काठमाडौँ, १९ कात्तिक । काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा रुकुम पश्चिमका भूक म्पबाट घाइते ७ जना उपचार भइरहेको छ । शुक्रवार राति जाजरकोट रामीडाँडा केन्द्र भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी घाइते हाल उपचाररतमध्ये दुई घाइतेको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।
अस्पातलका अनुसार घाइतेबलाई शनिवार नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजमार्फत शिक्षण अस्पताल ल्याइएको थियो। सुरुमा सबै ७ जनालाई रेड जोनमा राखेर उपचार गरिएको थियो। थप उपचारपछि अहिले भने तीन जनालाई मात्र रेड जोनमा राखेर उपचार भइरहेको छ।
रुकुम पश्चिमबाट उपचारका लागि त्रिवि शिक्षण अस्पताल ल्याइएका घाइतेहरुमा १२ वर्षकी निरुता पुन, २० वर्षकी सुशीला बुढा, २१ महिनाका ऋषव बुढाथोकी, २० वर्षकी विमला ओली बुढाथोकी, २२ वर्षका गोपाल बुढाथोकी, ६२ वर्षकी सावित्री चन्द, ५५ वर्षकी मैना ओली र २१ दिनकी बालिका सीता पाण्डे रहेका छन्।