काठमाडौँ– आज विभिन्न विभिन्न कार्यक्रम गरी विश्व मानसिक स्वास्थ्य दिवस मनाउने भएको छ ।
प्रत्येक वर्षको अक्टोबर १० तारिखमा मनाइने यस दिवस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘मानसिक स्वासथ्य सबैको अधिकार’ भन्ने मुल नाराका साथ मनाइने जानकारी दिएको हो ।
मानसिक स्वास्थ सम्बन्धी समस्या र विभिन्न चुनौतिलाई सामना गर्ने सम्बन्धी सचेतनाका लागि विश्वका १ सय ५० भन्दा बढी देशहरुले विभिन्न कार्यक्रम गरेर सन् १९९२ देखि यो दिवस मनाउँदै आएका छन् । दिवसका अवसरमा यस क्षेत्रमा काम गरेका सरकारी तथा गैरसरकारी सस्थाले समेत जनचेतनामुलक कार्यक्रम आयोजना गरेका छन् ।
नेपालमा करिब २५ लाख मानिसलाई कुनै न कुनै किसिमको मानसिक समस्याले सताउने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । यस्तै करिब ३ लाख व्यक्तिहरु कडा खालको मानसिक रोगको शिकार भएका छन् ।