
काठमाडौँ, १५ कात्तिक । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को सदस्य सचिवका लागि ८ जनाको उम्मेदवारी परेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै उम्मेदवारहरुको नाम सार्वजनिक गरेको हो ।
मन्त्रालका अनुसार सदस्य सचिवका लागि उम्मेदवारी दिनेमा अरबिन्द कुमार चौधरी, महेश भट्टराई, भुवनेश्वर ढुंगाना, नलराम देवकोटा, टेक बहादुर मल्ल, अनोज भट्टराई,विनोद बडाल र प्रमोदभक्त आचार्य रहेका छन् ।
यस्तै, मन्त्रालयले उम्मेद्वारहरुको कार्यतालिका प्रस्तुतीकरण तथा अन्र्तवार्ता १७ र १८ कात्तिकमा मन्त्रालयको डकुमेन्टेसन हलमा हुने जनाएको छ ।