जाजरकोट: गएराति जागरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकाहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। तर, अस्पतालको क्षमताभन्दा बढी घाइते उपचारका लागि आएका कारण व्यवस्थापनमा भने कठिनाई भइरहेको छ। काठमाडौंबाट आएको नेपाली सेनाको मेडिकल टोलीका कारण उपचार गर्न सहज भएको अस्पतालका सूचना अधिकारी कृष्ण बहादुर खत्रीले बताए। अस्पताल आकस्मिक कक्षमा रेड जोन, ग्रिन जोन र एल्लो जोन र प्यासेजहरुमा समेत घाइतेको उपचार भइरहेको उनले बताए। अस्पतालमा हालसम्म ३१ जना मृतक छन्। यस्तै १० जनाभन्दा बढी गम्भीर घाइते छन्।
Aricle Tech
बुटवल : जाजरकोट केन्द्रविन्दु भएर गएराती भएको भूकम्पमा परी घाइतेहरुको उद्धार तथा उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । मानवीय क्षति न्युनिकरण तथा त्यहाँको स्वास्थ्य उपचारलाई सहज बनाउने उद्देश्यले डाक्टरसहितको टोली औषधी लिएर त्यसतर्फ प्रस्थान गरेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सुदर्शन थापाले जानकारी दिए । भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि अस्पतालमा बिरामी ल्याउनु पर्ने अवस्था आएको खण्डमा समेत सोही अनुसारको तयारी गरिएको मेसु डा. थापाले जानकारी दिए । अस्पतालका एमडीजीपी डा. सुनिल सुनारको नेतृत्वमा ५ जनाको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो । भूकम्पमा परी हालसम्म १२८ जनाको मृत्यु…
काठमाडौँ : शुक्रवार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठुलो मानवीय क्षति मात्र नभएर करोडौँको धनमाल समेतमा क्षति पुर्याएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावित जिल्ला जाजरकोटमा पुगेर त्यहाँको स्थलगत अवस्थाको बारेमा अवलोकन गरी स्थानीय प्रशासनसँग थप जानकारी लिएका छन्। घाइतेको उद्धार, तथा पीडितहरूका लागि राहतको व्यवस्था गर्ने बारेमा प्रधानमन्त्री प्रचण्डले प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग जानकारी लिएका हुन्। प्रधानमन्त्री भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित त्यसतर्फ गएका हुन्। भूकम्प प्रभावित क्षेत्रमा सुर्खेत लगायत छिमेकी जिल्लाहरूबाट खोज तथा उद्धार लागि तीनवटै निकायका थप सुरक्षाकर्मी पनि परिचालन गरिसकेको…
काठमाडौँ, १७ कात्तिक । जिल्ला अदालत मोरङ विराट हेल्थ कलेजकी छात्राको करणी अभियोगमा कराँतेका दुई जना प्रशिक्षक दोषी ठहर गरेको छ । बुधबार न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका कराँतेका प्रशिक्षकहरु विराटनगरका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई दोषी ठहर गरेको हो । ६ भदौ २०७९ देखि पूर्पक्षका लागि थुनामा रहेका उनीहरुको सजाय निर्धारणका लागि भने अदालतले कात्तिक २२ गतेको मिति तोकेको छ। २०७९ जेठमा सुनसरीको इटहरी घर भइ विराट हेल्थ कलेजमा अध्ययन गर्ने छात्रालाई उनीहरुले एक होटलमा लगेर सामुहिक बलात्कार गरेका थिए। विराटनगरको एक होटलमा सामुहिक बलात्कार गरेको भन्दै पीडित छात्राले…
काठमाडौँ, १७ कात्तिक । नेपाल प्रहरीले विभिन्न प्राविधिक पदहरुका लागि दर्खास्त आह्वान गरेको छ । एक सूचना जारी गर्दै प्रहरीले रिक्त रहेका विभिन्न प्राविधिक पदहरुमा खुल्ला तथा समावेशी प्रावधान अनुरुप स्थायी पदपूर्ति गर्न स्वास्थ्यकर्मीका लागि विज्ञापन खुलाएको हो । जसमा स्वास्थ्यतर्फ नेपाल प्रहरी अस्पतालका लागि भन्दै २८ जना मेडिकल अफिसर (एमबीबीएस डाक्टर), १३ जना स्टाफ नर्स, ६ जना सीएमए, ५ जना अनमी र ४ जना ल्याब असिस्टेन्टलगायत कुल ६१ जना स्वास्थ्यकर्मीको माग गरिएको छ । आवेदकले आगामी मंसिर ४ गतेदेखि पुष ८ गतेसम्ममा आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
चितवन, १७ कात्तिक । पित्तथैलीको पत्थरीको अत्यधिक दुखाइको पीडा भोगिरहेका इच्छाकामना गाउँपालिकाका–३ का प्रदीप पोखरेलको भरतपुर अस्पतालमा ६ महिनापछि शल्यक्रियाको पालो प¥यो । स्वास्थ्य बीमामार्फत शल्यक्रिया गराउनुपर्ने उनको आर्थिक बाध्यता थियो ।
काठमाडौँ, १७ कात्तिक । नेपालमा आठौँ आयुर्वेद दिवस विभिन्न कार्यक्रम सम्पन्न गरी मनाइएको छ । आठौँ आयुर्वेद दिवसका अवसरमा बिहीबार नेपालस्थित भारतीय राजदूतावासले परम्परागत चिकित्सा विशेषगरी आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्य सम्भावनाबारे एक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले आयुर्वेद नेपालको स्वास्थ्य सेवाको मान्यताप्राप्त प्रणाली भएको उल्लेख गरे । साथै उनले नेपाल सरकारले आयुर्वेदको प्रवर्द्धनका लागि लिएको पहलबारे प्रकाश पारे । दूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले आयुर्वेदलगायत परम्परागत चिकित्सा क्षेत्रमा भारत र नेपालबीच रहेको सहकार्यबारे चर्चा गरे । साथै उनले ज्ञान, विशेषज्ञता तथा क्षमता अभिवृद्धिको…
काठमाडौं, १७ कार्तिक । विवादास्पद मेडिकल कलेज व्यवसायी खुमा अर्याल लगायत सञ्चालक रहेको भैरहवाको युनिभर्सल मेडिकल कलेजमा प्रशासनको ‘इगो’का कारण तीन सातायता सिर्जित तनाव अझै साम्य हुनसकेको छैन । नेपाली काँग्रेसका नेता समेत रहेका अर्याल तीनै व्यवसायी हुन् जो गत २०७६ सालमा गण्डकी मेडिकल कलेजमार्फत विद्यार्थीबाट १५ लाखसम्म बढि शुल्क असुल गरेको अभियोगमा जिल्ला अदालतबाट धरौटीमा छुटेका थिए । उनै शर्मा प्रबन्ध निर्देशक भएको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा प्रशासनको ‘दादागिरी’ विरुद्ध विद्यार्थी आन्दोलित भएको तीनसाता नाघिसकेको छ । ड्रेस कोडलाई लिएर कलेजकी प्रिन्सिपल डा. लक्ष्मी पाठक र विद्यार्थीबीच बढेको विवाद उत्कर्षमा पुगेपछि कलेजका विद्यार्थीहरु अनशन र धर्नामार्फत आन्दोलनमा उत्रिएका हुन्…
काठमाडौँ, १७ कात्तिक । सरकारले आजबाट बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेको हो। दुई दिने सो अभियानमा ६ देखि ५९ महिनाका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसै कार्यक्रम अन्तर्गत १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकाहरूलाई जुकाको औषधि खुवाइने सरकारको योजना रहेको छ । अभिभावकले सो उमेरका आफ्ना सबै बालबालिकालाई घर नजिकैको खोप केन्द्रमा गई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ । सरकारले प्रत्येक वर्ष कात्तिक र ३ गते राष्ट्रिय…
वीरगञ्ज (पर्सा), १७ कात्तिक । जिल्लामा मौसम परिवर्तनसँगै रुघाखोकी, ज्वरो र डेङ्गीका बिरामीको चाप बढेको छ । बिहान तथा बेलुका जाडो र दिउँसो हुने गर्मीका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी निकै बढेका छन् । वीरगञ्जस्थित नारायणी अस्पताल, प्रभु अस्पताल, नेपाल मेडिसिटी, बयोधा अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निकै बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

