Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा
  • औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू
  • अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश
  • चितवनमा औलोका सात बिरामी भेटिए
  • १६० जनामा कोरोना पुष्टि, वागमतीमा सबैभन्दा धेरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



समाचार

जिल्ला अस्पताल रुकुम पश्चिममा ३५ वर्षपछि ब्लड बैंक स्थापना

Aricle TechBy Aricle Tech२०८० कार्तिक १४, मंगलवार
Share
Facebook Twitter

रुकुम, १४ कात्तिक । जिल्ला अस्पताल रुकुम पश्चिममा ३५ वर्षपछि ब्लड बैंक स्थापना भएको छ । विसं २०४५ मा स्थापना भएको अस्पतालमा विभिन्न निकायको सहयोगमा
३५ वर्षपछि मात्रै ब्लड बैंक सञ्चालनमा आएको हो ।

अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारीका अनुसार रूपान्तर नेपाल भक्तपुर, मुसिकोट नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम पश्चिम लगायतका संस्थाको सहयोगमा अस्पतालमा ब्लड बैंक सञ्चालनमा आएको हो । यससँगै जिल्लामा ब्लड बैंकको सङ्ख्या दुई पुगेको छ। यसअघि चौरजहारीमा ब्लड बैंक सञ्चालनमा आइसकेको छ।

ब्लड बैंकका लागि रूपान्तर नेपालले रु ३० लाख बराबरका विभिन्न १० प्रकारका सामग्री तथा उपकरण सहयोग गरेको छ। रूपान्तर नेपालले ग्रेस मिसन सिङ्गापुरको सहयोगमा ब्लड बैंकका लागि आवश्यक सामग्री मुसिकोट नगरपालिकालाई हस्तान्तरण गरेको थियो भने नगरपालिकाले अस्पताललाई हस्तान्तरण गरेको हो।

उक्त सामग्री सहयोग पाएपछि कर्मचारी तथा आवश्यक भौतिक संरचनाको व्यवस्थापन गरेर ब्लड बैंक स्थापना गरिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। बैंकका लागि छुट्टै भवनको व्यवस्था गरिएको कार्यालयले जनाएको छ। ब्लड बैंक स्थापना भएपछि अब जिल्ला अस्पतालमा आउने रगतको आवश्यकता पर्ने बिरामीलाई सहज भएको छ। अस्पताल स्थापना भएको वर्षौँसम्म पनि ब्लड बैंक नहुँदा रगतको आवश्यकता पर्ने बिरामी मारमा पर्दै आएका थिए। रगतको आवश्यकता सेना, प्रहरी, कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकार तथा बिरामीका आफन्त वा अन्य व्यक्तिलाई गुहारेर पूर्ति गर्ने गरिएको थियो।

ब्लड बैंक उद्घाटन गर्दै मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले रगत अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् र जिल्ला बाहिर जानु नपरोस् भनेर ब्लड बैंक स्थापनाका लागि नगरपालिका गम्भीरताका साथ लागेको जानकारी गराए। अस्पतालमा विशेषज्ञ सेवा सुचारु भइरहेकाले रगतको अभाव भएको अवस्थामा नगरपालिका गम्भीर बनेको र त्यसैको फलस्वरूप आज ब्लड बैंक स्थापना गर्न सफल भएको उनको भनाइ छ ।

नगरपालिका आफैंले मात्र लगानी गरेर ब्लड बैंक सञ्चालन गर्न सम्भव नदेखिएपछि नगरपालिकाले दातृ निकायलाई गुहारेको उनले जानकारी दिए। ब्लड बैंकस्थापनासँगै रक्तदान सुरु भएको छ। आज पहिलो दिन सात जनाले रक्तदान गरेको बताइएको छ। त्यसमध्ये दुई जना बिरामीलाई रगत चढाइएको छ।

Aricle Tech
  • Website

सम्बन्धित खबर

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

भर्खरै

पार्किन्सन्स रोगीका लागि सात अस्पतालमा औषधि र शय्या सुविधा

२०८२ असार ६, शुक्रबार

औषधि पसललाई धरान उपमहानगरको निर्देशन : चिकित्सकको सल्लाहबिना औषधी बिक्री नगर्नू

२०८२ असार ६, शुक्रबार

अभ्युदय र श्रीनाको ४ वर्षे संघर्ष सफल, स्यानिटरी प्याडमा कर हटाउन सर्वोच्चकाे परमादेश

२०८२ असार ६, शुक्रबार

चितवनमा औलोका सात बिरामी भेटिए

२०८२ असार ६, शुक्रबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.