काठमाडौँ, १५ कात्तिक । स्वास्थ्य क्षेत्रको अग्रणी अनलाईन पत्रिका स्वास्थ्य डायरी डटकम चितवन सम्पादकमा जय पाठक (जे.पी) नियुक्त भएका छन् ।
झन्डै डेढ दशकदेखि निकै सक्रिय रुपमा पत्रकारिता क्षेत्रमा कार्यरत पाठकलाई जुन मिडिया प्रालिले चितवन सम्पादकमा नियुक्त गरेको हो ।
स्वास्थ्य पत्रकारिताको माध्यमबाट सशक्त रुपमा कलम चलाउँदै आएका उनको कार्यदक्षता, लगनशिलता र मेहनतको उच्च कदर गर्दै चितवन सम्पादकको जिम्मेवारी दिइएको स्वास्थ्य डायरीका प्रधानसम्पादक उद्धवराज भेटुवालले बताए ।
चितवन सम्पादक बनेसँगै आफूले ठूलो जिम्मेवारी महसुस गरेको भन्दै पाठकले अझैं सशक्त भएर पत्रिकारितामा लाग्न प्रेरणा मिलेको बताए । सबैको माया, प्रेम, सहयोगकै कारण आफू यो स्थानसम्म आइपुगेको भन्दै उनले आगामी दिनहरुमा पनि यस्तै सहयोग साथ, सल्लाह-सुझावको समेत उनले अपेक्षा गरेका छन् । पाठक विभिन्न संघ-संस्थामा समेत नेतृत्वदायी भूमिकामा रहिसकेका छन् ।
स्वास्थ्यकर्मी समेत रहेर सक्रिय स्वास्थ पत्रकारिता गर्दै आएका पाठक यसअघि हाम्रो डक्टर न्यूजको चितवन व्यूरो प्रमुख रहिसकेका छन् ।