काठमाडौँ २६ असोज । वर्तमान समयमा व्यस्त जीवनशैलीका कारण अधिकांश अभिभावकले आफ्ना सन्तानलाई उचित समय दिइरहेका हुदैँनन् । जसकारण बालबालिकाहरु विरत्तिने र एक्लो महशुस गर्ने गर्छन् ।
यद्यपि उनीहरुले आफुभित्रको सो एक्लोपनलाई मेटाउनका लागि आफैँमा रमाउने वा अन्य विभिन्न क्षेत्रहरुमा समय व्यतीत गरेर त्यही नै भुल्लिएर रमाउने प्रयास गर्छन् । र, लामो समयसंम्म एकै क्षेत्रमा अन्र्तनिहित हुँदा जोकोहि व्यक्तिमा पनि त्यसप्रतिको लगाव बढ्दै गई कालान्तारमा त्यो नै लतको रुपमा विकास हुन पुग्छ । उदाहरणका लागि पछिल्ला समयमा अत्याधिक रुचाइएका पबजी तथा फ्रि–फायर्सजस्ता गेमको लतलाई पनि लिन सकिन्छ ।
सोहि किसिमले बालबालिकामा पनि आफ्ना अभिभावकको अभावलाई मेटाउने विभिन्न प्रयासहरु नै उनीहरुमा लतको रुपमा विकास भइसकेको हुन्छ । र,
फलस्वरुपः उनीहरु आफ्नै एक्लोपन वा साथीको दुनियाँमा रमाई अभिभावकसंग समय व्यतीत गर्न तथा उनीहरुको कुरा सुन्न चाहादैनन् ।
समस्या निराकरणका उपायहरु
यसका लागि प्रत्येक अभिभावकले बुझ्नै पर्ने कुरा के हो भने, बालबालिका देखिने यस्ता स्वभाव तत्कालीन अवस्था मात्रै नभई लामो समयदेखिको बानी पनि हो । अभिभावक भनेको बालबालिकाको निम्ति सबैभन्दा नजिकको साथी अनि विश्वासिलो पात्र पनि हुन् । जुनसुकै बालबालिकाले पनि आफ्ना अभिभावकलाई ‘सुपर हिरो’ सोचेका हुन्छन् । उनीहरुमा आफ्ना अभिभावकले जे पनि गर्न सक्छन्भ न्ने विश्वास रहेको हुन्छ । त्यसैले उनीहरु आफ्ना अभिभावक सदैव आफ्नै साथमा भइदिए हुन्थ्यो भन्ने चाहाना राख्छन् । तर, यता भने व्यस्त जीवनशैलीको बाहानामा अभिभावकले आफ्ना पर्याप्त समय दिन सकिरहेको हुँदैनन् ।
र, बालबालिकाको त्यस्तो परिस्थितिमा अभिभावक साथ नभई दिँदा फलस्वरुपः उनीहरुमा अभिभावकप्रतिको विश्वास र आशक्ति मेटिन गई अन्य साथीको खोजी गर्ने वा एक्लोपनमा नै रमाउने गर्छन् । तर, आफ्ना बालबालिकामा यस्ता समस्या नदेखिऊन् भन्न वा देखिएका यस्ता
समस्या न्युनिकरणको लागि अभिभावकले निम्न पक्षहरुमा विशेष ध्यान दिनुपर्छः
-शुरुवाती देखि नै प्रत्येक अभिभावकले आफ्ना सन्तानमा व्यक्तिगत एवम् सामाजिक रुपमा प्रतिक्रिया गर्ने∕गराउने बानीको विकास गराउने
-आफ्ना पेशेवर समस्यालाई सोहि क्षेत्रमा नै सिमित राख्दै उनीहरुसंग सक्दो समय व्यतीत गर्न प्रयास गर्ने
-अध्ययन बाहेकका मनोरञ्जनात्मक तथा उनीहरुको रुचिपूर्ण क्रियाकलापका लागि समेत निश्चित समय तोक्दै दैनिक समयातालिका बनाई त्यसलाई अनुशरण गर्ने∕गराउने
-बालबालिकाको रुचीपूर्ण पक्ष जस्तैः टिभी हेर्ने, खेलकुद खेल्ने, वा अन्य रचनात्मक एवम् मनोरञ्जनात्मक गतिविधिमा आफु पनि सरिक हुने तथा घरका कामहरुमा आफुसंगै उनीहरुलाई पनि समावेश गराउने सकेसम्म उनीहरुलाई सामुहिकसामाजिक गतिविधिमा संलग्न गराउने
-उनीहरुको समस्या ध्यान दिएर सुन्ने बानी बसाल्ने
-र, बालबालिकामा अकस्मात् देखिएका प्रत्येक शारीरिक, सामाजिक एवम् व्यवहारिक परिवर्तनलाई ख्याल राखी सोको बारे उनीहरुबाटै बुझ्ने र आफुले पनि बुझाउने प्रयास गर्ने ।
यद्यपि यस्ता प्रयास गर्दागर्दै पनि उनीहरुको व्यवहारिक तथा सामाजिक पक्षमा देखिएको समस्यालाई कम गर्न नसकेको खण्डमा परामर्शका लागि सम्बन्धित विज्ञसंग सम्पर्क गर्ने ।