काठमाडौँ, ३ कत्तिक । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को सिनेट सदस्यमा अन्य दुई जना थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सिनेटमा अमुदा श्रेष्ठ र पदमबहादुर गिरीलाई मनोनयन गरेको हो ।
सरकारले उनीहरुलाई प्रतिष्ठान ऐन २०६३ को दफा ७ को उपदफा (२) को (ध) बमोजिम मनोनयन गरिएको जानकारी दिएको छ ।
उल्लेखित दफा (ध) मा ‘लब्ध प्रतिष्ठित विज्ञान तथा समाजसेवीहरु मध्येबाट महिला समेतको प्रतिनिधित्व हुने गरी नेपाल सरकारले मनोनित गरेको दुई जना सदस्य रहने छन्,’ भनिएको छ ।
नव मनोनित सदस्यहरुको कार्यकाल तीन वर्षसम्म रहने व्यवस्था छ ।