काठमाडौँ, १९ कात्तिक । हाम्रो शरीर र बाहिरी पर्यावरणबीच एकदम घनिष्ठ सम्बन्ध रहेको हुन्छ । यसकारण पनि मौसम परिवर्तनको प्रभावबाट व्यक्ति अछुत रहन सक्दैन । हाल नेपालमा दिनानु दिन चिसोको मात्रा बढ्दो छ । यसको प्रभाव संवेदनशिल समूहमा बढी देखिने भएकाले चिसो मौसमका अन्यको तुलनामा दमका बिरामीले विशेष रुपमा आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्ने हुन्छ ।
को हो दमको समस्या ?
व्यक्तिमा देखिने विभिन्न दिर्घ रोगमध्ये दम पनि एक हो । सामान्यतयाः खोकी लाग्ने, सास फेर्न गाहृो हुने, स्वाँ–स्वाँ आउने, सास फेर्दा वा खोक्दा घर्घर् आवाज आउने, आउने तथा घाँटिमा अड्किएको वा टाँसिएको जस्तो गरी खकार आउने समस्या नै दमका समस्या हुन् ।
यसरी सास फेर्न असहज भएको व्यक्तिले आवश्यकता अनुसार औषधि, इन्हेलर तथा खोपसम्मका विधिहरु अपनाउनु पर्ने हुन्छ । यद्यपि यसका लागि भने सम्बन्धित चिकित्सकसंग सल्लाह लिनुपर्दछ । यस्ता समस्या देखिएका व्यक्तिलाई तुलनात्मक रुपमा चिसोमा अझ बढि शारीरिक समस्याहरु देखापर्छ।
चिसो मौसमले जोखिम कसरी बढाउँछ ?
अन्य संक्रमण जस्तै जाडोयाममा देखिने भाइरल एन्फ्लुएन्जाको संक्रमण पनि नाक–घाँटि हुदै व्यक्तिको छातीसम्म पुग्छ।जसले दमका बिरामीमा अझ बढि जटिल अवस्था उत्पन्न गराउँछ । र, यस्ता समस्याप्रति समयमै ध्यान नदिएमा वा उचित रेखदेखको अभावमा यसको असर व्यक्तिमा गम्भीर रुपमा देखिने सम्भावना उत्तिकै रहन्छ । तसर्थ, यसकारण पनि दमका बिरामीले जाडोयाममा विशेष सावधानीपूर्व आफ्नो शरीरलाई चिसोबाट जोगाउनुपर्छ।
दमका प्रकारहरु
आस्थमा र सिओपिडी गरी दमका पनि दुई प्रकार रहेका छन् :
१. आज्मा
कहिलेकाहिँ मात्रै सास फेर्न गाहृो हुने समस्या भएको दमको प्रकारलाई आज्मा भनिन्छ । र, यो फोक्सोको एक साधारण अवस्था पनि हो।यो समस्याले धुम्रपान सेवन गर्नेरनगर्ने जुनसुकै समूहलाई पनि सताएको देखिन्छ । यो व्यक्तिमा वयस्क अवस्थाबाटै शुरु हुन्छ।हालसम्म यसको उचित उपचार उपलब्ध नभएको हुदा यसले आफूलाई धेरै असर नपुयाओस् भन्नका लागि हामीले यसको लक्षणलाई समयमै नियत्रण गर्नुपर्छ ।
२. सिओपिडी
सिओपिडी अर्थात्, ‘क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज’। अर्को सरल शब्दमा भन्नुपर्दा यसलाई कडा प्रकारको दम पनि भनिन्छ । यो समस्या प्रायजसोः धुम्रपानको सेवन गर्ने तथा धुलोधुवाँमा आफ्नो समय व्यतीत गर्ने समूहमा देखापर्छ । यस समस्याले प्रायजसोः पाको उमेर समूहलाई सताउने गरेको पाइन्छ । यद्यपि यसको नियन्त्रण एवम् रोकथाका विभिन्न उपायहरु रहेका छन् ः
दमका बिरामीले ध्यान दिनुपर्ने पक्षहरुः
-धुम्रपानबाट टाढै रहने
-धुलो–धुवाँरहित वातावरणमा बस्ने
-न्युमोकोक्कल तथा एन्फ्लुएन्जा विरुद्ध खोप लिने
-शारीरिक व्यायाम
-औषधिको नियमित सेवन
-झोलिलो र न्यानो खानाको सेवन
-समय–समयमा चिकित्सकको परामर्श लिने
-सकभर चिसो मौसममा ननिस्किने
-शरीरलाई न्यानो बनाइराख्ने ।
र, माथि उल्लेखित पक्षलाई उचित रुपमा अनुशरण गर्दागर्दै पनि बिरामीलाई गाहृो एवम् असहज महशुस भएा ढिलो नगरी तुरुन्त चिकित्सकको परामर्श लिने ।