जनकपुरधाम । जारको पानी खाएपछि बिरामी परेको भन्दै जनकपुरधाम उपमहानगरपालिका–९ का एक युवकले पानीको कम्पनीविरुद्व उजुरी दिएका छन् । कारबाहीको माग गरेका छन् ।
जनकपुरमा बस्दै आएका विद्यार्थी इन्द्रजीत गोइतले रेल्वे स्टेशननजिकै एक किराना पसलबाट किनेको पानी सेवनका कारण आफू ३ दिनदेखि बिरामी परेको भन्दै कारवाहीको माग गरेका हुन् ।
‘आइतबार राति जार किनेर डेरा लगेको पानीमा मटीतेल मिसिएको उनको आराप छ । सोही पानी खाएर सुत्दा अचानक टाउको र पेट दुख्न थालेको र सहन नसकेपछि राति नै औषधि पसलमा गई औषधी खाएको उनको भनाई छ । ‘बिहान जार चेक गर्दा मटीतेलजस्तो गन्ध आयो । जार समेत फोहोर रहेछ’, उनले भने ।
उक्त जारको पानी दर्ता नै नभएको ‘प्रिया जल कम्पनी’ को रहेको तथ्य आफूलाई किराना पसल पुगेपछि थाहा भएको गोइतले सुनाए । उक्त कम्पनी विरुद्व उजुरी गर्दै इन्द्रजीतले जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी दिएका छन् । सोही उजुरीलाई आधार मान्दै कार्यालयले पनि छानबिन तथा कारबाहीका प्रशासनले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलाई पत्र समेत काटेको छ ।
कम्पनीले जारमा पानी प्याकिङ गर्दा नै लापरबाही गरेको देखिएकाले यससम्बन्धित उचित छानबिन गरी कारबाही हुनुपर्ने उनको माग छ ।