डा. श्वेता नकर्मी
बाथ रोग विशेषज्ञ
बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ। सामान्य भाषामा यसलाई शरीरका जोर्नी दुख्ने समस्या भनेर पनि बुझिन्छ । ‘आर्थराईटिस’ पनि भनिने यसले एउटा मात्रै रोग नभएर विभिन्न रोगहरुको संकलनलाई बुझाउँछ ।
लक्षण
विभिन्न दिर्घकालीन रोगमध्ये एक बाथअन्र्तगत विशेषगरी अटो इम्युन डिजिजहरु पर्छन् । सबैजसो बाथ रोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नी दुख्नु तथा सुन्निनु हो। तर यो धेरै प्रकारका हुन भएकाले यसका लक्षण पनि भिन्न–भिन्न देखिन्छन् । जस्तो ः जोर्नी दुखाइमा हातका, खुट्टाका साना, ठूला जोर्नीहरु सुन्निने, दुख्ने, बिहानपख अररो हुने, मुठी कस्न गाह्रो हुने र बिस्तारै घाम लाग्दै गइसकेपछि वा दिन ढल्दै गइसकेपछि सहजपना आउने, यो बाथको मुख्य लक्षण हो । छालामा विभिन्न प्रकारको डाबर आउने, गालामा पुतली आकारको डाबर आउने, घाममा जाँदा पोल्ने, चिल्चिल्याउने, घाउ हुने, बारम्बार निको नहुने घाउहरु आइरहने, खुट्टामा विभिन्न प्रकारको डाबर आउने, चाया, पोतो आउने ।
चिसो पानी चलाउँदा हातको रङ परिवर्तन हुने, हातको रङ सेतो, निलो वा पहेंलो भएर चेन्ज हुने यो पनि बाथको एउटा लक्षण हो । मेरुदण्ड बाथको कुरा गर्दा मेरुदण्ड दुख्ने, कम्मर दुख्ने, विशेष गरी राति एक निन्द्रा सुतिसकेपछि मध्यरातदेखि कम्मर दुखाई शुरु हुने, बिहानपख कम्मर अरट्ठ हुने, काम गर्न गाह्रो हुने, यो पनि मेरुदण्डको बाथको लक्षण हो ।
जोखिम समूह
बाथ रोग सबै उमेर समूहमा समान किसिमले देखिएको पाइन्छ । यद्यपि उमेर समूह अनुरुप व्यक्तिहरुमा देखिने बाथको प्रकार भने फरक–फरक रहन्छ । यस्तै हार्माेनका कारण महिला र पुरुषलाई पनि भिन्दाभिन्दै बाथले सताउने गर्छ । जस्तो ः महिलामा स्ट्रोजेन हार्माेनका कारण पुरुषको तुलनामा महिलामा कठिँया बाथ ३ गुणा र लुपस तथा फाइब्रोमाइल्जिया बाथको जोखिम ९ गुणा बढी हुन्छ ।
तर, स्ट्रोजेन हार्माेनकै कारण महिलामा युरिक एसिडको बाथ कम देखिन्छ जबकी पुरुषमा भने मेरुदण्ड तथा युरिक एसिडको बाथ बढी देखिन्छन्् । यसर्थमा के बुझ्न सकिन्छ भने बाथका समस्या सबै उमेर तथा लिङ्गीमा समान रुपमा देखिएपनि यसका प्रकार र संख्यामा भने भिन्नता देखिन्छ ।
उपचार पद्वति
सर्वप्रमथम हामीे के बुझ्नुपर्छ भने बाथ रोग दिर्घकालीन रोग भएकाले यसको उपचार पनि दिर्घ रुपमा नै गरिरहनु पर्छ (जस्तो दिर्घ रुपमा औषधी सेवन) । यसका उपचार पद्वतिहरु निम्न रहेका छन् ः
औषधी सेवन
पहिलो चरणमा नै बाथ रोगको पहिचान गर्न सकेमा बिरामीलाई औषधीकै सुझाव दिइन्छ । यसले व्यक्तिको दुखाईको समयावधिलाई मात्रै नभई आर्थिक पक्षलाई समेत कम गराउन मद्दत गर्छ ।
यसअन्र्तगत बिरामीलाई आवश्यकता अनुसार निश्चित अवधिका लागि लक्षण नियन्त्रण र अर्र्काेे बाथ नियन्त्रण गरी दुई किसिमको औषधी सेवनको सल्लाह दिइन्छ । यससंगै चित्सिकको सल्लाहमा शुरुवाती चरणबाटै प्रयोग गरिएको औषधी सेवनले समस्यालाई नियन्त्रण गर्नुका साथै यसले निम्त्याउने जोखिमलाई कम गराउन समेत मद्दत गर्छ ।
यसरी बिरामीलई दिइने औषधी एउटा खाने र अर्को सुईको माध्यमबाट दिइन्छ । यस क्रममा बिरामीको अवस्था अनुसार औषधीको मात्रा विस्तारै घटाउँदै लान सकिन्छ भने बिरामीमा कुनै लक्षण नदेखिएको खण्डमा औषी सेवनमा रोक पनि लगान सकिन्छ ।
खानपिन र जीवनशैली
बाथको उपचार पद्वतिमा औषधिसंगै व्यक्तिको खानपिन र जीवनशैलीले पनि विशेष महत्व राख्छ । खानपिनको सन्दर्भमा भन्नुपर्दा अधिकांशमा बाथरागीले गेडागुडी, तामा, गोलभेँडा तथा मासु खान हुँदैन भन्ने भ्रम व्याप्त रहेको पाइन्छ । युरिक एसिडबाहेकका बाथ रोगीले खाना बार्नु पर्दैन । यस्ता बिरामीले अल्कोहलजन्य पदार्थ तथा जनावरहरुको कलेजो, मुटुजस्ता भित्री अंग तथा रातो मासु, नुन चिनी तथा सी फुड कम खानुपर्छ ।
यसबाहेकका अन्य बिरामीले भने स्वस्थ खानामा विशेष जोड दिए पुग्छ । यसका लागि बिरामीले कम चिल्लो, गुलियो, नुनिलो खाना, दुध तथा दुधजन्य परिकार, हरियो फलफूल, तरकारी तथा शरीरलाई आवश्यक पानी सेवनमा विशेष जोड दिनुपर्छ ।
बिरामीले ध्यान दिनुपर्ने पक्षहरु
बाथरोगको समस्या अन्य समयको तुलनामा जाडोमा अलि बढ्ने भएकाले चिसो पानी धेरै नखेलाउने, शरीरलाई न्यानो बनाइराख्नुपर्छ । यसबाहेक बिरामीले अल्कोहल एवम् धुम्रपान सेवनबाट टाढै रहदै तौल नियन्त्रणमा राख्ने तथा नियमित व्यायामलाई जोड दिनुपर्छ ।