ललितपुर २४ असोज । ललितपुर इमाडोलस्थित किस्ट मेडिकल कलेज शिक्षण अस्पतालले एकै व्यक्तिमा पहिलोपटक एकै समय मिर्गौला र कलेजोको दुर्लभ प्रत्यारोपण सफल भएको छ ।
अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यका अनुसार, भरतपुरकी ३३ वर्षीया सोनाकुमारी थापा भुजेलको दुवै अङ्ग (मिर्गौला र कलेजो) एकैचोटी प्रत्यारोपण गरिएको हो ।
यस प्रत्यारोपणको शल्यक्रिया गर्न चिकित्सक टोलीलाई १८ घण्टा लागेको थियो। हाल बिरामीको अवस्था सामान्य भएको र उनलाई पोस्ट अपरेटिभ केयर युनिटमा राखिएको अस्पतालले जनाएको छ।
भुजेलमा जन्मजात रोगका कारण मिर्गौला र कलेजोमा समस्या देखिएको थियो । जसका कारण मिर्गौला बिग्रे पछि उनले डायलासिस सेवा लिइरहेकी थिइन्। ‘कलेजोले एक खालको विशाक्त रसायन उत्पादन गरेका कारण दुवै मिर्गौला बिग्रिएको थियो।
यसैकारण उनको कलेजोमा समेत असर परेको उनलाई श्रीमानले कलेजो र आफ्नै भाउजूले मिर्गौला दान गरेका हुन् ।