काठमाडौँ, १९ कात्तिक । जाजरकोट र रुकुमको भूकम्पका ३२ जना घाइतेको भेरी अस्पतालमा उपचार भइरहेको छ । भूकम्पका कारण घाइतेलाई उपचारका लागि एम्बुलेन्स र हवाइजहाजबाट भेरी अस्पतालमा पुर्याइएको हो ।
अस्पतालका अनुसार घाइतेमध्ये १७ जनाको हड्डीमा चोट पुगेको छ । आपतकालीन अवस्थामा प्राप्त भएको बिरामीहरुको तत्काल उपचार शुरु गरिएको अस्पतालले जनाएको छ ।
सरकारले भूकम्पका घाइतेको उपचारका लागि भेरी अस्पताललाई डेडिकेटेड अस्पताल बनाएर घाइतेको उपचारका लागि सैनिक र प्रहरी अस्पतालमा समेत १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ।
शुक्रवार राति जाजरकोट रामीडाँडा केन्द्र भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १५७ जनाको मृत्यु भइसकेको छ। भने, सयौं घाइते भएका छन्। घाइतेहरुको हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।