काठमाडौं: गएराति जागरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकाहरूको काठमाडौं मेडिकल कलेज(केएमसी) सिनामंगलले निःशुल्क उपचार गर्ने भएको छ।
अस्पतालले एक विज्ञप्ति जारी गर्दै अस्पतालका सल्लाहकार तथा मोरङ क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य डा. सुनील कुमार कुमार शर्माको सक्रयतामा घाइतेहरुको निःशुल्क उपचार गर्ने प्रतिवद्धता जनाएको छ। साथै भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्रहीसहित चिकित्सक टोली पठाउनसमेत तयार रहेको अस्पतालले जनाएको छ।
गएराति ११:४७ बजे जाजरकोट रामीडाँडा केन्द्र भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १२८ जनाभन्दा बढीको मृत्यु भइसकेको छ। भने, सयौं घाइते भएका छन्।