काठमाडौँ, १५ कात्तिक । डिमेन्सियाका विभिन्न प्रकारमध्ये अल्जाइमर पनि एक हो । बढ्दो उमेरमा देखा पर्ने यो रोग मस्तिष्कको कार्यप्रणालीसंग सम्बन्धित हुन्छ । यस रोगले व्यक्तिको सोच्न सक्ने र सम्झिन सक्ने स्मरणशक्तिको क्षमतामा हृास ल्याई मानसिक अवस्थामा समेत असर पु¥याउँछ । यसकारण यी रोगका बिरामीमा धेरै बिर्सने र सम्झिन नसक्ने समस्या देखापर्छ ।
विश्व तथ्यांकको आकलनलाई हेर्ने हो भने, प्रत्येक ३ सेकेन्डमा १ जना व्यक्ति यस रोगको शिकार हुने गरेका छन् । यस अर्थमा बढ्दो उमेरमा व्यक्तिमा देखापर्ने यो रोग प्रत्येक व्यक्तिमा देखापर्छ भन्ने चाहिँ होइन । यद्यपि अल्जाइमरलाई विश्वव्यापी समस्यको रुपमा भने लिन सकिन्छ ।
यसका कारण
अल्जाईमरलाई ‘इडियोपेथिक’ रोग पनि भनिन्छ । अर्थात् यो रोग हालसम्म व्यक्तिमा के कारणले देखापर्छ? भन्ने यसका प्रमुख इकाइ वा कारक तत्वको उचित पहिचान हुन सकेको छैन । यद्यपि यसको जोखिम अवस्थालाई वृद्धि गर्न मद्दत विभिन्न पक्षहरुको भने पुष्टि भइसकेको छ । जुन निम्नानुसार रहेको छः
बढ्दो उमेर
अनियन्त्रित थाइराइड तथा मधुमेह रोग
भिटामिन कमी
अम्लीय पदार्थको वृद्धि
अल्कोहोलको सेवन
आणुवशिंक
जीवनशैली ।
उपचार
माथि उल्लेख गरेजस्तै व्यक्तिमा अल्जाइमर वास्तवमा के कारणले देखा पर्छ भन्ने पक्षको हालसम्म उचित मुल्यांकन नभएका कारण हाललाई यसको जोखिम वृद्धि गर्ने पक्षबाट टाढा रहनु नै यसको जोखिमलाई कम गर्ने उत्तम उपाय हो । यसैगरि बिरामीले आफ्नो जीवनशैलीलाई परिवर्तन गर्दै उचित गुणस्तरीय जीवनशैलीलाई समेत अपनाउनुपर्छ ।
यसबाहेक अल्जाइमरको उपचारको सन्दर्भमा भन्नुपर्दा, कुनै पनि व्यक्तिमा अल्जाइमारको समस्या शुरु भएपछि त्यो व्यक्तिमा क्रमिक रुपमा बढ्दै जाने हुन्छ । यसर्थ बढ्दो उमेरको क्रम तथा आणुवंशिक जस्ता रोक्न नसकिने पक्षका कारण बाहेक अन्य कारण जस्तोः मधुमेह, रक्तचाप तथा थाइराइडको अनियन्त्रण, अल्कोहोलको सेवन तथा भिटामिनको कमीजस्ता पक्षका कारण लागेको सन्दर्भमा भने यसको उपचार सम्भव छ र यसलाई पुर्णनिको पार्न पनि सकिन्छ ।
यसैगरि रोक्न नसकिने बढ्दो उमेर र आणुवंशिकका कारण देखिने अल्जाइमरको पनि बेलैमो उपचार गर्न सकिएमा भने यसको बढ्दो उक्त क्रमलाई रोक्न सकिन्छ ।