Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा
  • औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू
  • अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश
  • चितवनमा औलोका सात बिरामी भेटिए
  • १६० जनामा कोरोना पुष्टि, वागमतीमा सबैभन्दा धेरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



मुख्य समाचार

दुईवटै सचिव नभएका दिन कनिष्ठलाई निमित्त निर्देशक बनाएर नरदेवी अस्पतालका निर्देशकलाई हटाइयो

Aricle TechBy Aricle Tech२०८० कार्तिक १३, सोमबार
Share
Facebook Twitter

काठमाडौं, १३ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले मन्त्रालयका दुवैजना सचिव अनुपस्थित भएका दिन हठात् रुपमा केन्द्रिय आयुर्वेद चिकित्सालय नरदेवीका निर्देशक डा. प्रदीप केसीको सरुवा गरेको पाइएको छ ।

केसीको ठाउँमा आयुर्वेद चिकित्सालय नरदेवीमा दरबन्दी नै नभएका आयुर्वेद विभागका दशौं तहका डा. श्यामबाबु यादवलाई नि. निर्देशक बनाएर नरदेबी पठाइएको छ । यता नरदेबीमै दरबन्दी भएका ११ औं तहका निर्देशक डा. केसीलाई भने सिंहदरवार वैद्यखाना विकास समिति अन्तर्गत कार्य गर्ने गरि कार्यकारी निर्देशक बनाएर पठाइएको हो ।

डा. केसीलाई हटाएर यादवलाई निर्देशक बनाउने निर्णय गर्ने दिन गत कार्तिक २ गते स्वास्थ्य सचिव डा. रोशन पोखरेल बेलायतमा भएको र अर्की सचिव देव कुमारी गरागाईं पनि संखुवासभा गएको पाइएको छ ।

नरदेवीलाई धेरै हदसम्म सुधार गरेको भनेर प्रशंसा कमाएका ११ औं तहका डा. प्रदिप केसीलाई वैद्यखानामा सरुवा गर्ने पत्रमा साविककै निकायमा दरबन्दी रहने गरि सिंहदरवार वैद्यखाना विकास समिति (गठनादेश) २०७७ बमोजिम आर्थिक र प्रशासनिक अधिकार प्रयोग गर्नेगरि भन्ने उल्लेख गरिएको छ ।

डा. केसीभन्दा एक तह कनिष्ठ यादवलाई निर्देशक बनाउन नमिल्ने भएर निमित्त निर्देशक बनाइको छ । वरिष्ठलाई असम्बन्धित ठाउँमा हुइँक्याएर कनिष्ठलाई ‘टुरिष्ट निर्देशक’ बनाइएको भन्दै आयुर्वेद चिकित्सालयमा गाईंगुईं चल्न थालेको छ ।

सरुवा भएका डा. प्रदीप केसी पनि यतिबेला नेपालमा नभएको पाइएको छ । डा. केसी दशैं विदामा विदेश गएकै दिन उनलाई वैद्यखानामा कामकाजका लागि खटाइएको पत्र दिइएकाले उनले हालसम्म पत्र बुझि नसकेको आयुर्वेद चिकित्सालय नरदेवी स्रोतले जनाएको छ ।

स्रोतका अनुसार डा. केसीले आफु निजामति कर्मचारी भएपनि प्रतिशोधका कारण विकास समितिको आर्थिक प्रशासनिक काममा खटाइएको भन्दै रुष्ट बनेका छन् । डा. केसीले नेपाल आएर कानुनी लडाईंमा जाने बारे निकटस्थहरुसँग छलफल थालेको पनि आयुर्वेद चिकित्सालय नरदेवी स्रोतले जनाएको छ ।

यता आयुर्वेद विभाग टेकुमा दरवन्दी भएका डा. यादवलाई पनि साविककै स्थानमा दरबन्दी रहनेगरि नरदेवीमा कामकाजका लागि मात्र खटाइएको पत्रमा उल्लेख छ । त्यस्तै विभागले पनि यादवलाई नरदेवीमा कामकाजका लागि खटाइएको भन्दै आयुर्वेद चिकित्सालय नरदेवीलाई पत्राचार गरेको छ ।

नरदेवीको निमित्त निर्देशक बनाइएका यादव आयुर्वेद चिकित्सक संघ नेपालका अध्यक्ष पनि हुन् । राजनीतिक पहुँचका आधारमा वरिष्ठलाई हटाएर कनिष्ठलाई निर्देशक बनाइएसँगै यादवले आफ्नो राजनीतिक पहुँचको प्रयोग गरेर नियुक्ति लिएको आशंका गरिएको छ ।

Aricle Tech
  • Website

सम्बन्धित खबर

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

भर्खरै

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

२०८२ असार ६, शुक्रबार

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

२०८२ असार ६, शुक्रबार

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

२०८२ असार ६, शुक्रबार

चितवनमा औलोका सात बिरामी भेटिए

२०८२ असार ६, शुक्रबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.