

काठमाडौँ २३ असोज । सरकारले बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री उत्तम जोशीलाई सम्मान गरेको छ ।
जोशी बागमती प्रदेशभर नै उत्कृष्ट कार्य गरेबापत सरकारबाट सम्मानित भएका हुन् ।
उनलाई प्रधानमन्त्री पुष्पकमल दाहालले विश्व मानसिक स्वास्थ्य दिवस एवम् सेतो कोट दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमबीच सम्मान पत्र हस्तान्तरण गरेका छन् ।
जोशी गत जेठमा बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा नियुक्त भएका थिए । उनी चितवन २ (२) बाट निर्वाचित कांग्रेस प्रदेशसभा सदस्य हुन् ।