काठमाडौँ, ३ कात्तिक । तारकेश्वर नगरपालिका र शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबीच सम्झाता भएको छ । यी दुईबीच बुधबार नगरपािलका अन्र्तगत एक सय शय्या क्षमताको मिर्गौला डायलाइसिस सेन्टर सञ्चालनमा ल्याउने सहमति भएको हो ।
सञ्चालनमा ल्याउने भनिएको उक्त डायलाइसिस सेन्टर नगरको १ नम्बर वडाको साङ्ला प्राथमिक स्वास्थ्य केन्द्रसँगै रहेको २७ रोपनी जग्गामा स्थापना हुने मेयर कृष्णहरि महर्जनले बताए ।
तत्कालका लागि उक्त जग्गामा प्रिफ्याभ हाउस निर्माण गरी सञ्चालन गर्ने द्विपक्षीय सम्झाता भएको उनको भनाई छ ।
सो सेवा सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार नगरपालिकाले र आवश्यक जनशक्ति, मेशिन, औजार, उपकरण तथा औषधि र रासायनिक पदार्थहरु शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।