काठमाडौँ २४ असोज । काठमाडौँ महानगरपालिकाले योग प्रशिक्षकका लागि क्षमता अभिवृद्विको तालिम प्रदान गर्ने भएको छ । एक सूचना जारी गर्दै महानगरले निरोगी र दिर्घ जीवनका लागि नगरबासीको दैनिक जीवन आरोग्यपूर्ण रहोस भन्ने उद्देश्यका उक्त तालिम प्रदान गर्न लागेको जनाकारी दिएको हो ।
यसका लागि महानगरले ३२ वडाभित्रका योग क्षमता विकास तालीमको लागि इच्छुक योग प्रशिक्षकहरुलाई सुचना प्रकाशनको १५ दि भित्र निवेदन दिन आह्वान समेत गरेको छ ।
इच्छुक प्रशिक्षकहरुले महानगरपालिकाको वेब साइटमार्फत अनलाइन तथा वडाका शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र वा स्वास्थ्य क्लिनिकहरुमा आवेदन बुझाउन सकिने सूचनामा उल्लेख छ ।