काठमाडौं—स्वास्थ्य बिमा बोर्डका ५ जना सदस्यले सामूहिक राजीनामा बुझाएका छन् । मंगलबार उनीहरुले बोर्डको कार्यालयमार्फत स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई राजीनामा दिएका हुन्।
राजीनामा दिनेहरुमा बोर्डका मनोनित सदस्यहरु डा. सुरेश तिवारी, डा. तारा साह, चन्द्र थापा, टीका चापागाई भट्टराई र इन्द्रकला राई रहेका छन् । सरकारले ९ महिनादेखि बोर्ड अध्यक्ष नियुक्त नगरेको, बीमा कार्यक्रम गिजोल्न गलत मनसायले कार्यकारी निर्देशकलाई निलम्बन गरेको र आवश्यक जनशक्तिको उचित व्यवस्थापन गर्न नसकेको उनीहरुको आरोप छ ।
यसअघि स्वास्थ्यमन्त्री मोहन बस्नेतले स्वास्थ्य बिमा ऐन विपरित बोर्डका कार्यकारी प्रमुख डा. दामोदर बसौलालाई स्पष्टिकरण सोध्दै निलम्बन गरेको थियो । ८ महिनादेखि अध्यक्षविहिन बोर्डमा अब सामूहिक राजीनामापछि निमित्त कार्यकारी निर्देशक र अर्थ मन्त्रालयका प्रतिनिधि गरी दुईजना मात्रै सदस्य बाँकी रहेका छन् ।