काठमाडौं, २६ असोज । औषधि उत्पादकहरुको छाता संगठन नेपाल औषधि उत्पादक संघ (एप्पोन)को नेतृत्वका लागि सहमति नजुटेपछि अन्ततः चुनाव हुने भएको छ ।
चुनावमा अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष महेशप्रसाद प्रधान र महासचिव विप्लव अधिकारी मैदानमा आएका छन् । यसअघि सहमतिको प्रयास भएपनि निर्वाचन प्रकृयामै जाने निर्णय भएको हो । संघको नेतृत्वका लागि ९ जना सदस्यमा ११ जनाले उम्मेद्वारी दिएका छन् ।
उम्मेद्वारहरुको सूचि यसप्रकार रहेको छ ।