नेपालगञ्ज (बाँके), २० कात्तिक । बाँकेस्थित भेरी अस्पताल नेपालगञ्जमा भूकम्पबाट घाइते भएका ४१ जनाको उपचार भइरहेको छ । गएराति एम्बुलेन्सबाट थप तीन जना बिरामीलाई यहाँ ल्याएपछि उपचाररतको सङ्ख्या ४१ पुगेको नेपालगञ्जका ‘फोकलपर्सन’ तथा जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।
Aricle Tech
काठमाडौँ, २० कात्तिक । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिले जाजरकोट र रुकुमपश्चिमलगायत भूकम्प प्रभावित क्षेत्रमा औषधिसहित दैनिक उपभोग हुने अत्यावश्यक वस्तुको सहज व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
काठमाडौँ– पाटन अस्पतालमा उपचाररत दुई बिरामीको एन्टिबायोटिक औषधि दिएलगत्तै दुई बिरामीको मृत्यु भएको छ । शनिवार दिउँसो ड्युटीमा खटेकी नर्सले निमोनियाका दुई बिरामीलाई सुई मार्फत दुई एन्टिबायोटिक औषधि दिएलगत्तै ती दुवै बिरामीको मृत्यु भएको बिरामीको आफन्तको आरोप छ । मृत्यु हुनेमा ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटी रहेका छन् । यी दुईमध्ये राईमा निमोनिया भएकाले उनको अक्सिजन दिएर उपचार गरिएको थियो । त्यस्तै, नगरकोटीमा भने निमोनियासँगै कलेजोको समस्या देखिएको थियो । उनीहरु दुवैको समस्या कलेजोसंग सम्बन्धित भएकाले एउटै वार्डमा भर्ना भई उपचाररत थिए । उपचारपछि नगरकोटीको स्वास्थ्य अवस्था राम्रो हुँदै आएको थियो । डिस्चार्ज गर्ने…
काठमाडौँ, २० कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्की यतिबेला भूकम्पले क्षतिग्रस्त बनाएको जाजरकोट बस्तीमा छिन् । शुक्रवार राति गएको भूकम्पले क्षतिग्रस्त बनाएलगत्तै उनी विभिन्न विज्ञको टोलीका साथ जाजरकोट पुगेकी हुन् । भूकम्पले विनाश निम्त्याएको स्थानलाई नजिकबाट नियालीरहेकी उनले हाल जाजरकोटवासीलाई स्यानीटेरी प्याडदेखि जीवनजलसम्मको आवश्यकता रहेको बताएकी छन् । सामाजिक सञ्जालमार्फत आपतकालीन व्यवस्थापनपछी अव्यवस्थित बसाई, अस्वस्थ रहनसहनले महामारी फैलन सक्ने बताउँदै उनले पानी शुद्द गर्ने पीयुसदेखि स्यानीटेरी प्याडसम्मका वस्तुको आवश्यकता रहेको जनाएकी छन् । ‘राहतमा के लैजाने अन्योलमा हुनुहुन्छ ?आपतकालीन व्यवस्थापन पछी अब जोखिम भनेको अव्यवस्थित बसाई, अस्वस्थ रहनसहनले महामारी फैलन सक्छ्र । पानी शुद्ध गर्ने पीयुस, वाटर…
काठमाडौँ, २० कात्तिक । गैरनाफामूलक च्यारिटीका रूपमा स्थापना भई नेपालमा हाडजोर्नीका बिरामीको सेवा गर्दै आएको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालले शनिबार आफ्नो स्थापनाको रजत जयन्ती महोत्सव सम्पन्न गरेको छ । विशेषगरी अनाथ, असहाय तथा अपाङ्गता भएका व्यक्तिको सेवामा समर्पित रहने गरी खगेन्द्र नवजीवन केन्द्रअन्तर्गत रोटरी इन्टरनेशनलको सहकार्यमा सन् १९९८ मा स्थापना भएको सो अस्पताल २५ वर्ष पुगेको हो । अस्पताल परिसरमा आयोजित रजत महोत्सव समारोहमा प्रतिनिधिसभा सदस्य एवं संसद्को अर्थ समितिका सभापति सन्तोष चालिसेले तीनै तहको सरकारको सहकार्यमा यस अस्पताललाई मुलुककै उत्कृष्ट अस्पतालका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरे । उनले यस किसिमको अस्पतालको आवश्यकता मुलुकका सातै प्रदेशमा रहेको उल्लेख गर्दै…
काठमाडौँ, २० कात्तिक । जाजरकोट भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै बढ्दो रगतको अभाव परिपूर्ति गर्ने उद्देश्यले नेपाल तरुण दलले आज भृकुटीमण्डप प्राङ्गणमा वृहत् खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ । तरुण दलको केन्द्रीय कार्यसमितिले एक सूचना जारी गर्दै भूकम्पबाट घाइते भएकाको उपचारमा सहयोग गर्न रक्तदान गर्न लागिएकोे जनाएको छ । बिहान ११ बजेदेखि रक्तदान कार्यक्रम सुरू भई दिनभरसम्म जारी रहने केन्द्रीय सदस्य सरोज न्यौपानेले जानकारी दिए । ‘रगतको अभाव भएकाले हामीले पनि आफ्नो तर्फबाट त्यसलाई कम गर्न प्रयास गर्दछौँ ।सम्पूर्ण युवालाई रक्तदानका लागि आग्रह गरेका छौँ’, उनले भने । रक्तदानमा काठमाडौँ उपत्यकामा रहेका विद्यार्थी, युवा सहभागी हुने विश्वास…
काठमाडौँ, २० कात्तिक । मधुमेहले रगतमा चिनीको मात्रा बढि रहेको अवस्थालाई जनाउँछ । हामीले खाएको खानेकुरा शरीरमा पुगेर ग्लुकोजमा परिणत हुन्छ र इन्सुलिनले शरीरमा ग्लुकोजको सन्तुलन कायम गर्छ। विविध कारणले प्यान्क्रियाजले आवश्यक भन्दा कम इन्सुलिन उत्पादन गर्दा ग्लुकोजको मात्रा शरीरमा बढ्न जान्छ र मधुमेह देखा पर्छ। मधुमेह दिर्घरोग रोग भएकाले एकपटक लागेपछि पूर्ण रुपमा निको हुँदैन । तर, स्वस्थ डाइट अर्थात्, आहारले रगतमा चिनीको मात्रालाई बढ्न नदिई सुगरलाई नियन्त्रण गर्दै शरीरको प्रतिरोध क्षमतालाई समेत चुस्तराख्न मद्दत गर्ने भएकाले यसबाट निम्तिन जोखिम कम गर्न भने हामीले आफ्नो खानपिनमा विशेष ध्यान पुर्याउनु पर्दछ । मधुमेहका बिरामी खान नहुने खानाहरु चिनीयुक्त गुलिया पेयपदार्थकृत्रिम…
जाजरकोट, १९ कात्तिक । भूकम्पको केन्द्र विन्दु रहेको बारेकोटका स्वास्थ्य संस्थाको भौतिक संरचनमा क्षति पुगेपछि यतिबेला खुला चौरमा सेवा सुरु गरिएको छ । दश शय्याको अस्पतालको रुपमा विकास भएको लिम्सास्थित स्वास्थ्य संस्थाको भवन भूकम्पका कारण भत्किएपछि खुला स्थानमा सेवा सुरु गरिएको हो । जाजरकोटका विभिन्न स्थानमा अहिले पनि भूकम्पका पराकम्पन गइरहेकोले सेवा प्रवाहमा समस्या भएको उनले सुनाइन् । भूकम्पको केन्द्रविन्दु रामीडाँडा गाउँपालिकाको केन्द्रबाट झण्डै चार किलोमिटरको दुरीमा पर्छ ।
काठमाडौँ, १९ कात्तिक । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भूकम्पमा परी गम्भीर घाइते भएका नौ जनाको उपचार भइरहेको छ । एम्बुलेन्स तथा हवाई जहाजबाट ल्याइएका उनीहरुको अवस्था हाल सामान्य रहेको अस्पतालका प्रशासन प्रमुख प्रमोदकुमार निरौलाले जानकारी दिए । भूकम्पबाट घाइते भएकामध्ये ६ महिला, दुई पुरुष र २१ दिनको शिशुलाई थप उपचारका लागि शनिबार काठमाडौँ ल्याइएको थियो । पचपन्न वर्षीया मैना ओली, ६२ वर्षीया साबित्री चन्द, २० वर्षीया सुशीला बुढा, २० वर्षीया विमला ओली (बुढाथोकी), १२ वर्षीया निरुता पुन, ६३ वर्षीया बाली बुढाथोकी, सीता पाण्डेको २१ दिनको शिशु, एक वर्षीय रिषभ बुढाथोकी र २२ वर्षीय गोपाल बुढाथोकीको उपचार जारी छ । शुक्रबार…
काठमाडौँ, १९ कात्तिक । नेपाल मेडिसिटी अस्पतालमा अन्र्तराष्ट्रिय कार्डियोभास्कुलर तथा इन्र्टभेन्स्नल रेडियोलोजी सम्मेलन सम्पन्न भएको छ । रेडियोलोजिस्टहरुमा कार्डियाक इमेजिङको माध्यमबाट विभिन्न रोगहरुको निदान अझ सबल बनाउने सो सम्मेलन शनिबार देशभरका रेडियोलोजिस्टहरुको सहभागितामा सो कार्यक्रम सम्पन्न भएको हो । रेडियोलोजी, चिकित्सा क्षेत्रको एउटा विद्या हो जसले रोग निदान र उपचार गर्न इमेजीङ प्रविधिको प्रयोग गर्दछ । यसमा पनि इन्र्टभेन्स्नल रेडियोलोजी पद्यतीले बिना शल्यक्रिया इमेजिङको माध्ययमबाट उपचार गर्ने गर्दछ । कार्यक्रममा सम्बोधन गर्दै नेपाल मेडिसिटीका अध्यक्ष डा. उपेन्द्र महतोले विरामीहरुलाई सहज तथा दु्रत रुपमा सेवा प्रदान गर्न नेपाल मेडिसिटीले नयाँ प्रविधि तथा पद्यतीहरुको अद्यावधिक गर्दै आएको बताए । ‘बिना शल्यक्रिया प्रविधिबाटै…

