जानकी (बाँके) १९ कात्तिक । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत बिरामीको अवस्था सुधारोन्मुख रहेको छ । शुक्रवार राति भूकम्पमा परी घाइते भएका बिरामीलाई एम्बुलेन्सबाट उपचारका लागि ल्याइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार उपचारार्थ ल्याइएकामध्ये दुई जना भेरी नगरपालिका जाजरकोटका छन् भने चारजना सानिभेरी रुकुमका छन् । हालसम्म भेरी अस्पतालमा उपचारका लागि ल्याइएका घाइतेको सङ्ख्या ३९ पुगेको प्रजिअ पोखरेलले बताए । प्रजिअ पोखरेलले उपचाररत घाइतेमध्ये ३७ जनाको विशेष सेवा प्रदायक अस्पताल बनाइएको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ भने एक जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भरहेको जानकारी दिए । कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेका एकजना घाइतेलाई…
Aricle Tech
राँझा (बाँके), १९ कात्तिक । जाजरकोट भूकम्पमा परी घाइते तथा पीडित परिवारको लागि सहयोग पु¥याउन नेपालगन्जवासी जुटेका छन् । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका लागि आएका जाजरकोट र पश्चिम रुकुमका घाइतेलाई नेपालगन्जवासीले स्वःस्फूर्तरूपमा आवश्यक सहयोगका लागि अग्रसरता देखाएका छन् । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति आएको भूकम्पमा परी घाइते भएका रुकुमपश्चिम र जाजरकोटका घाइतेको उपचारका लागि नेपालगन्जमा शनिबार ८० ‘पिन्ट’ रगत सङ्कलन भएको नेपाल रेडक्रस सोसाइटी बाँकेका सदस्य मीन मल्लले जानकारी दिए । उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा ल्याइएका गम्भीर घाइते बिरामीलाई रगतको अभाव हुन नदिन खुला रक्तदान कार्यक्रममा स्वःस्फूर्त रगत सङ्कलन भएको हो । नेपालगन्जस्थित रक्तसञ्चार केन्द्रमा १५८ पिन्ट रगत…
काठमाडौँ, १९ कात्तिक । मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौँलगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पत्रकारलाई जानकारी दिए । उनले गोरखा भूकम्पपछि गरिएको राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारीरूपमा राहत र पुनःस्थापनाका काम सञ्चालन गर्न तथा छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन–कुन क्षेत्रमा कसरी लिने भन्नेबारेमा थप छलफल गरी निर्णय गरिने बताए ।
काठमाडौँ, १९ कात्तिक । काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा रुकुम पश्चिमका भूक म्पबाट घाइते ७ जना उपचार भइरहेको छ । शुक्रवार राति जाजरकोट रामीडाँडा केन्द्र भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी घाइते हाल उपचाररतमध्ये दुई घाइतेको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। अस्पातलका अनुसार घाइतेबलाई शनिवार नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत शिक्षण अस्पताल ल्याइएको थियो। सुरुमा सबै ७ जनालाई रेड जोनमा राखेर उपचार गरिएको थियो। थप उपचारपछि अहिले भने तीन जनालाई मात्र रेड जोनमा राखेर उपचार भइरहेको छ। रुकुम पश्चिमबाट उपचारका लागि त्रिवि शिक्षण अस्पताल ल्याइएका घाइतेहरुमा १२ वर्षकी निरुता पुन, २० वर्षकी सुशीला बुढा, २१ महिनाका ऋषव बुढाथोकी, २० वर्षकी…
काठमाडौँ, १९ कात्तिक । जाजरकोट र रुकुमको भूकम्पका ३२ जना घाइतेको भेरी अस्पतालमा उपचार भइरहेको छ । भूकम्पका कारण घाइतेलाई उपचारका लागि एम्बुलेन्स र हवाइजहाजबाट भेरी अस्पतालमा पुर्याइएको हो । अस्पतालका अनुसार घाइतेमध्ये १७ जनाको हड्डीमा चोट पुगेको छ । आपतकालीन अवस्थामा प्राप्त भएको बिरामीहरुको तत्काल उपचार शुरु गरिएको अस्पतालले जनाएको छ । सरकारले भूकम्पका घाइतेको उपचारका लागि भेरी अस्पताललाई डेडिकेटेड अस्पताल बनाएर घाइतेको उपचारका लागि सैनिक र प्रहरी अस्पतालमा समेत १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ। शुक्रवार राति जाजरकोट रामीडाँडा केन्द्र भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १५७ जनाको मृत्यु भइसकेको छ। भने, सयौं घाइते भएका छन्। घाइतेहरुको…
काठमाडौँ, १९ कात्तिक । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले भूकम्पका घाइतेको उपचारका लागि वीर अस्पताल र ट्रमा सेन्टर तारी अवस्थामा रहेको बताएका छन् । शुक्रवार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट घाइतेको उपचारका लागि दुवै अस्पतालले तयारी गरेको उनको भनाई छ । बिरामीका लागि एम्बुलेन्सहरुलाई त्रिभुवन विमानस्थलमा पठाइएको र वीर तथा ट्रमा सेन्टरमा इमरजेन्सी, ओटी र आईसीयू तयारी अवस्थामा राखिएको उनले जनाए । ‘घाइते उपचाका लागि ट्रमा सेन्टरका इमरजेन्सी ३८ बेड र आईसीयू तथा ओटी वीर र ट्रमाका दुबै तयारी अवस्थामा छन्,’ उपकुलपति प्राडा बस्नेतले भने। उनले वीर अस्पतालबाट डा खुस्बु झाको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा…
चितवन, १९ कार्तिक । चितवनमा एकैदिन २२ जनामा डेंगु संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय चितवनको शुक्रवारको तथ्याङ्क अनुसार गत २४ घण्टामा थप २२ जनामा डेंगु संक्रमण देखिएको हो । संक्रमित हुने मध्ये ३ जना चितवन बाहिरका छन् । यो सँगै चालू आर्थिक वर्षको साउन १ गतेदेखि हालसम्म जिल्लामा १७ हजार ४६ जनामा परीक्षण गरिएको मध्ये १ हजार २ सय ४९ जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय जनाएको छ । परीक्षण गरिएको कुल सङ्ख्याको ७ दशमलव ३ प्रतिशतमा संक्रमण देखिएको हो । यसरी डेङ्गु संक्रमित हुनेमा महिलाभन्दा पुरूष बढी छन् । १ हजार २ सय ४९ जना डेंगु संक्रमित मध्ये…
काठमाडौँ, १९ कात्तिक । हाम्रो शरीर र बाहिरी पर्यावरणबीच एकदम घनिष्ठ सम्बन्ध रहेको हुन्छ । यसकारण पनि मौसम परिवर्तनको प्रभावबाट व्यक्ति अछुत रहन सक्दैन । हाल नेपालमा दिनानु दिन चिसोको मात्रा बढ्दो छ । यसको प्रभाव संवेदनशिल समूहमा बढी देखिने भएकाले चिसो मौसमका अन्यको तुलनामा दमका बिरामीले विशेष रुपमा आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्ने हुन्छ । को हो दमको समस्या ? व्यक्तिमा देखिने विभिन्न दिर्घ रोगमध्ये दम पनि एक हो । सामान्यतयाः खोकी लाग्ने, सास फेर्न गाहृो हुने, स्वाँ–स्वाँ आउने, सास फेर्दा वा खोक्दा घर्घर् आवाज आउने, आउने तथा घाँटिमा अड्किएको वा टाँसिएको जस्तो गरी खकार आउने समस्या नै दमका समस्या…
काठमाडौं । तपाईं हामीमध्ये धेरैजना परोपकार प्रसूति गृह थापाथली पुगेका छौं होला । अस्पतालको मुख्य भवन कै अगाडी श्रीकृष्णको मन्दिर छ । जहाँ श्रीकृष्णको प्रतिमा स्थापित गरिएको छ । सँगै फूल र गमलाहरुले सजिएको बाटिका पनि रहेको छ । यो संयोगले चिकित्सा विज्ञान र धार्मिक आस्थालाई सुन्दर ढंगले जोडिदिएको छ । त्यसो त आधुनिक विज्ञानलाई तथ्यमा आधारित र धार्मिक आस्थालाई रुढिवाद एवं स्वैरकल्पना मान्नेहरु पनि छन् । तर, परोपकार प्रसूति गृहमात्र होइन, अन्य अस्पतालहरुमा पनि मन्दिर बनाइएका छन् । यसले मानिसहरु चिकित्सक र अस्पतालसँगै आफुले मानेको भगवानसँग पनि उत्तिनै आशा र भरोसा गर्छन् भन्ने देखिन्छ । प्रसूति गृहमा रहेको कृष्ण…
काठमाडौं: गएराति जागरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकाहरूको काठमाडौं मेडिकल कलेज(केएमसी) सिनामंगलले निःशुल्क उपचार गर्ने भएको छ। अस्पतालले एक विज्ञप्ति जारी गर्दै अस्पतालका सल्लाहकार तथा मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य डा. सुनील कुमार कुमार शर्माको सक्रयतामा घाइतेहरुको निःशुल्क उपचार गर्ने प्रतिवद्धता जनाएको छ। साथै भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्रहीसहित चिकित्सक टोली पठाउनसमेत तयार रहेको अस्पतालले जनाएको छ। गएराति ११:४७ बजे जाजरकोट रामीडाँडा केन्द्र भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १२८ जनाभन्दा बढीको मृत्यु भइसकेको छ। भने, सयौं घाइते भएका छन्।

