काठमाडौँ, २९ असोज । काठमाडौँ फोटोग्राफर संघले निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ । संघले शनिबार काठमाडौंमा पर्व शुभकामना आदानप्रदान समारोहबीच सो कार्यक्रम सम्पन्न गरेको हो ।
फोटोग्राफीमा प्रयोग हुने डिजिटल डिभाइसले आँखामा आउनसक्ने समस्यालाई मध्यनजर गरी सो शिविरको आयोजना गरिएको अध्यक्ष हरि प्रसाद घिमिरे बताए ।
उनका अनुसार शिविरमा मधुमेहका बिरामीका लागि विशेष आँखा चेकजाँच तथा आवश्यक औषधी निःशुल्क वितरण गरिएको थियो । कार्यक्रमबाट १ सय ७० भन्दा बढीले सेवा लिएका छन् ।