काठमाडौँ, ४ कात्तिक । नेपाली समाजमा चाडपर्व भन्ने बित्तिकै मिठो खाएर रमाइलो गर्ने भन्ने एक किसिमको अघोषित प्रचलन नै छ । जसमा चिल्लो, पिरो र मसालेदार खाना समावेश नहुने त कुरै भएन । यस समयमा व्यक्ति स्वयम् आफ्नो खानपिनमा बेवास्ता त गर्छन् नै संगै आफ्ना बालबालिकाको खानपिनमा समेत खासै ध्यान दिएका हुदैनन् । यस समयमा कतिपय अभिभावकले बालबालिकालाई उनीहरुको इच्छा बमोजिम नै खानेकुराहरु खान छुट समेत दिएका हुन्छन् ।
तर, बालबालिकाको उमेर शारीरिक तथा मानसिक रुपमा विकसित हुने उमेर भएकाले त्यसमाथि पनि अधिकांश शारीरिक तथा मानसिक वृद्धि विकास खानाबाट नै हुने हुदा उनीहरुको खानपिनमा विशेष ध्यान दिनुपर्ने विज्ञहरु बताउँछन् । त्यसैले चाडबाड होस् या अन्य समयमा, कहिल्यै पनि बालबालिकाको खानपिनमा बेवास्ता गर्न नहुने उनीहरु सुझाउँछन् ।
बालबालिकालाई सदैव उनीहरुको वृद्धि तथा विकासमा सघाउ पु¥याउने ताजा तथा स्वथ्यवद्र्धक खानाहरु मात्रै खुवाउनु पर्दछ । उनीहरुलाई दिइने खानाले स्वास्थ्यमा कस्तो प्रभाव पु¥याउँछ भन्ने कुरामा अभिभावक सदैव सचेत रहनुपर्छ । यद्यपि अन्य समयमा ताजा तथा स्वस्थयवद्र्धक खानाहरु खुवाइएता पनि चाडबाडको दौरान भने बालबालिकालाई कस्ता खाना खान दिने भन्ने विषयमा भने अधिकांश अभिभावकमा अन्योलता सिर्जना भएको पाइन्छ । या चिन्तालाई अभिभावकले निम्न प्रक्रियाबाट दूर गर्न सकिन्छ :
-नियमित झैं घरमै निर्मित खानालाई विशेष प्राथमिकता दिने
-चिल्लो, पिरो तथा मसालेदार खानाहरु समावेश नगराउने
-एकैचोटी भन्दा पनि पटक पटकमा सन्तुलन मिलाएर खाना खान दिने
-फलफुल तथा तरकारीमा विशेष जोड दिने
-ताजा तथा स्वस्थ्यवद्र्धक खाना मात्रै खुवाउने
-माछामासु दिँदा सकेसम्म उसिनेर पकाएको खुवाउने
-बजारमा उपलब्ध पेय पदार्थको सट्टामा कागती सर्वतको प्रयोग गराउने
-चाडबाडको समय भन्दैमा जे भेट्यो र जे छ त्यही खान दिने गर्नु हुदैन
-बाहिर लैजादा बालबालिकालाई घरमा नै पेटभरि खानाहरु खुवाएर लैजाने ।