Aricle Tech

चितवन, १७ कात्तिक । चितवनस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा मंसिर १४ गतेसम्म फोक्सोको निःशुल्क परीक्षण र परामर्श सेवा सुरू गरिएको छ । मेडिकल कलेजले आफ्नो भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूट मार्फत एक महिनासम्म निःशुल्क ओपीडी सेवाको व्यवस्था गरेको हो । निःशुल्क परीक्षण सेवा यही कात्तिक १५ गतेदेखि मंसिर १४ गतेसम्म चल्ने इन्स्टिच्यूटले जनाएको छ । नोभेम्बर अर्थात् फोक्सोको क्यान्सर सचेतना महिनालाई लक्षित गर्दै निःशुल्क परीक्षण एवम् केही जाँचमा ५० प्रतिशत छुटको व्यवस्था गरेको इन्स्टिच्यूटले जनाएको छ । फोक्सो सम्बन्धी जाँच ब्रोंकोस्कोपी, छातीको सिटी स्क्यान र एक्सरे जाँच गर्नुपरेमा ५० प्रतिशत छुटको समेत व्यवस्था गरेको छ । त्यस्तै, कार्डियो थोरेसिक…

विस्तृतमा...

काठमाडौँ, १७ कात्तिक । मानवीय शरीरमा प्रत्येक अंगको आफ्नै विशेष महत्व रहेको छ । जसमध्ये मिर्गाैला पनि एक हो । शारीरिक संरचना अनुसार, हाम्रो शरीरमा दुई ओटा मिर्गौला रहेका हुन्छन् । र, यसको प्रमुख काम भनेकै शरीरमा पिसाब उत्पादन गर्नु हो । मिर्गौला हाम्रो शरीरमा रहेका अनावश्यक तथा काम नलाग्ने उत्पादन एवम् अतिरिक्त तरल पदार्थलाई पिसाबको रुपमा शरीरबाट बाहिर निकाल्ने काम गर्दछ । यसरी विशेष कार्यप्रणाली निर्वाह गर्ने मिर्गाैला शरीरका अन्य अंगहरु जस्तै स्वस्थ्य रहन उत्तिकै आवश्यक रहन्छ । तर, वर्तमान समयमा विविध कारणवश् अधिकांश व्यक्तिमा मिर्गौला सम्बन्धि विभिन्न समस्याहरु देखिन थालेका छन् । जसमध्ये पनि मिर्गौलाको पथ्थरी (किड्नी स्टोन)…

विस्तृतमा...

काठमाडौँ, १६ कात्तिक । नेपालको स्वास्थ्य प्रणालीको गुणस्तर, पहुँच र उत्थानशीलता सुदृढीकरण गर्न विश्व बैंकले अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । यस्तै, स्वास्थ्य आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य कोष (एचईपिआरटीएफ) बाट ३८ लाख ४० हजार अमेरिकी डलर बराबरको अनुदान सहयोग उपलब्ध गराउने भएको छ । द्विपक्षीय वित्तीय सम्झौता आज विद्युतीय रुपमा आदानप्रदान गरिएको छ । ती सम्झौतामा यही कात्तिक १० गते विद्युतीय हस्ताक्षर गरिएको थियो । नेपालमा विश्व बैंकद्वारा वित्तीय लगानी गरिएको यो पहिलो विद्युतीय हस्ताक्षरित आयोजना हो । नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सञ्चालन सम्झौतामा अर्थ सचिव कृष्णहरि पुष्कर…

विस्तृतमा...

काठमाडौँ, १६ कात्तिक । सामाजिक सञ्जालमा भाइरल नितु दुवालको मृत्युबारे ख्वप अस्पतालले मुख खोलेको छ । बिहिवार अस्पतालका निर्देशक डा. मजेश पताप मल्लले एक विज्ञप्तिमार्फत केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल चिकित्सकको गलत औषधी सुझावका कारण २१ वर्षीय दुवालको मृत्यु भएको भन्ने कुराको खण्डन गर्दै दुवालको मृत्युबारे स्पष्टिकरण दिएका हुन् । ‘नितु दुवाल २०८० असार २१ गते ख्वप अस्पतालबाट रिफर भई बिरामीको भाद्र ३१ गते अस्पतालमा मृत्यु हुँदा समेत अस्पतालमा मृत्यु भएको भनी गलत प्रचार गर्नुबाट यो नियोजित हो भन्ने प्रष्ट हुन्छ’, विज्ञप्ति उल्लेख छ । डन्डीफोर उपचारका लागि अस्पताल आएका उनलाई सम्बन्धित चिकित्सकले खाने औषधि, मलम र फेसवास दिएर दुई…

विस्तृतमा...

काठमाडौँ, १६ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार नागरिकको स्वास्थ्यको हकप्रति संवेदनशील रहेको बताएका छन् । उल्लेख गर्दै बुटवलस्थित आम्दा नेपाल, सिद्धार्थ महिला तथा बाल अस्पतालको २५औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री दाहालले सो धारणा व्यक्त गरेका हुन् । आफ्नो नेतृत्वमा गठन भएको सरकारले स्वास्थ्य सेवामा सामाजिक सुरक्षा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको उनको भनाई छ । उनले गरिब, विपन्न र असहाय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहका लागि सरकारी अस्पतालका दुई हजार आठ सय शय्या निःशुल्क उपलब्ध गराइएको जानकारी दिए । ‘सरकारी, सामुदायिक र निजी अस्पतालले कूल शय्याको १० प्रतिशत विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याउन पहल गरिएको…

विस्तृतमा...

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले गरीब (विपन्न) असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गर्न १२ अस्पताललाई परिपत्र गरेको छ। पटक–पटक लिखित जानकारी गरिएको भए तापनि निःशुल्क उपचार सम्बन्धी प्रावधान कार्यान्वयन नभएको परिपत्रमा उल्लेख गरिएको छ। धनगढीका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा निःशुल्क उपचारको प्रावधान लागू नगरिए प्रचलित कानून बमोजिम कारवाही हुने चेतावनी दिइएको छ । कूल शय्याको १०५ शय्या छुट्याई निःशुल्क उपचार गर्नुपर्ने कानूनी प्रावधान छ। उपमहानगरले माया मेट्रो अस्पताल प्रालि, निसर्ग अस्पताल प्रालि, नवजीवन अस्पताल प्रालि, केजी अस्पताल प्रालि, कैलाली अस्पताल प्रालि, सौभाग्य अस्पताल तथा रिसर्च सेन्टर प्रालि, स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि, सीपी अस्पताल प्रालि, ओम…

विस्तृतमा...

चितवन, १६ कात्तिक । भरतपुर अस्पतालमा १२ विभागमा अतिविशिष्टिकृत सेवा दिन थालिएको छ। अठार जना डिएम, एमसिएच र फेलोसिप गरेका विशेषज्ञ चिकित्सकले यो सेवा दिँदै आएका छन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा. डा. कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो १ बजेपछि उनीहरुले अस्पतालभित्रै पाँच सय टिकट लिएर अतिविशिष्टिकृत सेवा दिने गरेका छन्। यो सेवा सञ्चालनमा आएसँगै थप बिरामी लाभान्वित हुने गरेका उनको भनाइ छ। ‘एमडि गरेपछि डिएम र एमसिएच गर्न तीन वर्ष थप अध्ययन गर्नुपर्दछ भने फेलोसिपका लागि कम्तीमा एकवर्ष थप अध्ययन गरेको हुनुपर्दछ। अस्पतालमा दिउँसो १२ बजेसम्म तीन चिकित्सकले बहिरङ्ग सेवा (ओपिडि) मा बिरामी हेर्ने गर्दछन्’, पौडेलले भने, ‘१ बजेपछि…

विस्तृतमा...

काभ्रेपलाञ्चोक, १६ कात्तिक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ भकुण्डेमा अवस्थित मेथिनकोट अस्पताललाई ‘सिटी स्क्यान’ उपकरण उपलब्ध गराइएको छ । नमोबुद्ध नगर कार्यालयको समन्वयमा कान्ति बाल अस्पतालले मेथिनकोटलाई सो उपकरण उपलब्ध गराएपछि ‘सिटी स्क्यान’ सेवा सुरु गर्न लागिएको अस्पतालले जनाएको छ । अस्पतालमा उपलब्ध जनशक्तिलाई तालिमको तयारी भएको र लगत्तै सेवा सञ्चालनमा गइने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा मधुकर दाहालले बताए । उक्त सेवा सुरु हुँदा विपी राजमार्गमा हुनसक्ने दुर्घटनाका बिरामी तथा बागमती प्रदेशको काभ्रेपलाञ्चोकसहित छिमेकी जिल्ला सिन्धुली र पूर्वी तराईका केही जिल्लाका नागरिकका लागि निकै सुविधा पुग्ने अपेक्षा गरिएको छ । यस्तै अस्पतालमा हालै शल्यक्रिया सेवा पनि सुरु गरिएको छ भने…

विस्तृतमा...

काठमाडौँ, १६ कात्तिक । घाँटी दुख्ने बित्तिकै हामीमध्ये धेरैले ‘टन्सिलाईटिस’ भयो भन्ने गरेका छौँ । तर, घाँटी दुख्ने बित्तिकै व्यक्तिमा टन्सिलाईसिको समस्या नहुने बताउँछन् । यद्यपि भइहाले पनि यस समस्यामा आत्तिनु नपर्ने उनीहरुको भनाई छ । टन्सिलाईटिसको समस्या के हो भनेर बुझ्न सर्वप्रथम हामीले यसबारे जान्न आवश्यक हुन्छ । मुखलाई आँ गरेर खोल्दा भित्रपट्टि घाँटीको माथिल्लो भागमा दायाँ–बायाँतर्फ देखिने डल्लो किसिमको दुइवटा अंग देखिन्छ । जसलार्ई नै चिकित्सा क्षेत्रअन्तर्गत लिम्फोइडग्ल्यान्ड अथवा कलेक्सन भनिन्छ। जसलाई आम बोलिचालीमा ‘टन्सिल’ भनेर पनि चिनिन्छ । र, घाँटीको सो अंगमा विविध कारणवश हुने संक्रमण नै टन्सिलाइटिस’हो। व्यक्ति सानो हुँदा टन्सिलाइटिसको शुरुआतीको अवस्था हाम्रो शरीरको प्रतिरोध…

विस्तृतमा...

काठमाडौं, १५ कार्तिक । सन् २०२६ मा नेपाल अति कम विकसित मुलुकबाट बढुवा भएर विकासशील मुलुक बन्दैछ । संयुक्त राष्ट्रसंघले राखेको तीन मापदण्डमध्ये २ मापदण्ड पुरा गरेसँगै नेपाल, बंगलादेश र लाओसपनि विकासशील मुलुक बन्दैछ । नेपाल विकासशील मुलुकमा स्तरोन्नति भएसँगै खोप, औषधि लगायतमा हाल पाइरहेको विशेषाधिकार गुमेर संकट सिर्जना हुनसक्ने तर्फ सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन् । राजधानीमा बुधवार आयोजित डब्लुटिओ र डब्लुएचओमा स्वास्थ्य सम्बन्धी विश्वव्यापी नीति निर्माणः औषधि, खोप र स्वास्थ्य सेवामा पहुँचका आधारहरु नामक नागरिक समाजको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले छलफल गरेका हुन् । गैरसरकारी संस्था महासंघ नेपाल, द पिपुल्स भ्याक्सिन एलाइन्स, थर्ड वल्र्ड इन्टरनेशनलले आयोजना गरेको दुईदिने गोष्ठीको…

विस्तृतमा...