काठमाडौँँ २४ असोज । तिलगंगा आँखा प्रतिष्ठानले आँखा स्वास्थ्यलाई सबैको पहुँच योग्य बनाउन लागिपरेको बताएको छ ।
विश्व दृष्टि दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अस्पतालकी प्रमुख कार्यकारी अधिकृत डा रिता गुरुङले सो धारणा व्यक्त गरेकी हुन् । यसका लागि अस्पतालले केन्द्रमा मात्र नभई देशको कुना–कुनामा सेवा बिस्तार गरेको उनको भनाई छ ।
समारोहलाई सम्बोधन गर्दै अस्पताल प्रमुख डा सिर्जना अधिकारीले नेपालमा ५० वर्ष र माथिका जनसंख्याको २० प्रतिशत जनसंख्याको दृष्टि कमजोर रहेको जानकारी दिइन् । यस्ता समस्या व्यक्तिमा प्रायजसो कार्यस्थलबाटै देखिने गरेको सुनाउँदै उनले काम गर्दा आँखालाई कसरी सुरक्षित राख्न सकिन्छ भन्नेबारे तथ्यांकसहित प्रस्तुति दिइन्।
दृष्टिबिहिन गराउने रोगहरुमा मोतिबिन्दु (६५ प्रतिशत) नै पहिलो कारण रहेको उनले बताइन् । उनका अनुसार अन्य रोगहरुमा आँखाको पर्दाजन्य, आँखाको नानिमा देखिने समस्या, जलबिन्दु र मधुमेहबाट हुने अन्धोपन रहेको छ। चश्माको जाँच तथा प्रयोग पर्याप्त नहुनाले दृष्टिदोष पनि एक मुख्य समस्या रहेको छ। हालसम्म पनि हटाउन सकिने अन्धोपनको संख्या उच्च छ।
पुरुषको तुलनामा महिलाहरुमा दृष्टि बिहिनता बढीरहेका छन्। नेपालको अपाङ्गताहरुमा दृष्टिगत अपाङ्गता एक मुख्य रहेको छ। दृष्टि कमजोर भएका बालबालिकाहरुका औपचारिक शिक्षा ५ गुणाले कमि हुने संभावनाबाट शिक्षाको नतिजा राम्रो नहुन सक्छ। ५ जना अन्धोपना भएका बालबालिकाहरुमध्ये ४ जनालाई उपचार गरेर पुनः दृष्टिको अवस्थामा ल्याउन सकिन्छ।
यो आकडा अनुसार विगतमा भएको सर्वेक्षण भन्दा रोगको भार कम हुँदै गएता पनि बुढ्यौलीपन, नसर्ने आँखाका नयाँ रोगहरु, नयाँ रोगको वृद्धि र मूख्यतया ग्रामिण भेगमा उपलब्ध सेवाको उचित मात्रामा उपयोग कम भएकाले संख्यात्मक रुपमा जुन मात्रामा घट्नु पर्ने हो त्यो अनुरुप भएको पाइँदैन।
नेपालमा हालसम्म कार्यस्थलमा हुने आँखारोगको अवस्था बारेमा नगन्य रुपमा अनुसन्धान भएको पाइन्छ। यसको अलावा कार्यस्थलमा आवश्यक पर्ने उपकरणहरुको प्रयोग, नियमित गर्नुपर्ने चेकजाँच र कार्यस्थलको प्रकृति अनुसार जोखिम मूल्यांकन समय–समयमा गर्ने हो भने यसबाट पर्ने असरलाई न्यूनिकरण गर्दै प्रत्येक नेपालीहरुको जीवनशैली उकास्न उत्पादकत्व वृद्धि गरी राष्ट्रलाई समृद्धि तर्पm उन्मुख गराउन सकिन्छ।
यस वर्ष पनि अक्टोबर महिनाको दोेश्रो बिहिबारका दिनलाई आँखा स्वास्थ्य सचेतनामूलक कार्यक्रमको आयोजना गर्दै विश्व दृष्टि दिवस मनाइँदै छ।