काठमाडौँ २५ असोज । अबदेखि मापदण्ड पुगेका सवारी साधन र स्वास्थ्य संस्थाले मात्रै एम्बुलेन्स सेवा सञ्चालन गर्न पाउने भएको छ । बिहिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो ।
मन्त्रलायका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८’ अनुसार मापदण्ड पुगेका सवारी सान र स्वास्थ्य संस्थाहरुलाई मात्र एम्बुलेन्स सञ्चालन अनुमति तथा राजश्व छुटको लागि सिफारिस दिने व्यवस्था भएको व्यहोरा जानकारीको लागि सबैमा अनुरोध छ ।’
मापदण्ड तथा सञ्चालन अनुमति सम्बन्धि विस्तृत जानकारी ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ मा हेर्न सकिने मन्त्रालयल जनाएको छ ।