हुनु
- चिप्रा नलाग्नु
- उज्यालोमा हेर्न नसक्नु
- आँखाको दृष्टिमा तत्कालै कमी हुनु
- आँखा दुख्नु
- उपचारमा ढिलो भएमा कालो नानीमा सेतो देखिनु
- शापू रोगको रोकथाम कसरी गर्ने ?
- सेतो पुतलीको संसर्गबाट टाढै रहने
- धेरै उज्यालो सेतो बत्ती नबाल्ने
- साँझ र राति झ्याल ढोकामा जाली हाल्ने
- सुत्ने कोठामा बत्ति निभएर वा मधुरो बत्ति बालेर झुल लगाएर मात्र सुत्ने
समयमै उपचार भएमा शापू रोग निको हुन्छ तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न सक्छ वा आँखा सुकेर जान सक्छ । योग लोको शंका लागेमा तुरुन्तै अस्पताल वा आँखा उपचार केन्द जाऔं । आफुखुशी औषधि वा जडिबुटिको प्रयोग गर्नाले थप खतरा उत्पन्न हुनसक्ने चिकिस्कको सुझाव छ ।