काठमाडौँ, ४ कात्तिक । यसपटकको ‘मिसेज कल्चर–२०२३’ को ताज डा. ओजस्वी शेरचनले पहिरेकी छन् ।
शुक्रवार ३५ प्रतिस्पर्धीलाई पछ्याउँदै मिसेज कल्चर–२०२३’ बनेकी हुन् । यससंगै प्रतियोगितामा डा. शेरचनले पब्लिक च्वाइस विधाको समेत उपाधि हात पारेकी छन्।
उनलाई प्रतियोगिताका ब्रान्ड एम्बेसडर नेपालको प्रथम मिस नेपाल रुबी राणाले ताज पहिराएकी थिइन्। मुस्ताङमा जन्मेर सोलुखुम्बुका डा। कुञ्जाङ शेर्पासँग बैबाहिक सम्बन्धमा बाँधिएकी ओजस्वी आफै पनि चिकित्सक हुन् । फिनालेमा उनले आफ्नो परिचय दिने क्रममा पनि यही कुरालाई आकर्षक रपमा प्रस्तुत गरेकी थिइन् ।
जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित सो प्रतियोगीतामा डा. अंकिता ठाकुरले फस्ट रनर अपसँंगै डाइनामिक विधाको अवार्ड आफ्नो पोल्टामा पार्दा सुष्मा बस्नेतले सेकेन्ड रनर अपको उपाधि जितेकी छन् । थर्ड रनर अप श्रेया ढुंगानाले र फोर्थ रनर अपको उपाधि नीरा तामाङले हासिल गरिन्।
नीराले इन्टिलेक्चुयल विधागत उपाधि समेत आफ्नो भागमा पारेकी छिन्। विजेता सबैले उपाधिको साथमा मिना बजार र यचु हेयर ओयलबाट एक्सक्लुजिभ गिफ्ट प्राप्त गरे।