ललितपुर, ३० असोज । युद्वग्रस्त इजरायलबाट फर्केका नेपालीहरुलाई ललितपुरको अन्नपूर्ण प्राकृतिक अस्पतालले निःशुल्क मनोवैज्ञानिक परामर्श सेवा दिने भएको छ।
अस्पतालका सञ्चालक तथा मेडिकल डाइरेक्टर डा. स्कन्द डाँगीले युद्धग्रस्त मुलुकबाट ज्यान जोगाएर फर्केका नेपालीहरूको मनोवैज्ञानिक स्वास्थ्यलाई मध्यजर गर्दै उनीहरुलाई परामर्श एक महिने निःशुल्क प्राकृतिक उपचार दिने बताएका हुन्।
यसअन्र्तगत अस्पतालले मनोवैज्ञानिक परामर्श, न्युरो मनोचिकित्सक, पुनर्स्थापना कार्यक्रम, योग, ध्यान, प्राकृतिक उपचार, जडिबुटी फिजियोथेरापीहरू जस्ता सेवा निःशुल्क दिने उनको भनाई छ ।
सो बिरामीलाई न्युरोसाइक्र्याटिस्ट डा. प्रदीप पाण्डे, प्राकृतिक चिकित्सक तथा योग विशेषज्ञ डा. स्कन्द डाँगी, आयुर्वेद चिकित्सक डा। रमेश पौडेल, योग थेरापिस्ट सविन महर्जन, न्युरो फिजियोथेरापिस्ट डा. वीरेन्द्र खड्काको टिमले सेवा दिनेछन्।
सरकारले युद्वग्रस्त इजरायलबाट बुधवार २५४ नेपालीलाई उद्वार गरी स्वदेश फर्काएको थियो ।