काठमाडौँ २५ असोज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ। डेंगु संक्रमण देखिएका यादवको हाल सिभिल अस्पतालमा उपचार भइरहेको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।
केही दिनयता विसन्चो रहेका यादवमा वान्ता आउने तथा ज्वरो लगायत स्वास्थ्य समस्या देखिएपछि डेंगु परीक्षण गरिएको थियो। परीक्षणबाट संक्रमण पुष्टि भएपछि बुधबार बेलुकी अस्पताल भर्ना गरिएको हो।
उनको उचित स्वास्थ्य निगरानीका लागि अस्पताल भर्ना गरिएको बताइएको छ। अस्पतालका मेडिकल डाइरेक्टर डा विदेश विष्ट र निजी चिकित्सक डा शिवजी सिलवाल लगायतले उनको उपचार गरिरहेका छन्।