काठमाडौं, २६ असोज । नेपाल औषधि उत्पादक संघको नयाँ नेतृत्वलाई भएको चुनाव सकिएपछि मतगणना सुरु भएको छ ।
राजधानीको एलिस रेष्टुरेन्टमा भएको अधिवेशनमा ५३ जनाले मतदान गरेका छन् । अध्यक्षका लागि यसअघिका वरिष्ठ उपाध्यक्ष महेश प्रसाद प्रधान र महासचिव विप्लव अधिकारी चुनावी मैदानमा छन् ।

