Close Menu
Swasthya diarySwasthya diary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
PHARMADIARY
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
  • आयुर्वेद
  • ब्लग
Facebook X (Twitter) Instagram
ट्रेन्डिङ
  • मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम
  • ३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
  • समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा
  • बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह
  • आयुर्वेद चिकित्सा: फाइदा धेरै प्रचार थोरै
Facebook X (Twitter) Instagram
Swasthya diarySwasthya diary
PharmaDiary
  • गृहपृष्ठ
  • समाचार
  • मल्टिमिडिया
  • फिचर
  • आर्टिकल
  • अन्तर्वार्ता
  • कर्पोरेट
  • योग
  • औषधि/उपकरण
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमति
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • आयुर्वेद
  • ब्लग
  • नेपाली
    • नेपाली
    • English
Swasthya diarySwasthya diary



आयुर्वेद

लाभदायक जलनेती : यस्ता छन् प्रक्रिया र फाइदाहरु

Aricle TechBy Aricle Tech२०८० कार्तिक १४, मंगलवार
Share
Facebook Twitter

काठमाडौँ, १४ कात्तिक । जलनेती नाकको सरसफाइ राख्नाका लागि गरिने एक एक प्राचीन र प्राकृतिक योगिक क्रिया हो ।

विशेषगरी पिनासका बिरामीका उपयुक्त मानिने यस योगिक क्रियाले नाकमा भएका फोहोरलाई बाहिर निकाल्ने काम गर्छ । जसले गर्दा नाकमा रहिरहने किटाणु बाहिर आउँछ भने यसले सहन श्वासप्रश्वास प्रक्रियालाई पनि थप बढावा दिन्छ ।

बिहानको समयमा उपयुक्त मानिने जलनेती साताको एकपटक गर्नु उपयुक्त हुन्छ । तर रुघाखोकी लागेको व्यक्तिका लागि भने दिनमा दुईदेखि तीनपटकसम्म पनि गर्न सकिन्छ । यो अभ्यास सबैका लागि उपयुक्त नहुने भएकाले पहिलोपटक गर्दा योग प्रशिक्षकको निगरानी र सल्लाहमा मात्रै गर्नु उचित मानिन्छ ।

यस्तै नाक, कान र घाँटीको शल्यक्रिया गरेका, ढाड दुख्ने समस्या भएका र गर्भवती महिलाले भने यो अभ्यास गर्नुहुँदैन ।

जलनेतीका लागि आवश्यक सामाग्री
मनतातो नुनपानी र जलनेती गने नेती भाँडा । जलनेती गर्ने भाँडा बजारमा सहजै उपलब्ध छन् । नेती चयन गर्दा नाकमा ठीकसँग सेट हुने आकारको चयन गर्नुपर्छ ।

जलनेती गर्ने प्रक्रिया

–नेती भाँडोमा एक लिटर मनतातो पानी लिने र यसमा एक चम्चा नुन हाल्नुपर्छ ।

–जलनेती गर्न दुई खुट्टाको बीचमा अलिकति दूरी राखेर बस्नुपर्छ ।

–टाउको अलि तल झुकाउने र मुखबाट सास फेर्न सुरु गर्ने, ताकि एउटा नाकबाट हालेको पानी अर्को नाकको प्वालबाट आउन सहज होस् ।

–कम्मरबाट अलिकति झुकेर पनि जलनेती योग गर्न सकिन्छ ।

–अब पानीले भरिएको नेती भाँडो लिनुहोस् र यसलाई आफ्नो दाहिने नाकको प्वालमा राखेर र बिस्तारै पानी खन्याउनुपर्छ ।

–अब फेरि देब्रे नाकको प्वालमा नेती भाँडोमा पानी हालेर दाहिने नाकको प्वालबाट पानी बिस्तारै हाल्नुपर्छ ।

जलनेती गर्दा के हुन्छ ?

–जलनेती गर्दा नाकभित्रको झिल्लीमा रगतको प्रवाह बढ्छ । यो नाकसम्बन्धी समस्याको लागि एक प्रभावकारी उपचार हो ।

–नुन पानीले नाक पनि सफा हुने हुँदा पिनास, रुघा र चिसो र प्रदूषणबाट बच्न सकिन्छ । यसले नाक वरपर कीटाणु बढ्न दिंदन ।

–अनिद्राबाट पीडित व्यक्तिले नियमित रूपमा यसको अभ्यास गरेमा निन्द्रा लगाउन मद्दत गर्छ ।

–माइग्रेन भएकाहरुले यो अभ्यास गर्दा टाउको दुख्ने समस्या कम हुन्छ ।

–आँखासम्बन्धी समस्या जस्तै आँखा दुख्ने, आँखाको ज्योति गुम्ने उपचार यसमा गरिन्छ ।

–कानको रोग, सुन्ने समस्या र कानबाट पानी बग्ने रोगको उपचारमा यो लाभदायक हुन्छ ।

Aricle Tech
  • Website

सम्बन्धित खबर

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

भर्खरै

मन्त्री पौडेलको प्रगति विवरण: एक वर्षमा स्वास्थ्य सुधारका १३ काम

२०८२ श्रावण २, शुक्रबार

३७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

२०८२ श्रावण २, शुक्रबार

समाज डेन्टलद्वारा गरिब तथा विपन्न नागरिकका लागि १ करोड बराबरको उपचार कोषको घोषणा

२०८२ श्रावण २, शुक्रबार

बढ्यो डेङ्गीको जोखिम, सचेत रहन आग्रह

२०८२ श्रावण १, बिहीबार

धेरै पढिएका खबर

हाम्रो बारेमा


swasthadiary

जुन मिडिया प्रालि
सम्पादकः मुना कँडेल
कम्पनी दर्ता नंः ३१२३७९/७९/८०
सञ्चार रजिष्ट्रार दर्ता नंः ००२०१/०७९/८०

साइट नेभिगेशन


समाचार मल्टिमिडिया फिचर आर्टिकल अन्तर्वार्ता औषधि/उपकरण

सम्पर्क


सम्पर्क कार्यालय:
तारकेश्वर नगरपालिका, वडा नं १०, मनमैजु
मोबोइल नं : ९८४१०४६०१४
ई-मेल : swasthyadiary@gmail.com

© 2025 Swasthyadiary.

Type above and press Enter to search. Press Esc to cancel.